- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsसुत्केरी महिला र बालबालिकालाई सहयोग

सुत्केरी महिला र बालबालिकालाई सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
रोल्पा, २२ बैशाख ।

श्रमका लागि बाहिर गई कोरोना भाइरसका कारण त्रिवेणी गाउँपालिका रोल्पामा फर्केर क्वारेन्टाइनमा बसेका सुत्केरी, गर्भवती, किशोरकिशोरी, बालबालिका लगायतका लागि गाउँपालिकामार्फत गैर सरकारीस्तरबाट सहयोग उपलब्ध गराइएको छ ।

बालबालिकाको क्षेत्रमा कार्यरत सेभ द चिल्ड्रेन र मानवअधिकार सचेतना केन्द्र (हुरेक) नेपाल रोल्पाले त्रिवेणी गाउँपालिकालाई विभिन्न सामग्रीहरू गरी करिव साढे ५ लाख बराबरको सहयोग गरेको हो ।

सेभ द चिल्ड्रेन र मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले गाउँपालिकालाई दुई थान आइआर थर्मोमिटर (थर्मल गन), स्वास्थ्यकर्मीको सुरक्षाको लागि १५ थान फुल बोडी गाउन, फेस सिल १५ थान, सर्जीकल ग्लोब्स् १५ थान, सुकोव १५ थान, बफ्यान्ट क्याप १५ थान, सर्जीकल मास्क १ हजार, सेनिटाइजर १० थान, साबुन ३ सय ४४ थान, महिला तथा बालबालिकाहरूको लागि आवश्यक पर्ने २ वर्षसम्मका लागि बेबी किट ४५ थान, ५ वर्षसम्मका लागि बेबी किट ६० थान, डिग्निटी किट ४५ थान, हाइजीन किट ६९ थान, ब्लाङ्केट ५० थानलगायतका सामग्रीहरू रहेका छन् ।

सेभ द चिल्ड्रेनका प्रकाश भट्ट र मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाका अध्यक्ष घनश्याम आचार्य र कार्यक्रम संयोजक धरेन्द्र डाँगीले त्रिवेणी गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष शान्तकुमार वलीलाई ती सामग्रीहरू हस्तान्तरण गरेका हुन् । यसअघि गाउँपालिकाको कोषमा नगद ४५ हजार समेत सहयोग गरिएको हुरेकले जनाएको छ ।

त्रिवेणी गाउँपालिकामा हाल १ हजार तीन सय ५१ जनाहरू क्वारेइन्टाइनहरूमा बस्दै आएका छन् । ती मध्ये सुत्केरी, गर्भवती महिलाहरू र बालबालिकाहरू गरी करिव ४ सय बढी रहेको गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताए । क्वारेन्टाइनमा बसेका महिला तथा बालबालिकाहरूलाई सहज हुने गरी ती सामग्रीहरू सहयोग गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here