- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरपरीक्षा नगराउन माग

परीक्षा नगराउन माग

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २४ बैशाख ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिन सरकारसँग माग गरेको छ ।

प्याब्सनले कोभिड–१९ का कारण एसईई परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो ।

विज्ञप्तिमार्फत भनिएको छ ‘२०७६ को एसईई परीक्षामा सम्मलित हुने विद्यार्थीहरूका लागि मात्र विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सन केन्द्रीय कार्यसमिति उपयुक्त ठहर गर्दछ ।’

प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीद्वारा जारी गरिएको उक्त विज्ञप्तिमा यस कार्यका लागि कानुनी बाधा अड्चन भए हटाई आन्तरिक मूल्यांकनका आधारमा प्रमाणिकीकरण गर्न आवश्यक निर्णय गर्न सरकारसँग अनुरोध गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here