- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsलकडाउनमा यातायात्र क्षेत्र

लकडाउनमा यातायात्र क्षेत्र

- Advertisement -spot_img

प्रस्तुतिः प्रकाश डाँगी


विश्वभर कोरोनासँगै घोषणा गरिएको लकडाउनको कारण हरेक क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । नागरिकको चुलोदेखि विकास निर्माण प्रभावित बन्दै गएको अवस्था छ । हरेक नागरिकको शिक्षा, स्वास्थ्य, रोजगार लगायत देशको अर्थतन्त्र नै यतिबेला संकटमा पुग्ने अवस्थाको सिर्जना हुन पुगेको छ । नागरिकहरू कोरोना नियन्त्रणको लागि राज्यले घोषणा गरेको लकडाउनलाई पालना गरिहेको अवस्था छ । तर कोरोनाको प्रभाव अझ नियन्त्रणमा आउनुको साटो दिनप्रतिदिन बढ्दोक्रममा रहेको छ । अर्कोतर्फ देशमा कोरोना नियन्त्रणको लागि घोषणा गरिएको लकडाउन लम्बिदै जाँदा यातायात व्यवसायीदेखि त्यसमा निर्भर मजदुरहरू समस्यामा पर्न थालेका छन् । दैनिक कमाएर बंैकको किस्ता तिर्ने व्यवसायी र दैनिक कमाएर आफ्नो रोजीरोटी निर्वाह गर्ने मजदुरहरू लामो लकडाउनको कारण त्यसको प्रत्यक्ष मारमा परेका छन् । यातायात व्यवसायीहरू लामो लकडाउनको कारण आर्थिक समस्यामा पर्ने निश्चित देखिन्छ भने त्यसमा निर्भर मजदुरहरू अझ बढी प्रभावित बन्दै गएका छन् । यहि सेरोफेरोमा रहेर लकडाउनपछि यातायात व्यवसायीहरूमा परेको प्रभावको बारेमा प्रदेश टुडेको नियमित स्तम्भ टुडे राउण्ड टेवलमा हामीले यातायात व्यवसायीसँग छलफल गरेका छौं ।


