- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-news७६ जना क्वारेन्टाइनमा

७६ जना क्वारेन्टाइनमा

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २३ बैशाख ।

कोरोनाको आशंकामा दाङमा अहिले ७६ जना क्वारेन्टाइनमा बसेका छन् । भारत लगायत तेस्रो मुलक र लकडाउनको समयमा जिल्ला बाहिरबाट आउने ७६ जना क्वारेन्टाइनमा बसेका हुन् । स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकलपर्सन कमल चन्दका अनुसार तुलसीपुर उपमहानगरमा सबैभन्दा धेरै क्वारेन्टाइमा बसेका छन् ।

तुलसीपुरमा अहिले सबैभन्दा धेरै २९ जना क्वारेन्टाइनमा रहेको फोकलपर्सन चन्दले जानकारी दिए । उनका अनुसार लमही नगरपालिकामा १३ जना, बबई गाउँपालिकामा १० जना, गढवा गाउँपालिकामा ९ जना, घोराही उपमहानगरपालिकामा ६ जना क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै शान्तिनगर गाउँपालिकामा ५ जना, बंगलाचुलीमा ४ जना क्वारेन्टाइमा बसेका छन् ।

क्वारेन्टाइनमा बसेकालाई १४ दिन पश्चात् ¥यापिड टेष्ट अर्थात् तिब्र परिक्षणमार्फत कोरोना भए÷नभएको जाँच गरिने फोकलपर्सन चन्दले बताए । जिल्लामा अहिलेसम्म क्वोन्टाइनमा बसेर १४ दिन पुगेका १ सय ७० जनाको आरडिटी अर्थात् तिब्र परिक्षणमार्फत जाँच गरिएको छ । परिक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ देखिएको उनले बताए ।

सोमबारमात्रै जिल्लाका चार स्थानीय तहमा बसेका ३२ जनाको आरडिटीमार्फत परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ देखिएको छ ।

सोमबार राप्ती गाउँपालिकका १३ जना, तुलसीपुरको लक्ष्मीपुरमा बसेका ११ जना, राजपुर गाँउपालिकाको क्वारेन्टाइनमा बसेका ६ जना र बंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २ जनाको कोरोना भए÷नभएको जाँच गरिएको हो । स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अहिलेसम्म ३ सय ४७ जना बसेका छन् । ति मध्ये २ सय ७१ घरमा गइसकेका छन् ।

१० जनाको रिपोर्ट नेगेटिभ

लकडाउनको समयमा बजारमा घुम्दै आएका ८ जनासहित १० जनाको कोरोना जाँचको रिर्पोट नेगेटिभ देखिएको छ । काटेको कपालको घुमन्ते व्यापार गर्दै आएका ८ जनासहित घोराहीमा मासु व्यापार गर्ने दुईजना गरी १० जनाको कोरोना नभएको रिपोर्ट आएको हो ।

बेलझुण्डीको कोरोना विशेष अस्पतालमा पु¥याएका १० जनाको स्वावमा कोरोना नभएको पुष्टि भएको छ । उनीहरूको रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी कमल चन्दले जानकारी दिए ।

कोरोना संक्रमित क्षेत्र बाँकेबाट घोराहीमा आएका २५ वर्षिय युवासँगै उनको परिवार तथा उनीसँगको सम्पर्कमा रहेकाको कोरोना जाँच हुने भएको छ ।

नेपालगञ्जबाट दुईदिन पहिले घोराहीमा आएका एकजना युवा, उनको परिवार, उनले भेटघाट गरेका साथी र एकजना प्रहरीसहित ९ जनाको स्वाव परिक्षण हुन लागेको हो । घोराहीको बालमन्दिर पछाडी बस्दै आएका एक परिवारका सदस्य नेपालगंज जाने आउने गरेका कारण उनीहरूको खोजी गरी स्वाव परिक्षण गर्न लागिएको घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताए ।

यसैबीच कञ्चनपुरबाट हालै जिल्ला प्रहरी कार्यालय दाङमा आएका एकजना प्रहरी जवानको पनि स्वाव परिक्षण हुँदैछ । ति प्रहरीलाई कुइरेपानीस्थित क्वारेन्टाईनमा राखिएको छ भने अन्य ६ जना भने घरकै क्वारेन्टाइनमा बसेका छन् ।

२२ को आरडिटी रिपोर्ट नेगेटिभ

यसैबीच दाङको राप्ती गाउँपालिकाका २२ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाको ऐरावती बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनीहरूको रिपोर्ट नेगेटिभ देखिएको छ । रिपोर्ट नेगेटिभ देखिएपछि १३ जनालाई घर पठाइएको छ ।

क्वारेन्टाइनमा बसेका कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएपछि उनीहरूलाई घर पठाइएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

उनले विश्वविख्यात समस्या कोरोनाभाइरसको बढ्दो संक्रमणको रोकथाम तथा सुरक्षाका लागि अन्य जिल्ला तथा देशबाट घर आउनेलाई राप्ती गाउँपालिकाको दुई स्थानमा क्वारेन्टाइन स्थापना गरी बस्ने ब्यवस्था मिलाईएको बताए ।

विभिन्न जिल्लाबाट पैदल हिडेर घर आएका गाउँपालिका वडा नम्बर २ का १३ जनाको आरडिटी परिक्षण गर्दा कोरोना नतिजा नेगेटिभ आएकाले केही दिन होम क्वारेन्टाइनमा बस्न अनुरोधसहित घर पठाइएको राउतले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here