- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरगाउँपालिकाको राहत कोषमा सहयोग

गाउँपालिकाको राहत कोषमा सहयोग

- Advertisement -spot_img

दुखहरण यादव
गढवा, २३ बैशाख ।

गढवा गाउँपालिकाले कोरोनाको संक्रमणबाट सिर्जित समस्याको समाधान गर्न अति बिपन्न तथा गरिब परिवारलाई राहत वितरणको लागि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरेर सहयोग गर्ने सहयोग दाताको संख्या बढ्दै गएको छ ।

यस्तै ॐ बचत तथा ऋण सहकारी संस्था गढवा गाउँपालिका वडा नम्बर ४ रामनगरले १४ हजार ९ सय ३० रूपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ ।

ॐ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनिराम चौधरीको नेतृत्वमा व्यवस्थापक ओम प्रकाश चौधरीसहितको टोलीले गाउँपालिकाभित्रका बिपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने कार्यक्रम अनुसार गाउँपालिकालाई ११ हजार ५ सय रूपैयाँ बराबरको २ सय ५० केजी चामल, २ हजार ३ सय रूपैयाँ बराबरको २० केजी दाल, र १ हजार १ सय ३० रूपैयाँ बराबरको ५० केजी नुन हस्तान्तरण गरेको व्यवस्थापक ओम प्रकाश चौधरी बताए ।

राहत बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले संकटको यस घडीमा गाउँपालिकाको राहत सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गर्दै राहतको पूर्णरूपमा सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।

राहतस्वरूप खाद्यान्न सामग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले ॐ बचत तथा ऋण सहकारी संस्थाले यस गाउँपालिकाको बिपन्न तथा गरिब परिवारलाई एकद्वार प्राणालीमार्फत वितरण गरिने राहतमा साथ र सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै रकमको सदुपयोग गरिने प्रतिबद्धता जनाए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here