- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsरक्तदान कार्यक्रम

रक्तदान कार्यक्रम

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुुर, २६ बैशाख ।

दाङको तुलसीपुरमा रक्तदान कार्यक्रम भएको छ । बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा रक्तदान कार्यक्रम भएको हो । लकडाउनका कारण दोस्रो पटक रगतको अभाव भएपछि संघमा आवद्ध ११ जनाले रक्तदान गरेका हुन् ।

तुलसीपुर क्षेत्रका अस्पतालहरूमा रहेका बिरामीहरूका लागि रगतको अभाव भएपछि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, सचिव विनिल केसी, ब्यवसायीहरू सन्दिपन रिजाल, हेमेन्द्र खडका, रूपेश शर्माले रक्तदान गरेका हुन् ।

यसैगरी सुरेश बस्नेत, लिलबहादुर वली, सुमन बस्नेत, यज्ञप्रसाद पोखरेल, वाणिज्य सघंका सदस्य टेकप्रसाद केसी, सुन्दर चौधरीलगायतले रक्तदान गरेको रेडक्रस सोसाइटी दाङका प्रशासकीय अधिकृत विश्राम अधिकारीले जानकारी दिए ।

तुलसीपुर क्षेत्रका कतिपय अस्पतालहरूमा पर्याप्त रगत नभएको भन्दै नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले सम्पूर्ण सरोकारवालाहरूलाई रक्तदानका लागि अनुरोधसमेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here