- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरनिःशुल्क इन्टरनेटको माग

निःशुल्क इन्टरनेटको माग

- Advertisement -spot_img

प्रदेश टुडे

दाङ, २२ बैशाख ।

नेपाल विद्यार्थी संघले विद्यार्थीहरूलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ । कोरोनाको महामारीका कारण विभिन्न विश्वविद्यालय तथा विद्यालयहरूले अनलाईन कक्षा सुरू गरेसँगै अध्ययनका लागि विद्यार्थीहरूलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको हो ।

कोरोना संकटको समयमा शैक्षिक संस्थाहरू खुल्न नसक्ने अवस्था भएपछि विभिन्न विद्यालय तथा विश्वविद्यालयले अनलाइन कक्षा सुरू गरेका छन् ।

नेविसंघले आइतबार टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय तथा क्याम्पससँग विवरण लिएर सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेटबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको हो ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले विश्व स्वास्थ्य संगठनले कोरोनाको असर दुई वर्षसम्म पर्ने बताइसकेको र यसले नेपालको शिक्षामा पनि असर पार्ने भएकाले अनलाइन कक्षाको व्यवस्था गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here