पलायनको अवस्था आउन दिनुहुँदैन


सुरेस हमाल
अध्यक्ष
त्रिसिद्देश्वरी यातायात सेवा प्रालि
विश्वभर कोरोनाभाइरसको महामारीका कारण विश्व लकडाउनमा रहेको अवस्था छ । जसको कारण हरेक सरकार कोरोना नियन्त्रणको लागि केन्द्रित भैरहेका छन् ।
सँगै सरकारलाई हरेक नागरिकहरूले सघाई रहेको अवस्थासमेत रहेको छ । एकातिर कोरोना नियन्त्रणको लागि सरकार नागरिक र सरोकारवाला निकायहरू केन्द्रित भएको अवस्था छ भने अर्कोतिर कोरोना नियन्त्रणको लागि घोषणा गरिएको लकडाउन दिनप्रतिदिन लम्बिदै जाँदा हरेक क्षेत्रको आर्थिक गतिविधि ठप्प छ ।
सँगै शिक्षा स्वास्थ्य रोजगारजस्ता अत्याआवश्यक क्षेत्रहरूमा समेत यसको प्रत्यक्ष असर देखिसकेको छ । कोरोनासँगै यतिबेला यातायात क्षेत्रसमेत निकै प्रभावित भएको छ । यातायातसँग आवद्ध व्यवसायी मजदुर कर्मचारीलगायत उनीहरूको परिवारसमेत प्रभावित भएका छन् ।
हरेक गाडीहरूको कागजपत्र रिन्यु गर्ने समय नाघेको अवस्था छ, गाडीहरूको बिमाको समस्या र बैंक किस्ताको समस्या व्यवसायीहरूको अर्को समस्या बन्दैछ । राज्यले सबै कुरा सहयोग गर्नुपर्छ भन्ने छैन कम्तिमा बैंक ब्याजमा राज्य उदार बन्नुपर्छ जस्तो लाग्छ ।
अर्कोतर्फ मजदुरहरूको समस्या झनै विकराल देखिन थालेको छ स्थानीय सरकारसँगको समन्वयमा केही राहत दिने काम भएपनि त्यो पर्याप्त देखिदैन त्यसको लागि हामहरू निरन्तर मजदुरहरूमा देखिएको समस्या समाधानको लागि व्यवसायी र सरकारसँग समन्वयमा रहेका छौं ।
नियमित मजदुरी गरेर आफ्नो र परिवारको दैनिकी चलाउँदै आएका मजदुर कर्मचारी र उनीहरूका परिवारमा आफ्नो दैनिकी चलाउन समस्या देखिदैछ भने अर्कोतर्फ लाखांैको लगानी लाएर गाडीहरू किनेका व्यवसायीहरूसमेत निकै समस्यामा पर्दैछन् । करिव ९० प्रतिशत व्यवसायीले बैंकको किस्ताबाट गाडीमा लगानी गरेका छन् । एउटा गाडीमा ८० प्रतिशतसम्म बैंकहरूको लगानी हुन्छ । यस्तो अवस्थामा गाडीधनीको अवस्था झन भयावह हुने देखिन्छ ।
काम गर्न नपाएपछि आफ्नो दैनिकी चलाउन समस्या परिरहेको बेला बंैकले व्यवसायीलाई किस्ताको ताकेता गरिरहेको व्यवसायीहरूले गुनासो गर्न थालेका छन् । यो अवस्थाको बीचमा न सरकार न बैंक कसैले पनि कुनै सुविधाको घोषणा गरेका छैनन् ।
नियमित किस्तालाई असार मसान्तसम्म तिरे हुने व्यवस्था गरिए पनि यातायात क्षेत्र ठप्प हुदा त्यसको कुनै राहत नहुने देखिन्छ ।
यस्तो विषम परिस्थितिमा सरकारको सहयोगी भएर निरन्तर सेवा दिइरहेको यातायात व्यवसाय क्षेत्र र त्यससँग सम्बन्धित मजदुरहरूको विषयमा राज्य निकै गम्भीर हुनुपर्ने देखिन्छ ।
सरकारले कुनै पनि व्यवसायीहरूलाई व्यवसाय क्षेत्रबाट पलायन हुने अवस्था आउन दिन हुँदैन । सँगै यस्तो परिस्थितिमा मजदुरको सवालमा स्वयम् व्यवसायी क्षेत्र र राज्य गम्भीर बन्नुपर्ने हुन्छ ।


कसरी तिर्ने बैंक किस्ता

पवन बुढाथोकी
अध्यक्ष
तुलसीपुर यातायात प्रालि

नेपाल मात्र होइन यतिबेला कोरोनाभाइरसको कारण विश्व आक्रान्त भएको अवस्था छ । त्यसबाट हरेक क्षेत्र प्रभावित भएको यो अवस्थामा यातायात व्यवसायी र यसमा आवद्ध मजदुरहरू प्राभावित नहुने कुरै छैन ।
पछिल्लो समय कोरोना नियन्त्रणमा आउनुको साटो अझ बढ्दो क्रममा रहेको छ । सरकारले लकडाउन घोषणा गरेको अवस्थामा अन्य क्षेत्रसँगै यस क्षेत्रमा प्रत्यक्ष रूपमा आवद्ध व्यवसायी र मजदुर र उनीहरूको परिवार यसको प्रत्यक्ष मारमा परेका छन् ।
अधिकांश मजदुरहरूले आफ्नो दैनिकी चलाउन निकै समस्या देखिन थालेको छ । यसको असर दिनप्रतिदिन अझ बढ्दो क्रममा देखिन थालेको अवस्था छ ।

