- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरहिमालमा अनलाईन कक्षा

हिमालमा अनलाईन कक्षा

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २५ बैशाख ।

तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा अनलाईन कक्षा सुरू गरिएको छ । विद्यालयले अनलाईन मार्फत कक्षा ८, ९, १० र ११ पढाइ सुरू गरेको हो ।

लकडाउनको समयलाई सदुपयोग गर्दै विद्यालयले अनिवार्य विषयहरूको पढाइ अनलाईनमार्फत सुरू गरेको हो । अनलाईन कक्षालाई प्रभावकारी बनाउनका लागि विद्यालयले शिक्षकहरूलाई दुई दिनको प्रशिक्षणसमेत दिईसकेको छ ।

लकडाउनका कारण विद्यालय बन्द भएपनि विद्यार्थीहरूलाई आफूले पढेका कुरा स्मरण भईरहोस् भन्ने उद्देश्यले अनलाईन कक्षा सुरू गरिएको विद्यालयका प्रिन्सिपल मधुसुदन केसीले बताए ।

अनलाईनमार्फत कक्षा १० का विद्यार्थीहरूलाई नेपाली, अंग्रेजी, गणित र विज्ञान विषय पढाउँदै आएको छ । कक्षा ८ र ९ का विद्यार्थीहरूका लागि ६ वटा विषयहरू अनलाईन मार्फत पढाइ भईरहेको उनले बताए । यस्तै कक्षा ११ का व्यवस्थापन संकायका विद्यार्थीहरूका लागि विद्यालयले अंग्रेजी र लेखा विषयको कक्षा सुरू गरेको छ ।

अनलाईन कक्षाले विद्यार्थीको खाली समय सदुपयोग हुनुको साथै कक्षा १० का विद्यार्थीहरूका लागि पढेका कुरा पुनर्ताजकीय हुने र अन्य कक्षाका विद्यालयहरूलाई थप ज्ञान लिन सहयोग पुग्ने केसीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here