Thursday, April 18, 2024
Homebreaking-newsप्रतिष्ठानमा मन्त्री बरालको निरिक्षण

प्रतिष्ठानमा मन्त्री बरालको निरिक्षण

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २४ बैशाख ।

प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले राप्ती स्वास्थ्य प्रतिष्ठानलाई जनरल सेवा दिने गरी विकास गर्नुपर्ने बताएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । कोरोनाको उपचार केन्द्र बेलझुण्डीलाई बनाउनुपर्ने र जनरल सेवाको केन्द्र राप्ती स्वनस्थ्य विज्ञाान प्रतिष्ठानबाट बनाइनुपर्ने बताए ।

मन्त्री बरालले प्रदेश नं. ५ का स्वास्थ्य निर्देशक विनोद गिरीलाई लगेर आफै अस्पताल निरीक्षणमा पुगेका थिए ।

प्रतिष्ठानमा कोरोना परिक्षणका लागि सञ्चालित पिसिआर मेसिन, अस्पतालको १० बेडको आइसियु, ओपिडिलगायत सम्पूर्ण सेवा प्रवाहको बारेमा अवलोकन गरेका छन् ।

लकडाउन अवधिभर प्रतिष्ठानले प्रदान गरिरहेको सेवाको बारेमा अस्पताल निर्देशक डा.सागर पन्थी, डिन डा. बसन्त लामिछाने र कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका थिए ।

अस्पताले कठिन परिस्थितिमा पनि सकेसम्म जनतालाई सेवा दिइरहेको उनीहरूले बताए । प्रतिष्ठानका पदाधिकारीले लकडाउनमा पनि अस्पतालमा बिरामीको चाप बढेको अत्याधिक बढेको भन्दै सीमित स्रोत साधन र थोरै जनशक्तिको बाबजुद पनि प्रभावकारी सेवा दिएको भन्दै अस्पतालको बृहत्तर हितका लागि राज्यले सहयोग गर्नुपर्ने बताए ।

उक्त अवसरमा मन्त्री बरालले कोभिड–१९ का विरूद्ध अस्पतालले आफ्नो तर्फबाट गरेको प्रयासका बारेमा स्थलगत अवलोकनबाट जानकारी पाउँदा खुशी लागेको भन्दै अस्पतालको प्रयासको प्रशंसा ब्यक्त गरे ।

सुरक्षित तरिकाले काम गर्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिदै प्रदेश सरकारले सबैखाले सहयोग गर्न तयार रहेको र संघीय सरकारमा पनि बजेटको अभावमा पनि प्रतिष्ठानले गरेको कामको बारेमा जानकारी गराउने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिष्ठानमा सबैखाले बिरामीले सेवा लिइरहेकाले कोभिडका बिरामीलाई बेलझुण्डीको कोरोना अस्पतालमा राख्ने गरी ब्यवस्था मिलाउने र प्रतिष्ठानमा परिक्षण मात्रै गर्ने गरी काम गर्दा कोरोनाको बेला बिरामीले सहजरूपमा सेवा पाउने बताए ।

मन्त्री बरालले भोलिका दिनमा प्रतिष्ठानमा एउटा मात्रै कोरोना पोजेटिभ केश आएमा यहाँको सबै सेवा प्रभावित हुने भएकाले पोजेटिभ केश आएमा कोरोना अस्पताल बेलझुण्डीमा राख्ने र यहाँको जनशक्ति र उपकरणको बेलझुण्डीमा लगेर सेवा दिन सकिएमा प्रतिष्ठानको जनरल सेवा जारी रहने बताए ।

‘प्रतिष्ठानमा जनरल सेवा सुरू गर्ने गरी काम गरौं, बेलझुण्डी र तुलसीपुर अस्पताललाई कोरोनाकै अस्पतालकै रूपमा विकास गर्दा प्रतिष्ठानको सेवा प्रभावित हँुदैन, कोरोनाको शंकाका सबै बिरामी अस्पतालमा ल्याउनुभन्दा स्वाव लिई परिक्षण गर्ने काम प्रतिष्ठानबाट गरांै’ मन्त्री बरालले भने,

‘एउटा कोरोना पोजेटिभ केश आयो भने त प्रतिष्ठानको सबै सेवा प्रभावित भइहाल्दो रहेछ, कोरोना पोजेटिभ केश आएमा कोरोना अस्पताल बेलझुण्डी राख्ने ब्यवस्था मिलाआंै, प्रतिष्ठानले जनरल सेवा दिने रूपमा विकास गरौं ।’

यो भएपछि बिरामीले पनि सहजरूपमा स्वास्थ्य सेवा पाउन सजिलो हुन्छ हुने मन्त्रीले बताए । प्रतिष्ठानको छुट्टै आइसोलेसन भन्दा पनि एउटैमा रहेछ, भोलिका दिनमा समस्या पनि हुन्छ,

कोरोनाको शंकाका नर्मल बिरामीलाई प्रतिष्ठानको आइशोलेसनमा राख्दा समस्या नहोला, पछि पोजेटिभ केश आउन थाले भने त झन एउटैमा सबै सेवा हुदा सम्पर्कका आधारमा सर्ने बलियो सम्भाबना रहन्छ, यसमा हामी सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।

पिसिआर मेसिन अवलोकन गरेका मन्त्री बरालले मेसिन राख्नेदेखि र त्यसको जाँच प्रक्रिया सबै सुरक्षित नै रहेको र राम्रो ब्यबस्थापन रहेको बताए ।

पिसिआर मेसिन अवलोकन गर्नेक्रममा मन्त्री बरालको ल्यावमा रहेका स्वास्थ्यकर्मीहरूले स्वाव लिन जाँदा आवश्यक पर्ने भिटियमको अत्यन्तै अभाव रहेको भन्दै त्यसको ब्यवस्थापन गरिदिन ध्यानाकर्षण गराएका थिए

। किट र भिटियमको ब्यवस्थापन राम्रो किसिमले भएमा मेसिनको क्षमता अनुसारको कोरोना परिक्षण गर्न सकिने मन्त्री बराललाई जानकारी गराइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here