हरेक गाडीहरूको कागजपत्र रिन्यु गर्ने समय नाघेको अवस्था छ, गाडीहरूको बिमाको समस्या र बैंक किस्ताको समस्या व्यवसायीहरूको अर्को समस्या बन्दैछ । राज्यले सबै कुरा सहयोग गर्नुपर्छ भन्ने छैन कम्तिमा बैंक ब्याजमा राज्य उदार बन्नुपर्छ जस्तो लाग्छ ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन उपयुक्त भरपर्दो तरिका भएपनि यसको प्रभावले गरिखाने वर्ग समस्यामा पर्दै गएको छ ।
हामीसँग हाल करिब ३ सय सवारी साधनका व्यवसायीहरू आवद्ध रहेका छन् । जसमा करिव ९ सय मजदुरहरू र तिनीहरूका परिवारहरू लामो लकडाउनको कारण समस्यामा पर्दै गएका छन् भने अर्कोतिर गाडी चलाएर कमाउन नपाउने तर बैंकले ब्याज र किस्ता नछाड्ने भएपछि व्यवसायीहरू समस्यामा परेका हुन् । लामो समय लकडाउन हुने र बैंकले एक सुका पनि नछोड्ने हो भने व्यवसायी यातायात क्षेत्रबाट पलायन हुने अवस्थामा रहेको छन् ।
करिब डेढ महिना पुग्यो लकडाउन घोषणा गरेको यस समयमा मालबाहक तथा यात्रुबाहक सवारीसाधन ठप्प छन् ।
सवारी साधन सञ्चालन नभएको लामो समय भैसक्यो तर बैंकले ब्याज र किस्तामा कुनै सुविधा नदिएपछि व्यवसायी पलायनको अवस्थामा पुग्ने अवस्थाको सिर्जना भएको छ ।
गाडी व्यवसायीहरूले गाडी चलाउन पाएका छैनन्, यो अवस्थामा बैंकको किस्ता र ब्याज कसरी तिर्न सकिन्छ ? हरेक व्यवसायीहरूलाई यतिबेला बैंकहरूले किस्ता तिर्न ताकेता गर्दै फोन गरिरहेका छन । जसले गर्दा व्यवसायी र उनीहरूको परिवारमा कोरोना संक्रमणसँगै कसरी बैंकको व्याज बुझाउने ? भन्ने समस्याले सताउन थालेको अवस्था छ ।
अर्कोतिर हरेक व्यवसायीहरूहरूलाई आफ्नो गाडीमा आवद्ध मजदुरहरूको समस्याको बारेमा समेत थप चिन्ता सिर्जना गरेको देखिन्छ ।
यातायात व्यवसायीहरू सधैं सरकारको सहयोगी भएर काम गर्दै आएको अवस्था छ यस्तो अवस्थामा सरकारले पनि यातायात व्यवसायी र मजदुरहरूको बारेमा कसरी सहयोग पु¥याउन सकिन्छ ? भन्ने कुरा तत्काल सोंच्न आवश्यक देखिन्छ ।


लकडाउन कडाई र पालना्

बामदेव खनाल
अध्यक्ष
नमस्ते यातायात प्रालि

विश्वव्यापी देखिएको समस्या तत्काल समाधान हुने अवस्था छैन । विश्वका शक्ति राष्ट्रहरूसमेत यतिबेला कोरोनासँग जुधिरहेको अवस्था छ । हाम्रोजस्तो देशले अझ सजकता अपनाउन जरूरी देखिदै गएको छ ।
कोरोना नियन्त्रणको लागि लकडाउनको अर्को विकल्पसमेत देखिदैन त्यसको रागि सरकार र नागरिक दुबैले अझ लकडाउनलाई कडाई गर्ने र यसको पालना गर्नुपर्ने अवस्था देखिन्छ । लकडाउन खुकुलो बनाउने बितिकै अझ भयावह अवस्था देखिन सक्ने भएकोले हामी सबै सजक र सचेत बन्नुपर्ने देखिन्छ । तर यति भनिरहदा हरेक क्षेत्रमा निकै समस्या पर्दै गएको देखिन्छ ।
जताततै कोरोना र त्यसपछि गरिएको लकडाउनले अवस्था निकै जटिल बन्दै गएको देख्छु त्यसको लागि राज्यले पनि ध्यान दिन जरूरी रहेको म ठान्दछु । यातायात क्षेत्र झन धरासायी हुने अवस्थामा पुग्दैछन् । त्यसमा आवद्ध मालिक र मजदुरको अवस्था दिनप्रतिदिन निकै .भयावह बन्दै गएको छ । यातायात व्यवसायीहरूलाई ऋणको कारण समस्या निम्तिदै छ भने प्रत्यक्ष जोडिएका मजदुरहरूको दैनिकीसमेत निकै प्रभावित बन्दै गएको छ ।
यो बेला ‘आफू पनि बाँचौ र अरूलाई पनि बचाऊ’ भन्ने अवस्था हो । तर चाहेर पनि सहयोग गर्ने अवस्था छैन त्यसको लागि राज्य नै अगाडि आउनैपर्छ । राज्यले यो क्षेत्रको समस्या समाधानको लागि स्पष्ट योजना र नीति तत्काल ल्याउन समेत आवश्यक छ ।
हाम्रो समितिमार्फत अहिले १ सय ७ वटा गाडीहरू सञ्चालनमा आएका छन् । त्यससँग ३ सयभन्दा बढी मजदुरहरू र तिनीहरूको परिवार प्रत्यक्ष रूपमा प्रभावित बन्न पुगेका छन् ।
हामी व्यवसायीहरू पनि मजदुरको सवालमा केही माथि उठ्नैपर्ने अवस्था देखिएको छ । हुनेले आफ्ना मजदुरहरूलाई आफ्नो क्षेत्रबाट केही सहयोग गर्न सक्नुपर्छ । हामी सधै राज्यको सहयोगी भएर काम गदै आएका थियौं भने बिषम परिस्थितिमा राज्यले पनि व्यवसायी र मजदुरको सवालमा गम्भीर बन्न आवश्यक छ ।


