- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsसवारी साधनमा थप कडाई

सवारी साधनमा थप कडाई

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २२ बैशाख ।

तुलसीपुर उपमहानगरपालिकाले सवारी साधनमाथि कडाई सुरू गरेको छ । उपमहागरपालिकाले बाँकेको नेपालगंजमा कोरोना संक्रमित भेटिएसँगै अमिलिया नाकामा चल्ने सवारी साधन र चालकहरूमाथि कडाई सुरू गरेको हो ।

अमिलिया नाका हुँदै तुलसीपुर भित्रिने सवारी साधन, चालक तथा सहचालकहरूमाथि विशेष निगरानी सुरू गरिएको स्वास्थ्य निरिक्षक विमल केसीले बताए । उनले सवारी साधन चलाउँदा सुरक्षा सामाग्रीको अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरिएको बताए ।

यदि कोही कसैले सुरक्षा सामाग्री प्रयोग नगरी सवारी साधन चलाएको पाईएमा क्वारेन्टाइनमा राखिने चेतावनी समेत दिए ।

आइतबार आठवटा एम्बुलेन्स र चारवटा अन्य गाडीका चालक र सहचालकलाई सुरक्षा सामाग्री अपनाउन अनुरोध गर्नुको साथै अटेर गरे क्वारेन्टाइनमा राखिने चेतावनी दिएको बताए ।

यस्तै फुलवारी स्वास्थ्य चौकी प्रमुख ज्ञानबहादुर बस्नेतले सबैभन्दा बढी एम्बुलेन्स र खाद्यान्नका गाडीहरू नाका हुँदै आउने जाने गर्ने भएकाले सवारी साधनमा विशेष कडाई गर्न आवश्यक रहेको बताए । उनले चालक र सहचालकले सुरक्षा नअपनाउँदा जोखिम बढ्न सक्ने भन्दै सुरक्षा सामाग्री अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here