- Advertisement -spot_img
Tuesday, June 15, 2021
HomeUncategorizedअपाङ्ग सदस्यलाई २५ हजार राहत

अपाङ्ग सदस्यलाई २५ हजार राहत

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २२ बैशाख ।

निजी क्षेत्रको एकमात्र ब्यवसायीक संस्था तुलसीपुर उद्योग वाणिज्य सघंले आफ्नो अपाङ्ग सदस्यलाई राहत प्रदान गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा घर भई घोराही रोडमा रहेको समिर फेन्सी पसलका सञ्चालक गीता बुढालाई उनको घरमै पुगेर नगद २५ हजार सहयोग गरेको हो ।

क्यान्सर भएपछि उनको दायाँ खुट्टा काटिएको हँुदा हाल बुढा घरमै बस्न बाध्य भएकी छन् । बुढा दम्पत्तिको आइतबार परेको वैवाहिक बर्षगाँठको अवसर पारेर तुलसिपुर उद्योग वाणिज्य सघंका अध्यक्ष वीरबहादुर रावतको नेतृत्वमा गएको टोली घर आएको देख्दा बुढा दम्पत्ति मात्रै हैन परिवारमा समेत केहिछिन खुसिको अनुभुति देखिएको थियो ।

बुढा दम्पत्ति तुलसीपुर उद्योग वाणिज्य सघंको दुबैजना सदस्य रहेका छन् । हामीले यस्तो बेला सानो सहयोग गर्न पाउदा अभिभावकत्व बहन गरेको जस्तो अनुभव भएको छ अध्यक्ष रावतले भने । विविध कारणले हामीहरू घरसम्म आउन केही ढिला भयो तर संस्थागत र ब्यक्तिगत रूपमा थप सहयोग गर्न पनि हामी तयार रहेको अध्यक्ष रावतले बताए ।

लकडाउनका कारण बुढा परिवारजस्तै धेरै सर्वसाधारणलाई सास्ती ब्यहोर्नुपरेको भन्दै अध्यक्ष रावतले आफ्ना सदस्यहरूलाई साँझ बिहानको छाक टार्न समस्या भएको भए वाणिज्य सघंको सचिवालयमा सम्पर्क गर्नसमेत अनुरोध गरे । उक्त अवसरमा पूर्वअध्यक्ष बिमल रिजाल सहितको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here