- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरजेसिआईको सहयोग

जेसिआईको सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २६ बैशाख ।

जेसिआई त्रिभुवननगरले घोराही उपमहानगरपालिका वडा नम्बर १९ का विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । वडाका सचिव भिमबहादुर केसीलाई जेसिआईले बिहीबार १० क्विन्टल चामल, ५० किलो नुन, एक सय पिस साबुन हस्तान्तरण गरेको हो ।

जेसीआईका निवर्तमान अध्यक्ष बसन्तराज अधिकारीसहितका पदाधिकारीहरूले वडाका विपन्न परिवारलाई उक्त खाद्यान्न सहयोग हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला घरमै बसेका विपन्न तथा मजदुरहरूको छाक बस्ने अवस्था आएपछि उनीहरूका लागि खाद्यान्न वितरण गर्दै आएको वडा कार्यालयले जनाएको छ । जेसिआईले लकडाउन सुरू भए पछि घोराही उपमहानगरको समन्वयमा सयांै परिवारलाई खाद्यान्न उपलब्ध गराउँदै आएको पूर्व महासचिव रोशन दाहालले जानकारी दिए ।

यसैबीच घोराही उपमहानगर चेम्बर अफ कमर्शले लकडाउनका कारण छाक बस्ने अवस्थामा पुगेका श्रमिकहरूलाई १९ क्विन्टल चामल राहत स्वरूप वितरण गरेको छ । घोराही उपमहानगरपालिकासँगको समन्वयमा वडा नम्बर १३, १४, १५ र १६ का विपन्न परिवारलाई करिब १९ क्विन्टल चामल वितरण गरिएको चेम्बर घोराहीका अध्यक्ष मञ्जु बज्राचार्यले जानकारी दिइन् ।

लकडाउनका कारण मजदुरी गर्न नपाएर घरमै बसेका र छाक बस्ने अवस्थामा पुगेका नागरिकहरूलाई वडा कार्यालयमार्फत चामल वितरण गरिएको उनले बताइन् ।

वडा कार्यालयले बनाएको विपन्न तथा श्रमिक वर्गको नामावली अनुसार उनीहरूलाई चामल उपलब्ध गराईएको हो । यसै क्रममा बिहीबार वडा नम्बर १६ का अध्यक्ष ताराबहादुर डाँगीलाई ६ क्विन्टल चामल हस्तान्तरण गरेको चेम्बर घोराही शाखाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here