- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-news३ अंक नजिक कोरोना संक्रमण

३ अंक नजिक कोरोना संक्रमण

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, २५ बैशाख ।

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । वीरगञ्जमा एकै दिन १७ जनामा संक्रमण देखिएपछि संख्या ९९ पुगेको हो । पहिलो पटक दुई महिनाको शिशुमा समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना संक्रमणको अवस्था बढ्दै गएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बुधबार पर्सामा दुई महिनादेखि ६६ वर्षसम्मका १७ जनामा कोरोनाभाइरस पोजिटिभ देखिएको जानकारी दिए ।

जसमध्ये सात महिला र १० पुरूष रहेका छन् । अहिले २२ जना भने निको भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ ।

प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइन १९ हजार ७ सय ३४ जनाको उपचार भइराखेको छ ।

१७ जना एउटै परिवारका

बुधबार थपिएका १७ जना कोभिड–१९ का संक्रमित वीरगञ्जको एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरूषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो ।

त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ८६ वर्षका वृद्धसमेत छन् । संक्रमित परिवारका सदस्यहरूले भने लकडाउन घोषणा भएपछि आफूहरू बाहिर नगएको बताएका छन् ।

स्पतालका अधिकारीहरू ३६ वर्षका पुरूषलाई भएको संक्रमणको स्रोत नै पत्ता नलागेको बताउँछन् । अब परिवारको सबै सदस्यमा संक्रमण देखिएकाले उनीबाट परिवारको सदस्यमा सरेको हो कि अर्का सदस्यबाट हो भन्ने एकिन गर्न सकिएको छैन ।

तीनजना अस्पताल फर्किए

नेपालमा कोरोनाको उपचारपछि घर फर्किएका तीन जनाको रिपोर्ट फेरि पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंमा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुईजनाको स्वाव परीक्षणको रिपोर्ट फेरि पोजेटिभ देखिएको छ । उनीहरूलाई पुनःअस्पताल भर्ना गरिएको हो ।

यसरी अस्पताल भर्ना हुनेमा बैशाख ११ गते शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पताल, टेकुबाट डिस्चार्ज भएका ५८ वर्षीय पुरूष र बैशाख १४ गते वीरगञ्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ र पर्साका ४४ वर्षीय पुरूष छन् । उनीहरूको विषयमा अध्ययन भइरहेको प्रवक्ता देवकोटाको बताए ।

बहराइनमा २४५ नेपालीमा कोरोना

नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २ सय ४५ नेपालीमा कोरोनाभाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

मनमास्थित नेपाली दुतावासका अनुसार पछिल्लो एकसाताको अवधिमा ८८ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यही बैशाख १९ गतेसम्म बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ थियो ।

दुतावासका अनुसार मंगलबारसम्म बहराइनमा एक हजार ९ सय ५० मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमणबाट निदान प्राप्त गरी डिस्चार्ज हुनेको संख्या पनि १ हजार ७ सय ६२ पुगेको छ । बहराइनमा कोरोना संक्रमणबाट ८ जनाको मात्र ज्यान गएको छ । बहराइनले हालसम्म एक लाख ५५ हजार ५ सय १ जनामा कोरोना परीक्षण गरेको छ ।

ठूलो संख्यामा नेपालीमा कोरोना संक्रमण देखिएपछि दुतावासले सार्वजनिक स्थानमा जाँदा अनिवार्यरूपमा मास्क लगाउन सबैलाई आग्रह गरेको छ ।

कुनै स्वास्थ्य समस्या आइपरे तत्कालै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि दुतावासले अनुरोध गरेको छ ।

बहराइनमा रहेका नेपालीले भोग्दै आएको समस्या समाधान गर्न दुतावासले अनलाइन फाराम भर्ने व्यवस्था गरेको छ । दुतावासले फाराममा उल्लेखित विवरण भरेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरेको छ ।

बहराइनले अवैधरूपमा बसोवास गर्दै आएका आप्रवासीका लागि वैधानिक हुन् वा बहराइन छाड्न सन् २०२० सम्म आममाफी दिएको छ ।

संक्रमण नियन्त्रण नहुँदासम्म पाँचजना भन्दा बढी भेला हुन रोक लगाएको भन्दै दुतावासले बहराइन सरकारले दिएका निर्देशनको पूर्णपालना गर्न पनि नेपालीलाई सचेत गराएको छ ।

मानमास्थित नेपाली दुतावासका अनुसार कतिपय कामदार भिसा अवधि सकिएर पनि नेपाल फर्किन सकेका छैनन् । उनीहरूलाई खानाको समस्या नहोस् भनेर दुतावास, स्थानीय संघसंस्था र सहयताकर्मीले सहयोग गरिरहेका छन् ।

बहराइन सरकारले यस्ता अवैध बन्न पुगेका कामदारलाई ३१ डिसेम्बर २०२० सम्म माफी भिसा दिने निर्णय गरिसकेको छ । बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here