स्पष्ट नीति ल्याऊ

मदन आचार्य
अध्यक्ष
राप्ती यातायात सेवा प्रालि

विश्व कोरोनाको कारण आक्रान्त बनिरहेको बेला यस क्षेत्र पनि यतिबेला निकै समस्यामा परेको छ । राज्यले कोरोना नियन्त्रणको लागि लकडाउनको घोषणा गरेको छ भने आम नागरिकजस्तै यातायात व्यवसायी र यसमा आवद्ध मजदुरहरू पनि राज्यको यस कदममा साथ र सहयोग दिदै लकडाउनको पालना गरी घरभित्रै बसेको अवस्था रहेको छ ।
एकातिर कोरोना संक्रमण हुन नदिन घरमै बस्नुपर्ने अवस्था छ भने अर्कोतिर लामो लकडाउनको कारण व्यवसाय ठप्प हँुदा यातायात व्यवसायी आर्थिक संकटमा पर्दै गएका छन् । सँगै मजदुरहरूलाई आफू र आफ्ना परिवारकोे दैनिक सञ्चालन गर्न निकै समस्या पर्दै गएको छ ।
मजदुरदेखि व्यवसायीहरूको रोजीरोटी निर्भर रहेको व्यवसाय ठप्प हुँदा विस्तारै त्यसको भयावह अवस्थाको सिर्जना हुने देखिन्छ । अधिकांश व्यवसायीहरू ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् । बैंकले किस्ता बुझाउन बारम्बार फोन गर्न थालेको छ ।
यस्तो अवस्थामा व्यवसायीहरूले बैंक किस्ता कसरी तिर्न सक्छन् ? निकै गम्भीर अवस्थाको सिर्जना हुन थालेको छ । हाम्रो समितिमार्फत अहिले १८ वटा नाईट गाडीहरू सञ्चालनमा रहेका छन् । त्यससँग ६०/७० मजदुर प्रत्यक्ष प्रभावित छन् भने तिनीहरूको परिवार पनि प्रभावित भएको छन् । सँगै गाडीधनी र उनका परिवार पनि निकै समस्यामा पर्दै गएका छन् ।
सबैभन्दा मानिसको स्वास्थ्य ठूलो भएकोले कोरोनाबाट बच्न लकडाउनको पालना गर्नुपर्ने अवस्था छ भने अर्कोतिर रोगसँगै भोकको अवस्थासमेत देखिदै गएको छ । त्यसको लागि राज्यले समयमै यो समस्या समाधानको लागि स्पष्ट नीति ल्याउन आवश्यक छ ।


कहिले होला कोरोना महाव्याधिको अन्त्य ?

