- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचररेग्मीले गरिन सहयोग

रेग्मीले गरिन सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २३ बैशाख ।

लकडानका कारण दैनिक छाक टार्न समस्या भएका परिवारलाई तुलसीपुर–६ निवासी रमादेवी रेग्मीले आर्थिक सहयोग गरेकी छन् । रेग्मीले ज्याला मजदुर गरी जीविकोपार्जन गर्ने परिवारहरूलाई लक्षित गर्दै १ लाख ११ हजार १ सय ११ रूपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।

मंगलबार तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख नवराज लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

रकम हस्तान्तरण गर्दै रेग्मीले कोभिड–१९ का कारण दैनिक ज्यालादारी गरी छाक टार्ने परिवारलाई कुनै समस्या नहोस् भनी सक्दो सहयोग गरेको बताईन् ।

कोरोना संक्रमणको महामारीबाट बच्नका लागि नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै कार्यबाहक नगर प्रमुख लामिछानेले संकटको समयमा रेग्मीले गरेको सहयोगले धेरै परिवार लाभान्वित बताए । उनले यस समयमा नागरिकहरूलाई रोग तथा भोकबाट सुरक्षित गराउनु सबैको दायित्व भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here