- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरजोखिम बढेपछि उच्च सर्तकता

जोखिम बढेपछि उच्च सर्तकता

- Advertisement -spot_img

प्रदेश टुडे
बाँके, २३ बैशाख ।

कोरोना संक्रमणको जोखिम बढेसँगै बाँकेमा उच्च सर्तकता अपनाइएको छ । आइतबार जिल्लाको नेपालगंजमा थप कोरोना संक्रमित देखिएसँगै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले स्थानीय प्रशासनले नेपालगंज उपमहानगरपालिकाको डिएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरूपमा सिल गरिसकेको जानकारी दिए । उनले कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितहरूको सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कन्ट्रयाक्ट ट्रेसिङमा जुटेका बताए ।

लकडाउनको ४२औँ दिनमा जिल्लामा कोरोनाको संक्रमण देखिएपछि संक्रमणको थप जोखिम हुन नदिन उच्च सावधानी अपनाउन र लकडाउनको पूर्णपालना गर्न अनुरोधसमेत गरेका छन् ।

तीनसय जनामा कन्ट्याक्ट ट्रेसिङ

यसैबीच नेपालगंजमा १६ जना कोरोना संक्रमित भेटिएपछि नेपालगंज उपमहानगरपालिकाले कन्ट्रयाक्ट टे«सिङ सुरू गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर ८ जोलहनपुरवाका तीन सयजनाको कन्ट्याक्ट ट्रेसिङ गरेको हो ।

शुक्रबार एक व्यक्तिमा कोरोना देखिए लगत्तै आइतबार थप १५ जनामा संक्रमण फैलिएको पुष्टि भएपछि संक्रमितहरूको सम्पर्कमा आएका थप व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ सुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here