तथ्यांकहरूको विश्लेषणले भन्छः डिसेम्बर २०२० सम्म लाग्न सक्छ ।
विश्वलाई थिलथिलो बनाइसकेको छः कोरोनाको महाव्याधिले । पैतीस लाख बढीलाई संक्रमित बनाइसकेको र झण्डै अढाइ लाखको ज्यान लिइसकेको यो महाव्याधिको अझै पनि भरपर्दो औषधी र खोप बन्न सकेको छैन । यस्तो स्थितिमा स्वभाविक रूपमा कहिले होला त यो महाव्याधिको प्रकोपको अन्त्य भन्न कठिन मात्रै हैन, असम्भव छ ।
र यस अघि संसारव्यापि बनेका महाव्याधिहरूको इतिहासको अध्ययन–अनुसन्धानका आधारमा यो रोगकको बारेमा के आशा गर्न सकिन्छ भन्ने मार्गचित्र भने देखापर्न सक्छ ।
वितेका १०० वर्षभित्र नै मानवताले थुप्रै विश्वव्यापि महाव्याधिहरू तथा महामारीहरू देखिसकेका र भोगिसकेका छन्  । तीमध्ये सबैभन्दा भयानकमध्येका एक स्पेनिस फ्लू पनि एक हो । सही नीति र कदमहरूको कारण यो महाव्याधि पनि अन्ततः नियन्त्रणमा आएको थियो । जैविक तथा सामाजिकस्तरमा महाव्याधिका विरूद्ध हाम्रा सामूहिक जवाफले सार्स–कोभ–२ भाइरस कसरी विकसित हुन्छ भन्ने कुरा विरूद्धको हाम्रा संघर्षको भावी नतिजालाई प्रभावित गर्नेछ । यो जवाफभित्र हाम्रीले अपनाउने सामाजिक नियन्त्रणका तौरतरिकाहरू जस्तै सामाजिक (भौतिक दूरी) पनि पर्दछन्,
जसले हाम्रा स्वास्थ्य प्रणालीलाई ध्वस्त हुन नदिनको लागि समय प्रदान गर्ने गर्छ ।अहिलेको महाव्याधिमाथि नियन्त्रण गर्ने प्रयासको दोस्रो तह नयाँ–नयाँ एन्टिभाइरल औषधिहरूको ग्रहण वरिपरि घुम्नेछ, जुन कोभिड–१९ का लक्षणहरूलाई निको पार्ने काममा केन्द्रित हुने गर्छ ।
यस बीचमा सामाजिक (भौतिक) दूरीजस्ता सामाजिक नियन्त्रणका उपायहरू निरन्तर जारी रहनुपर्नेछ । यी उपायहरूको अन्त्य गर्ने कुरा मानिसहरू त्यसप्रति कत्तिको प्रतिबद्ध छन् र स्थितिलाई नियन्त्रण गर्नका लागि सरकारीस्तरबाट गरिने काम कारवाहीहरू कत्तिको प्रभावकारी छन् भन्ने कुरामा पनि भर पर्नेछ । महाव्याधिलाई दीर्घकालीन रूपमै हल गर्नका लागि सबैभन्दा जरूरी कुरा चाहिँ खोप पत्ता लगाउनु नै हो ।
संक्रमणविद् तथा उद्गम जीवविज्ञानी साराह कोबेका अनुसार, हंगकंग र दक्षिण कोरियाका कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्ने सफल तौरतरिका एवं उपायहरूले युरोप र अमेरिकामा काम गरेन किनभने त्यहाँका अधिकारीहरूले बेलैमा आवश्यक ठोस कदम चाल्न ढिलाइ गरे । त्यसआधारमा उनले निचोड निकालेअनुसार,
महाव्याधिको नतिजा ५० प्रतिशत सामाजिक र राजनीतिक पहलकदमी र प्रतिक्रियामा आधारित हुने गर्छ र बाँकी आधा चाहिँ वैज्ञानिक विकासक्रमले डो¥याउने गर्छ । त्यसबारेमा उदाहरण दिँदै उनी भन्छन्, ‘अहिले प्रयोगशालाहरूले काम गरिरहेका भाइरस प्रतिरोधी औषधीहरू सफल भए भने थोरै मानिसहरूले मात्रै कोभिड–१९ को जटीलता भोग्नेछन् वा मृत्युवरण गर्नेछन् ।’ कोरोनाभाइरसको संक्रमण रोक्नको लागि खोप अत्यावश्यक छ ।
