- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsलकडाउनमा प्रतिष्ठानमा सात हजारको उपचार

लकडाउनमा प्रतिष्ठानमा सात हजारको उपचार

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २३ बैशाख ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सात हजारभन्दा बढी बिरामीहरूको स्वास्थ्य चेकजाँच गरिएको छ । लकडाउन अवधिभर प्रतिष्ठानले विभिन्न सेवाअन्तर्गत सो संख्यामा बिरामीहरूको स्वास्थ्य चेकजाँच गरेको छ ।

स्वास्थ्य उपचारका लागि आएका ७ हजार ४ सय ९२ जना बिरामीहरूले उपचार सेवा लिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

जसमध्ये सबैभन्दा धेरै ओपिडी सेवाअन्तर्गत ४ हजार ४ सय ८५ बिरामीहरूले सेवा लिएका छन् । यस्तै लकडाउन समय अवधिभर प्रतिष्ठानमार्फत १ हजार ५० जना बिरामीहरूले ईमरजेन्सी सेवामार्फत स्वास्थ्य उपचार गराएका छन् ।

४ सय ५९ जना बिरामीहरूले युएसजी सेवा लिएका छन् । त्यस्तै यस अवधिभर प्रतिष्ठानमार्फत १ सय ५५ जना महिलाहरूलाई प्रसूति सेवा प्रदान गरिएको छ ।

यस्तै प्रतिष्ठानले ८६ जना महिलाहरूलाई स्त्रीरोगसम्बन्धी परामर्श तथा स्वास्थ्य उपचार प्रदान गरेको छ भने ४७ जनाको हाडजोर्नी सम्बन्धी स्वास्थ्य उपचार गरिएको छ । त्यसैगरी ५२ जनाको सामान्य शल्यक्रिया गरिएको छ ।

२० जनाको नाक, कान, घाँटीसम्बन्धी उपचार गरिएको छ । त्यस्तै १३ जना बिरामीहरूको छालारोगसम्बन्धी उपचार गरिएको छ भने १ सय ८ जनालाई निःशुल्क स्वास्थ्य परामर्श तथा उपचार प्रदान गरिएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलास देवले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here