- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsबजारमा म्याद गुज्रिएका सामान

बजारमा म्याद गुज्रिएका सामान

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २४ बैशाख ।

तुलसीपुरका पसलहरूमा म्याद गएका सामान फेला परेका छन् । म्याद गएका र पुराना समानहरू पसलेहरूले बेचिरहेको अवस्थामा अनुगमन समितिले केही पसलबाट त्यस्ता सामान बरामद गएको छ । अत्यधिक मात्रामा म्याद गुज्रिएका सामानहरू रहेको पाइएको छ ।

लकडाउनको समयमा गलत फाइदा उठाउँदै म्याद नाघेका र अखाद्य वस्तु बिक्री गर्दै आएका थोक तथा खुद्रा पसलहरूमा मंगलबार गरिएको अनुगमनका बेला प्रायः सबै पसलबाट म्याद गुज्रिएका सामानहरू बरामद गरिएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाकी अधिकृत रेवा रावतले बताइन् । तुलसीपुर क्षेत्रका चारवटा पसलबाट ठूलो मात्रामा म्यादएका सामानहरू बरामद भएको छ ।

तुलसीपुर उपमहानगरले विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा गरेको अनुगमनका क्रममा खाद्यान्न तथा किराना पसलहरूबाट अखाद्यका साथै म्याद नाघेका वस्तुहरूसमेत बेच्ने गरेको पाइएकोले त्यस्ता सामान बरामद गरिएको र व्यवसायीलाई सचेत गराइएको अधिकृत रावतले बताइन् ।

‘अनुगमनको समयमा चाउचाउ, बिस्कुट, चिउरा, बेसन, तेल, लिची जुस, फ्रुटी, मसला, ग्लुकोज, एप्पल जुसलगायतका सामानहरू म्याद गएको भेटियो’, अधिकृत रावतले भनिन्, ‘त्यस्तो सामान बरामद गरेर नष्ट गरिएको छ ।’

उनले यो समयमा पसलहरूले उपभोक्ताहरूलाई झुक्काएर बिक्री वितरण गर्ने अवस्था नआवस् भनेर नियमित रूपमा अनुगमन गरिएको अनुगमनमा कडाई गरिएको उनको भनाई छ ।

यसरी सामान बरामद गरिएका पसलहरूमा जेसिज चोकमा रहेको ढकाल स्टोर, उद्योग वाणिज्य संघको चोकमा रहेको पञ्चकोषी ट्रेडर्स, दूर सञ्चार अगाडि रहेको पञ्चकोशी सप्लायर्स र विरेन्द्र चोक नजिकको अरनिको मिनी मार्केट लगायतका रहेका छन् ।

उपभोक्ता हित संरक्षण शाखाकी अधिकृत रेवा रावतको नेतृत्वमा बजार क्षेत्रभित्र रहेका एक दर्जन पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनमा क्रममा चारवटा पसलबाट म्याद नाघेका र अखाद्य वस्तुहरू बरामद गरिएको हो ।

अनुगमनको क्रममा पसलहरूमा मुलय सूचि समेत नभएको पाइएको छ । अनुगमनका क्रममा सबै पसलहरूलाई मूल्यसूचि राख्नका लागि निर्देशनसमेत दिइएको थियो । ‘सबै पसलहरूले मूल्यसूचि राख्ने प्रतिवद्धता जनाएका छन् ।

पछिल्लो समय विभिन्न ठाउँबाट जनगुनासो आएसँगै तुलसीपुर उपमहानगरपालिकाले नियमित रूपमा अनुगमन गर्दै आएको छ । अनुगमनमा ईलाका प्रशासन कार्यालय, सुरक्षाकर्मी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

विगतदेखि नै अनुगमनलाई तिव्रता दिएको नगरले लकडाउनको अवधिमा भने केही कम गरेको थियो । अब यसलाई तिव्रताका साथ बढाइने अधिकृत रावतले बताइन् । बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यसमेत बढिरहेको र यसको नियमन महत्वपूर्ण रहेको वडा नं ५ का वडा सदस्य सुरेश श्रेष्ठले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here