- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरकिट नहुँदा आरडिटी परिक्षण रोकियो

किट नहुँदा आरडिटी परिक्षण रोकियो

- Advertisement -spot_img

प्रदेश टुडे
रूकुम (पूर्व), २२ बैशाख ।

पूर्वी रूकुममा कोभिड–१९ को परिक्षणका लागि आवश्यक किटको अभाव देखिएको छ । किटको अभाव हुँदा कोरोना परिक्ष्ण दुई सातादेखि रोकिएको छ । आरटिडी परिक्षणका लागि आवश्यक पर्ने किट नहुँदा शंकास्पद संक्रमितहरूको परिक्षण गर्नसमेत समस्या हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताए ।

उनले हालसम्म भारतसहित अन्य मुलुकबाट १ सय ६० नागरिकहरू जिल्लामा भित्रिएको भएपनि देशका विभिन्न जिल्लाबाट हजारभन्दा बढी नागरिक भित्रिएकाले किटको अभाव भएको जानकारी दिए ।

प्रदेश सरकारले कोरोना परिक्षणका लागि १ सय ६० किट मात्र पठाएकाले किटको अभाव भएको र शंकास्पद संक्रमितहरूको आरडिटी परिक्षण गर्न समस्या भएको बताए ।

प्रदेश सरकारले उपलब्ध गराएको किटमध्ये विदेशबाट आएका १ सय २९ जनाको आरडीटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । परिक्षण गरिएकामध्ये सिस्ने गाउँपालिकाका १ सय ३, भूमे गाउँपालिकाका १८ र पुथा उत्तरगंगा गाउँपालिकाका ८ जना रहेका छन् । त्यसमध्ये ४ जना कैदीबन्दी रहेका छन् ।

बाँकीको किट अभावकै कारण कोरोना जाँच हुन सकेको छैन । हाल जिल्लामा २९ किट बाँकी छन् । ती किटले तत्काल कोही सम्भावित संक्रमित भेटिएमा परीक्षण गर्ने बताइएको छ । किट उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको प्रमुख शर्माले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here