- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयसुविधा उपयोग गर

सुविधा उपयोग गर

- Advertisement -spot_img

सम्पादकीय

कोभिड–१९ को महामारी अहिले विश्वभरी छ । नेपालमा यसको सुरक्षाका लागि र नियन्त्रणमा लागि सबै क्षेत्रलाई प्रभावकारी बनाइएको छ । बन्दाबन्दीदेखि परिक्षण कार्यलाई प्रभावकारी बनाउन फराकिलो नीति र व्यवस्था गरिएको देखिन्छ ।

मुख्य समस्या गुणस्तरिय परिक्षण नै हो । परिक्षण सहज र सरहल भएन भने सास्तीहरू पक्कै पनि आउँछन् । यो विषयमा सरकार जानकार भएर परिक्षणलाई प्रदेश प्रदेशमा पु¥याएको देखिन्छ । कति स्थानमा प्रभावकारी बनेका छन् भने कति अझ प्रभावकारी बनाउनुपर्ने अवस्थामा रहेका छन् ।

प्रदेश नं ५ का तीन स्थानमा पिसिआर परिक्षण प्रविधि स्थापना गरिएको छ । कोरोना भाइरसको परिक्षणको दायरालाई फराकिलो बनाउन प्रदेश नम्बर ५ का तीन ठाउँमा पिसिआर प्रविधिबाट स्वाव परिक्षणको व्यवस्था गरिएको हो । प्रदेश ५ का दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीसहित नेपालगंज र भैरहवामा पिसिआर विधिबाट कोरोना परिक्षण सुरू गरिएको छ । यो प्रदेशको लागि पनि राम्रो काम हो ।

सुविधा सदुपयोग गर्नु उपयोग गर्नु महत्वपूर्ण हुन्छ । आफ्नै ठाउँमा प्रविधि भएपछि त्यसको परिक्षण दायरा पनि बढाउनु पर्छ र प्रभावकारी बनाउन लाग्नु पर्छ । तर दाङ भएको परिक्षणको सुविधा उपयोग दङ्गालीले नगरेको पाइएको छ ।

दाङमा पनि १२ गतेदेखि स्वाव परिक्षण शुरू भएको हो । पछिल्लो समय प्रतिष्ठानमा स्थापना भएको पिसिआर परिक्षण प्रविधि दाङले प्रयोग नगरेको अवस्था सार्वजनिक हुनु दुखद् हो ।

कोरोना अस्पतालमा भर्ना भएका चारजनाको स्वाव पिसिआर परिक्षणका लागि नेपालगंज पठाइएको विषयले चर्चा पाउदै गर्दा कति हामीले आफैसँग भएको सुविधालाई पाखा लगाएर बाहिरी जिल्लाको सुविधा लिने प्रयास त गरेका छैनौं भन्ने देखाएको छ ।

दुई अस्पतालबीचको समन्वय सहकार्य प्रभावकारी हुनुपर्ने हो । सुविधा लिने कुरामा सबै गम्भीर पनि हुन आवश्यक देखिन्छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा कसैले पनि खेलवाड गर्नहुँदैन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ जनाको स्वाव परिक्षण हुने तर कोरोना अस्पतालको स्वाव नेपालगंज पठाउनुले समन्वयको अभाव प्रष्ट नै गराउँछ । कि त विश्वासमा कारण पनि यस्तो भएको हो भने पनि यो कार्य राम्रो हुँदैन ।

जिल्लामै सुविधा हुनु भनेको काम कारवाहीमा छिटोछरितो होस् भन्ने नै हो । सुविधाको नाममा अन्य जिल्लाभन्दा ढिलो प्रगति आउनु पनि राम्रो हुँदैन । त्यहि कारणले मात्रै पनि आफैसँग भएको सुविधालाई पन्छाएर नयाँ सुविधा खोज्नु पनि जायज हुन सक्दैन ।

अन्य जिल्लाबाट परिक्षणका लागि दाङ आउने तर दाङकै जिल्ला बाहिर जानु पर्ने अवस्थाको तत्काल अन्त्य गरिनुपर्छ । यो समयमा इगोभन्दा पनि समन्वय र सहकार्यसँगै हातेमालोको आवश्यकता छ । यसतर्फ दुबै संस्थाले सोच्नु जरूरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here