फ्लू भाइरसहरूको तुलनामा मानव कोषसँग प्रतिक्रिया गर्नका लागि कोरोनाभाइरसहरूको थुप्रै च्यानलहरू छैनन् । यस आधारमा पनि वैज्ञानिकहरू कोरोनाभाइरसलाई परास्त गर्नका लागि अनुकूलता बढी रहेको विश्वास गर्छन् ।
मानव कोषसँग कोरोनाभाइरसले अन्तरक्रिया गर्ने सम्भावनालाई हटाउन वा निषेध गर्न सकिए भाइरसले मानव कोषमा आफूलाई पुनरूत्पादन गर्न सक्ने छैन भन्ने विश्वास वैज्ञानिकहरूले गरेका छन् ।
तर अहिले नै वैज्ञानिकहरू यो भन्न सक्ने स्थितिमा छैन कि हाल प्रयोगात्मक चरणमा रहेका खोपहरू सफल भइहाल्यो भने पनि त्यसले सार्स–कोभ–२ का विरूद्ध लामो समयसम्म प्रतिरोधी क्षमता दिन्छ कि दिँदैन ? उनीहरूका अनुसार, मानव प्रयोगमा सफल सिद्ध भएका खोपबाट दीर्घकालीन प्रतिरोधी क्षमता हासिल गर्नका लागि विश्वका जनसंख्याको करिब ६० प्रतिशत मानिसहरूलाई खोप दिनुपर्ने हुन्छ ।
अन्यथा, कोभिड–१९ पनि अन्य मौसमी फ्लू जस्तै बन्नेछ । वैज्ञानिकहरूले के पनि नोटिस गरेका छन् भने कोरोनाभाइरसले बच्चाहरूलाई पनि संक्रमण गर्न थालेका छन् ।
यसअघि कोरोनाभाइरसले उमेर बढी भएका, इम्युन सिस्टम कमजोर हुनेलाई मात्रै बढी संक्रमण गर्ने गरेको पाइएको थियो । यसको अर्थ के पनि हो भने बाल्यकालमा कोरोनाको संक्रमणमा परेर निको भएकाहरू ठूलो भएपछि उनीहरूमा कोरोनाकै कारण गम्भीर स्थिति चाहिँ नआउन सक्छ ।
तथ्यांकहरूले यसो भन्छ सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड डिजाइनले तथ्यांकहरूको विश्लेषणको आधारमा कोरोनाको महाव्याधि कहिले अन्त्य होला भन्नेबारेमा नियमित रूपमा आफ्ना भविष्यवाणी प्रकाशित गर्दै आएको छ । दिनानुदिन परिवर्तित हुँदै जाने तथ्यांकहरूमाथिको विश्लेषणको आधारमा उसले तत्सम्बन्धी आफ्नो भविष्यवाणीलाई पनि परिमार्जन गर्ने गरेको छ ।
सैक्रममा उसले पछिल्ला तथ्यांकहरूको विश्लेषणको आधारमा मे ३ मा जारी गरेको अनुमानअनुसार संसारबाट शतप्रतिशत कोरोनामहाव्याधिको अन्त्य हुन आगामी डिसेम्बर १४ सम्म लाग्ने अनुमान गरिएको छ । तथ्यांकहरूको विश्लेषणको आधारमा गरिएको अनुमान अनुसार, महाव्याधिमाथि संसारभरिबाट ९७ प्रतिशत नियन्त्रण पाउनको लागि जुन ३ र ९९ प्रतिशत नियन्त्रण पाउनको लागि जुन २१ सम्मको समय लाग्ने अनुमान गरिएको छ ।
तथ्यांकहरूको आधारमा गरिएको उक्त अनुमानअनुसार अहिले कोरोनाभाइरसबाट सबैभन्दा बढी आक्रान्ति बनेको मुलुक अमेरिकाबाट ९७ प्रतिशत नियन्त्रण हुन मे २१, ९९ प्रतिशत हुन जुन ४ र शतप्रतिशत नियन्त्रण हुन अक्टोबर १ सम्म लाग्ने अनुमान गरेको छ ।
त्यसैगरी, नेपालको लागि अत्यन्तै महत्व राख्ने छिमेकी मुलुक भारतबाट ९७ प्रतिशत नियन्त्रण हुन जुन १, ९९ प्रतिशत हुन जुन १३ र शतप्रतिशत नियन्त्रण हुन अगस्त १९ सम्म लाग्ने अनुमान गरेको छ ।
– एजेन्सी

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here