- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsदाङको स्वाव नेपालगंजमा परिक्षण

दाङको स्वाव नेपालगंजमा परिक्षण

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २१ बैशाख ।

कोरोना भाइरसको परिक्षणको दायरालाई फराकिलो बनाउन प्रदेश नम्बर ५ का तीन ठाउँमा पिसिआर प्रविधिबाट स्वाव परिक्षणको व्यवस्था गरिएको छ ।

प्रदेश ५ का दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित नेपालगंज र भैरहवामा पिसिआर विधिबाट कोरोना भाइरस भए/नभएको जाँच गर्न सकिने व्यवस्था गरिएको हो ।

दाङमा पनि केही समय ढिलो गरी १२ गते शुक्रबारबाट स्वाव परिक्षण शुरु भएसँगै अहिलेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ जनाको स्वाव परिक्षण भएको छ ।

प्रतिष्ठानमा पिसिआर विधिबाट जाँच गरिएको प्रतिष्ठानकै आइसोलेसनमा बसेका र जिल्ला बाहिरबाट आएका मात्रैको स्वाव परिक्षण भएको छ । तर बेलझुण्डीको कोरोना विशेष अस्पतालको आइसोलेसनमा बसेकाको स्वाव परिक्षण भने जिल्ला बाहिर हुने गरेको छ ।

पछिल्लो पटक बेलझुण्डीको कोरोना विषेश अस्पतालमा बसेका ७ जनाको स्वाव परिक्षणका लागि १८ गते बिहीबारमात्रै नेपालगंजको प्रयोगशालामा पठाइयो तर दुईदिन ढिलागरी मात्रै शनिबार दिउँसो मात्रै त्यसको रिपोर्ट आएको छ ।

प्रतिष्ठानमा स्वाव परिक्षण गर्ने पिसिआर मेसिन खाली अवस्थामा हुँदाहुँदै पनि नेपालगंज स्वाव पठाउँदा छिटो रिपोर्ट पाउन झनै ढिला भएको देखिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको परिक्षणलाई छिटोछरितो बनाउनलाई दाङमै पनि पिसिआर जाँच शुरु भएपनि दाङको स्वाव परिक्षणका लागि जिल्ला बाहिर लैजाँदा समयमै झनै ढिलाइ हुने गरेको छ ।

जिल्लामै परिक्षण गर्न सकिने भएपनि बेलझुण्डीको कोरोना विशेष अस्पतालले किन बाहिर पठाउने गरेको छ भनि विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

प्रतिष्ठानमा ढिला हुने देखेर स्वाव परिक्षणका लागि नेपालगंज पठाएको बेलझुण्डी कोरोना विषेश अस्पतालका मेसु डाक्टर सर्वेश शर्माले बताए ।

‘हामीले त जहाँ छिटो हुन्छ त्यहि जाँच गर्ने हो, नेपालगञ्ज छिटो हुने देखेर पछिल्लो पटक ७ जनाको स्वाव नेपालगंजमा परिक्षण गरिएको हो’ उनले भने– ‘अब प्रतिष्ठानमै लैजान्छौँ, प्रतिष्ठानमा धेरैजना हुँदा ढिला हुन सक्छ भनेर नै हो ।’

प्रतिष्ठानमा एकै पटक ९६ जनासम्मको परिक्षण गर्न सकिन्छ, कोरोना विषेश अस्पतालमा बसेकाको स्वाव भने नेपालगंज पठाउने गरिएको हो । प्रतिष्ठानका रजिष्टार कैलाश देवले प्रतिष्ठानमा एकपटक धेरै जनाको स्वाव एकैपटक परिक्षण गर्न सकिने भएपनि अहिलेसम्म धेरै नभएका कारण थोरै भएपछि परिक्षण गरिरहेको बताए ।

‘उहाँहरुले किन जिल्ला बाहिर पठाउनुभयो, हामीलाई थाहा हुने कुरा भएन्’ उनले भने– ‘हाम्रो त यहाँ जिल्ला बाहिर रोल्पा, कपिलवस्तुबाट पनि स्वाव परिक्षणका लागि आउने गरेको छ, हामीले जाँच गरिरहेका छौँ, खै किन हो नेपालगञ्ज पठाउनुभयो उहाँहरु ?’

परिक्षणको दायरा बढेन्

प्रतिष्ठानमा अहिले १/२ दिन यता स्वाव नै परिक्षण कम भएको छ । जिल्लामै स्वाव परिक्षण गर्ने प्रविधि हुँदासमेत परिक्षणको दायरा बढ्न सकेको छैन् । जिल्ला दुई आइसोलेसन अस्पतालमा कोरोनाको लक्षण देखिएका बिरामी नभएपनि क्वारेन्टाइनमा भएका सबैको स्वाव परिक्षण गर्नुपर्ने यहाँका स्थानीयले माग गरेका छन् ।

प्रतिष्ठानमा एकै पटक धेरैजनाको स्वाव परिक्षण गर्न सकिने भएपनि दैनिक सरदर ४/५ जनाको परिक्षण हुने गरेको छ, त्यो पनि जिल्ला बाहिर स्वाव लैजाँदा परिक्षण ढिलो हुने गरेको छ ।

दाङको रिपोर्ट अहिलेसम्म नेगेटिभ

दाङका अहिलेसम्म पिसिआर प्रविधिबाट ९५ जनाको कोरोना जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । शनिबार बेलझुण्डीको कोरोना विषेश अस्पतालमा बसेका ७ जनाको रिपोर्ट पनि नेगेटिभ देखिएको अस्पतालका सूचना अधिकारी कमल चन्दले जानकारी दिए ।

अस्पतालको आइसोलेसनमा बसेका ७ जनाको रिपोर्ट नेगेटिभ देखिएसँगै सबैलाई डिस्चार्ज गरिएको उनले बताए । यस्तै आरडिटी विधिबाट अहिलेसम्म करिब १ सय २० बढी परिक्षण गरिएकोमा पनि सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

१२३ जना क्वारेन्टाइनमा

दाङमा अहिले १ सय २३ जना क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका ९ वटा स्थानीय तहको क्वारेन्टाइनमा १ सय २३ जना क्वारेन्टाइनमा रहेका छन् ।

शनिबार दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार तुलसीपुर ४१, शान्तिनगरमा ५ , बबई गाउँपालिकामा १७ जना, बंगलाचुलीमा ९ जना, घोराहीमा १५ जना क्वारेन्टाइनमा बसेका छन् । यस्तै लमही नगरपालिकामा १२ जना, राप्ती गाउँपालिकामा १३ जना, राजपुर गाउँपालिकामा ६ जना र गढवा गाउँपालिकामा ५ जना क्वारेन्टाइनमा बसेका छन् ।

उनीहरुको १४ दिन पुगेपछि कोरोना भए÷नभएको जाँच गरिने सूचना अधिकारी चन्दले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here