- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरबजार खुल्ने समय घट्यो

बजार खुल्ने समय घट्यो

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २५ बैशाख ।

दाङको तुलसीपुरमा बजार खुल्ने समय घटाईएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनको समन्वयमा तुलसीपुर उद्योग वाणिज्य संघले बजार खुल्ने समय घटाएको हो ।
छिमेकी जिल्लामा कोरोना संक्रमितहरूको संख्या बढेसँगै उद्योग वाणिज्य संघले बिहान ६ बजेदेखि ८ बजेसम्म मात्रे बजार खुल्ला रहने जानकारी दिएको छ ।

संघले अध्यक्ष विरबहादुर रावतले स्थानीय सर्वसाधारण र उद्योगी व्यवसायीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा बिहान ८ बजेसम्म मात्र पसल खोल्ने निर्णय गरेको जानकारी दिए ।

उनले सानो लापरबाहीका कारण मुलुकले ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सबै पसलहरू बन्द गरी घरभित्र बस्न सबैलाई अनुरोध गरे । उनले अत्यावश्यक कामबाहेक अरू काममा व्यवसायीहरूलाई घर बाहिर नजान आग्रह गरे ।

होमडेलिभरी बन्द हुने

यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले होम डेलिभरी सेवा समेत बन्द गर्ने भएको छ । संघको बुधबार भएको छलफलले तुलसीपुर क्षेत्रमा सञ्चालन भईरहेको होम डेलिभरी सेवा बिहीबारदेखि बन्द गर्ने निर्णय गरेको हो ।

सेवा प्रदान गर्ने क्रममा आपसमा घुलमिल र हिडडुल गर्दा संक्रमण फैलिन सक्ने भन्दै तरकारी, फलफूल र अन्य सामाग्री बजारमा डुलाएर बेच्न बन्द गरिएको छ । गाडी, ठेलागाडा र अटोमा समेत दैनिक तरकारी र खाद्यान्न र फलफूल बेच्न रोक लगाईएको संघका महासचिव रूपबहादुर खत्रीले जानकारी दिए ।

लकडाउनमा थप कडाई

कोरोना संक्रमणको जोखिम बढेपछि दाङमा लकडाउनलाई थप कडाई गरिएको छ । छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाको सुरक्षाका लागि लकडाउनलाई थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here