- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसम्पादकीयभत्ता सकस

भत्ता सकस

- Advertisement -spot_img

सम्पादकीय

कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन अर्थात् बन्दाबन्दीले सबै गतिविधि ठप्प रहेका छन् । लकडाउनमा आवतजावत नै ठप्प छ । सवारी साधन सञ्चालन नहुँदा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जानै मुस्किल छ ।

जेष्ठ नागरिकलाई भने वृद्ध भत्ता पाउन बैंक पुग्नुपर्ने सकस एकातिर छ भने बैंक पुगिहालेमा बैंकमा देखिएको भिडभाडले कोरोनाभाइरसको संक्रमणको जोखिम पनि बढाएको छ ।

दाङका विभिन्न बैंकहरूमा जेष्ठ नागरिकको भिडभाड निकै देख्न सकिन्छ । जेष्ठ नागरिकलाई त्यसैपनि एक ठाउँबाट अर्को ठाउँमा जान सकस हुन्छ । झन् अहिलेको अवस्थामा सवारी साधन सञ्चालन नहुँदा घण्टौं हिडेर बैंकसम्म जेष्ठ नागरिक आउने गरेका छन् ।

बैंकमा आउँदा उनीहरूले भिडभाडका कारण सहजै सेवा पाउन पनि सकिरहेका छैनन् । सामाजिक दूरीको कायम राख्नुपर्ने भनिए पनि बाध्यताले पनि जेष्ठ नागरिकहरू बैंकमा ठेलम–ठेल गरिरहेका छन् ।

बैंकमा देखिएको यो स्थितिले कोरोनाभाइरस संक्रमणको जोखिम एकातिर बढाएको छ भने अर्कोतिर ति आफै पनि समस्यामा रहेका जेष्ठ नागरिकहरू पैदल हिडेर घण्टौं बैंकसम्म पुग्नुपर्ने बाध्यताले सास्ती ल्याइरहेको छ ।

चुनावका समयमा घर–घरमा पुग्ने नेता अहिलेको अप्ठेरोमा कता हराए, जनप्रतिनिधि ? यो प्रश्न उनीहरूको मनमा उठिरहेको छ ।

भनिन्छ कठिन परिस्थितिमा नै अभिभावकले नै समस्याको समाधान खोजिदिने हो । जनताको अभिभावक भनेकै सरकार हो । सरकारले नै परेको अप्ठेरोलाई सहज बनाउनुपर्छ तर त्यसो हुन सकेको देखिएन् ।

केही स्थानीय सरकारले नै घर–घरमै सामाजिक सुरक्षा भत्ता पु¥याउन चासो देखाएपनि अधिकांश स्थानीय सरकार गम्भीर बन्न सकिरहेका छैनन् । सामाजिक सञ्जालमा भिडभाडकै फोटो देखिहालेमा पनि सामाजिक दूरी कायम भएन भनेर सुझाव दिदै कोठामा बस्ने जनप्रतिनिधि छन् ।

स्थानीय सरकारले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घर–घरमै पु¥याउनेबारे केही सोचेका छैनन् । घर–घरमै वृद्धभत्ता पु¥याउँदा जोखिम पनि कम हुने, जनप्रतिनिधिलाई चर्चामा आउने बाटो पनि हुने, यस्तो अवस्थामा किन ध्यान जान नसकेको होला ?

जसका कारण अहिले जेष्ठ नागरिकले कोरोनाभाइरसको विकराल अवस्थामा पनि बैंकमै पुग्न बाध्य छन् । जहाँ इच्छा त्यहि उपाय भनिन्छ नि, सोंच र दृढ संकल्प भएमा सबै जेष्ठ नागरिकको घर–घरमा सामाजिक सुरक्षा भत्ता पुग्न सक्छ । पालिका, वडा हुँदै टोल विकास संस्थामार्फत वृद्धभत्ता वितरणलाई सहज बनाउन सकिन्छ  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here