- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsपालिकामा प्रभावकारी व्यवस्थापन

पालिकामा प्रभावकारी व्यवस्थापन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २३ बैशाख ।

दाङका स्थानीय सरकारहरू (पालिकाहरू) कोरोना प्रभाव नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापनमा रहेको पाइएको छ । जिल्लामा सुगमदेखि दुर्गम क्षेत्रसम्ममा स्थानीय सरकारहरू कोरोनाभाइरस नियन्त्रण र व्यवस्थापनमा अहिलेसम्म अब्बल देखिएका हुन् ।

उनीहरू नियन्त्रणमा लागि प्रभावकारी रूपमा जुटेको र आन्तरिक तयारी पनि पूर्णरूपमा राखेको पाइएको छ ।

पालिकास्तरमा सञ्चालन भएका क्वारेन्टाइन, राहत व्यवस्थापन, पूर्णतयारी लगायतका कामहरू प्रभावकारी रूपमा भएको पाइएको हो । नेपाल रेडक्रस सोसाइटी दाङले जिल्लाका पालिकाहरूको अवस्थाको बारेमा बुझ्न गरेको स्थलगत अनुगमनमा यस्तो पाइएको हो ।

तीन दिन लगाएर गरिएको अनुगमनमा क्वारेन्टाइनको अवस्था, क्वारेन्टाइनमा रहेका नागरिकहरूसँगको अन्तरक्रिया, स्थानीय सरकार प्रमुख तथा जनप्रतिनिधि कर्मचारीहरूसँग अवस्थाको बारेमा अन्तरक्रिया गरि बस्तुस्तिथि बुझिएको दाङ रेडक्रसका मन्त्री प्रकाश श्रीबन्दले बताए ।

उनले स्थानीय सरकारसँगको रेडक्रसको समन्वयनको प्रभाव र उपलब्धिको बारेमा समेत छलफल गरिएको बताए । उनले पालिकामा सबै व्यवस्थापन प्रभावकारी रूपमा रहेको भएपनि माथिल्लो तहको स्वास्थ्य निकायसँग समन्वयमा समस्या भएको पाइएको बताए ।

खास गरेर परिक्षणको विषयमा केही समस्या देखियो, श्रीबन्दले भने, त्यसको समन्वय आवश्यक देखियो ।

मानवीय कार्यमा लागेको रेडक्रसले विपद् व्यवस्थापनका लागि तयारीलाई तिव्रता दिएको । स्थानीय सरकारसँग पनि समन्वय बढाइरहेको जानकारी दिए ।

कति पालिकाहरूले क्वारेन्टाइनको पूर्णतयारीमा रहेको भए पनि नागरिकहरू क्वारेन्टाइनमा राखिएका छैनन् । दाङ शाखा सभापति नारायण आचार्यको संयोजकत्वमा स्थलगत अध्ययन गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here