- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsदाङ भित्रिने नाकामा थप कडाई

दाङ भित्रिने नाकामा थप कडाई

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, २१ बैशाख ।

नेपालगंजमा कोरोना संक्रमित देखिएसँगै तुलसीपुर उपमहानगरले नेपालगंजबाट आउने नाकामा कडाइ गर्ने भएको छ । नेपालगंजबाट आउने मुख्य नाकामा रूपमा रहेको फुलवारीको दमारगाउँमा २४सैं घण्टा कडा चेकजाँच गरिने भएको हो ।

कोरोना विपद् व्यवस्थापन समितिको आयोजनामा भएको बैठकमा खाद्यान्न, पेट्रोलियम पदार्थ, एम्बुलेन्सलगायतका सवारीहरूलाई कडा चेकजाँच गर्ने निर्णय गरेको कार्यबाहक नगरप्रमुख नवराज लामिछानेले बताए ।

उनले सवारी चालक र सहचालकले सुरक्षा विधि अनिवार्यरूपमा पालना गरेको भए मात्रै प्रवेश गर्न दिइने पनि बताए । ‘मेडिकल या एन १९ मास्क प्रयोग भएको या नभएको साथै अन्य सुरक्षा विधि पूरा गरेको या नगरेको सबै चेकजाँच गरेर मात्रै प्रवेश दिइनेछ’ जनस्वास्थ्य शाखाका अधिकृत विमल केसीले जानकारी दिए ।

बैठकले गोठीखोला, बालापुर र बेलझुण्डीमा पनि चेकजाँच गर्ने निर्णय गरेको हो । बाहिरबाट आउने हरेकलाई शंका लागेमा क्वारेन्टाइनमा राख्ने व्यवस्थासमेत गरिने केसीले बताए । उनले क्वारेन्टाइन र सामुदायिक क्वारेन्टाइनलाई थप व्यवस्थित बनाएर अगाडी बढाउने निर्णय भएको जानकारी दिए ।

यसैबीच बैठकमा नेपालगंज जाने एम्बुलेन्समा कडाइ गरिने पनि निर्णय गरिएको छ । ‘चालकले अनिवार्य पिपिइ लगाएको र बिरामीसँग पार्टेसन गर्नुपर्ने छ’ जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए ।

बिरामीले पनि दुई जनाभन्दा बढी कुरूवा लैजान नपाउनुका साथै अस्पतालमा बसेर आएकालाई होम क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको पनि प्रमुख न्यौपानले जानकारी दिए ।

अबदेखि नेपालगंज जाने र त्यहाँबाट आउने हरेकको रेकर्ड राखिने पनि भएको छ । कार्यबाहक नगरप्रमुख लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुरक्षाकर्मी, एम्बुलेन्स चालक र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here