- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsजेठ ५ सम्म बढ्यो लकडाउन

जेठ ५ सम्म बढ्यो लकडाउन

- Advertisement -spot_img

काठमाडौं । 

सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्‍याएको हो। 

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउनको समय बढाएको छ।  

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने यस अगाडि नै निर्णय गरिसकेको छ। सरकारले पछिल्लोपटक थपेको १० दिने लकडाउन बिहीबार अर्थात वैशाख २५ गते सकिदै छ।

संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै मंगलबार बसेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्‍न सुझाव दिएको थियो। 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here