- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरचट्याङ र बर्षाले दुई घरमा क्षति

चट्याङ र बर्षाले दुई घरमा क्षति

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २४ बैशाख ।

दाङमा चट्याङसहितको बर्षातका कारण दुई घरमा क्षति पुगेको छ । मंगलबार बिहान चट्याङ पर्दा एक घरमा आगलागी भएको छ । बर्षातका कारण अर्को घर भत्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चट्याङ पर्दा घोराही उपमहानरपालिका वडा नम्बर ११ नारायणपुर निवासी ३८ वर्षिय दोर्ण बहादुर घर्तीको घरमा आगलागी भएको छ । आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । मानवीय क्षति नभए पनि आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, सामग्री,

खानेकुरा जलेर नष्ट हुँदा करिब चार लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । उनले स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीयको सक्रियतामा करिब एक घण्टापछि आगलागी नियन्त्रणमा लिइएको बताए ।

यस्तै भारी बर्षातका कारण तुलसीपुरमा एक घर भत्किएको छ । बर्षातले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारा निवासी मोहन विकको घर भत्किएको प्रहरीले बताएको छ । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका विकको घर मंगलबार बिहान हावाहुरीसँगै परेको बर्षातले भत्काएको हो । घर भत्किदा घरभित्र रहेका खाद्यान्न लगायतका सामग्रीमा क्षति पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here