- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरयादव समाजको सहयोग

यादव समाजको सहयोग

- Advertisement -spot_img

दुखहरण यादव
गढवा २६, बैशाख ।

यादव समाज सेवा संघ गढवाले राजपुर र गढवा गाउँपालिकालाई ह्यान्ड सेनिटाइजर सहयोग गरेको छ । विश्व भरी महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रणको लागि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी,

स्वास्थ्यकर्मी तथा सरोकारवाला निकाय निरन्तर प्रयासरत रहेकोले सम्भावित जोखिम न्यूनीकरण गर्न र नेपाल सरकारको एकद्वार प्रणाली बाट राहत वितरण नीतिअनुरूप १ सय ७५ थान हेण्ड सेनिटाइजर सहयोग गरेको यादव समाज सेवा संघका अध्यक्ष हिरालाल यादवले बताए ।

यादव समाज सेवा संघको कार्यसमितिको निर्णयअनुसार नव कार्यसमितिका पदाधिकारीहरूले नगद संकलन गरी राजपुर र गढवा गाउँपालिकालाई १७५/१७५ थान ह्यान्ड सेनिटाइजर दुबै गाउँपालिकालाई सहयोग गरेको संघका महासचिव मिन्तीराम यादवले बताए ।

संस्थाका अध्यक्ष हिरालाल यादवको नेतृत्वमा सहयोग हस्तान्तरण टोलीमा महासचिव मिन्तीराम यादव, कोषाध्यक्ष राधा यादव, सचिव अनिल कुमार यादव लगायतको सहभागिता रहेको थियो । सहयोग बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले यादव समाजले गरेको सहयोगप्रति धन्यवाद ब्यक्त गर्दै कोरोनाभाइरसको जोखिमबाट बच्न यादव समाजले समुदायमा समेत सचेतना सन्देश प्रवाह गर्न अनुरोध गरे ।

लघुवित्त संस्थाको सहयोग

यसैबीच विजय लघुवित्त वित्तीय संस्था गढवाले १० हजार आर्थिक सहयोग गरेको छ । संस्थाले गढवा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम सहयोग गरेको हो ।

कोरोना संक्रमणको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण मजदुर परिवारहरूको जीवन कष्टकर बन्दै जान सक्ने भएकाले राहतस्वरूप उक्त रकम प्रदान गरिएको संस्थाकी शाखा प्रमुख नारायणी डिसीले बताईन् ।

संस्थाले लकडाउनका कारण गरिब तथा अतिविपन्न परिवारलाई कुनै समस्या नहोस् भन्दै नेपाल अधिराज्यभर रहेका प्रकोप व्यवस्थापन कोषमा १० हजारका दरले राहत रकम प्रदान गर्दै आएको बताईन् । यस्तै संस्थाले यसअघि नेपाल सरकारले स्थापना गरेको प्रकोप व्यवस्थापनको केन्द्रीय कोषमा ६ लाख रकम सहयोग गरेको छ ।

राहत रकम बुझ्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले कोरोनाको कहर दिन प्रतिदिन बढ्दै गएको बताए । यस स्थितिमा गरिव तथा विपन्न परिवारका लागि गाउँपालिकामा ५० लाख बराबरको राहतकोष स्थापना गरेको बताउँदै लघुवित्त संस्थालाई धन्यवाद ज्ञापन गरे ।

साथै उनले राहत एकद्वार प्रणालीबाट वितरण गर्ने बताए । लकडाउनको कारण समस्यामा परेका मजदुर परिवारहरूका लागि सहयोग गर्न चाहने इच्छुक,

समाजसेवी, उद्योगी, ब्यवसायी, निर्माण व्यवसायीलगायत सम्पूर्णलाई गढवा गाउँपालिकाको प्रकोप ब्यवस्थापन कोषको नाममा खोलिएको एनआईसी एसिया बैंकको खाता नम्बर ०५१२०५००२७७६९००२ रकम जम्मा गर्न सकिने जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here