- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरजमिन बाँझो छ, रोजगारी छैन

जमिन बाँझो छ, रोजगारी छैन

- Advertisement -spot_img

कोरोना भाइरसको संक्रमणबाट अहिले विश्व नै कोकाहल बनेको छ । महामारीका रूपमा फैलिएको कोरोना भाइरस फैलिने क्रम जारी छ भने यसको प्रभाव कहिलेसम्म रहने, कति जनसंख्या प्रभावित हुने, कतिले ज्यान गुमाउनुपर्ने, रोग नियन्त्रणका लागि स्थायी उपचार विधि कहिले पत्ता लाग्ने कुनै आँकलन अहिलेसम्म भएको छैन् ।

स्वास्थ्य क्षेत्रमा अब्बल राख्ने विकसित पश्चिमी मुलुकहरूले समेत अहिले लकडाउनको सामना व्यहोर्नुपरेको छ । हालसम्म यस रोगको नियन्त्रण अर्थात् रोकथामको लागि समाधान लकडाउन भएको छ ।

कोरोना भाइरसको स्थायी उपचारको विधि आविष्कार नभए पनि नेपाललाई भने अरू देशको तुलनामा कोरोना संक्रमणले छोएको मात्र छ । कोरोना भाइरसको प्रकोपले भौतिक संरचनामा असर नपारे पनि मानव समाजमा आर्थिक गतिविधिमा असर पार्न थालेको छ ।

कृषिजन्य उपभोग्य वस्तुहरूमा समेत भारतलगायत अन्य देशहरूसँग परनिर्भर रहेको देश यो महामारीको सिकार बनेको छ । कोरोना भाइरस संक्रमणका कारण समग्र अर्थ ब्यवस्था चौपट हुन थालेको छ ।

मानिस स्वभावैले सामाजिक प्राणी भएपनि अहिले सामाजिक दूरी बढाएको छ । कोरोना महामारीले मानिसको रहनसहनदेखि खानपिनसम्मको गतिविधि फेरिएको छ । हात मिलाउने मानिसहरू अहिले नमस्तेमा फर्किएका छन् । अहिले विदेशबाट र शहरमा रहेका धेरै मानिसहरू आफ्नो गाउँमा फर्किएका छन् ।

महामारीले ठूलो जनधनको क्षति मात्र हुँदैन, केही नयाँ आविष्कार, सामाजिक परिवर्तनसमेत गराएको इतिहास छ । यतिबेला कोरोना भाइरस महामारीका रूपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ ।

मानव जातिका लागि यस्ता महामारी नौला भने होइनन् । हरेक पटक त्यस्ता महामारी निन्त्रण गर्न मान्छेले गरेका अनुसन्धानबाट प्राप्त उपलब्धिले धेरै पाठ सिकाएको छ । कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ ।

अहिले विश्वभरि कोरोना भाइरस संक्रमण र त्यसबाट हुने रोग कोभिड–१९ को त्रास छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपाय स्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन् ।

कोरोनाभाइरस के हो, त्यसबाट कसरी संक्रमण हुन्छ, कसलाई संक्रमणको बढी जोखिम छ । कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ ? कोरोना भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ ।

नेपालमा पछिल्लो ५० वर्षभित्रमा भएको महामारी र विपद्का घटनाबाट ४१ हजार पाचँसय भन्दा बढीले ज्यान गुमाएको पाइएको छ । यो अवधिमा सबैभन्दा बढीको मृत्यु महामारीबाट भएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो ५० वर्षमा आगलागी, चट्याङ, बाढी, पहिरो, हावाहुरी, महामारी, हिमपहिरो, शीतलहर, भूकम्पलगायतका विपद्का घटनाबाट मानिसको मृत्यु भएको छ ।


नेपालमा विपद्का घटनामा परी ५० वर्षको अवधिमा ४ सय ७२ जना मानिस वेपत्ता भएका छन् । विपद्का कारण ८६ हजार ८३ जना घटनामा परी घाइते भएका छन् । पछिल्लो ५० वर्षको अवधिमा विपद्का घटनाबाट ६० लाख ४ हजार २ सय ३७ घर–परिवार प्रभावित भएको गृहको तथ्यांकले देखाएको छ । पछिल्लो ५० बर्षमा सबैभन्दा बढी नेपालीको ज्यान महामारीले लिएको छ । यो अवधिमा महामारीबाट नेपालमा १६ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ ।

हिजोसम्म नसुनेका शब्द लकडाउन, क्वारेन्टाइन, आइसोलेसन आदि शब्दहरूबारे विज्ञ भएका छौँ । हिजो घर बस्न फुर्सद नपाउँदा नरमाइलो लाग्थ्यो भने आज बाहिर निक्लन नपाउँदा दिक्क लागिरहेछ । धेरैको रोजगार गुमेको छ । साथमा भएको रकम सकिएको छ ।

जब सबै साधन श्रोतहरू सकिन लागेको छ । पारिवारिक कलह पनि बढ्न थालेको छ । अर्कोतर्फ भोकले गर्दा मानिसमा इमान्दारिता हराउँदै जान्छ र चोरी, लुटपाटजस्ता आपराधिक घटनाहरू बढ्ने सम्भावना रहेको छ । महिनौँसम्म देशमा उत्पादन र आर्थिक गतिविधिहरू ठप्प भएको अवस्थामा लकडाउनपछिको भविष्य कस्तो होला ? यो प्रमुख चिन्ताको विषय हो ।

लकडाउन केही दिनपछि खुल्छ । खुलेपछि के कस्ता चुनौतीहरू आइपर्लान् ? त्यसतर्फ सबैले सोच्ने बेला आइसकेको छ । चुनौतीको सामना कसरी गर्ने हो ? यसबारे हरेकले सोच्ने बेला भएको छ ।

सरकार, विपक्षी दल तथा सर्वसाधारणले समेत आ–आफ्नो दायित्वलाई अब राम्ररी पालना गर्नुपर्दछ । वैदेशिक रोजगारीमा गएका युवाहरू लाखौँको संख्यामा बेरोजगार भएर स्वदेश फर्किएका छन् र फर्कने क्रम जारी छ ।

देशमा उनीहरूलाई रोजगारीको ब्यवस्था छैन । विश्व नै आर्थिक मन्दीको चपेटामा परेको बेला अब रेमिट्यान्स आउने सम्भावना छैन । अब बेराजगार युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विभिन्न उपायहरूको खोजी गर्नुपर्दछ ।

यसका लागि सरकारले सार्वजनिक खर्च, विकास खर्च, पूर्वाधार निर्माण खर्चमा बढी लगानी गर्नुपर्दछ । जसले गर्दा रोजगारी सिर्जना गर्न सकोस् ।

नेपाल कृषि प्रधान देश हो, तर हामीले केरा कहाँको खाएका छौं ? अरू त के कुरा खुर्सानी, कागती पनि हामीले भारतबाट आयत गरेका छौं । खेतीयोग्य जमिन बाझो छ काम गर्ने उमेरका अधिकांश युवाशक्ति विदेशिएका छन् ।

कृषिको तथ्यांक लिने हो भने कुल ३९ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये १३ लाख हेक्टर बाँझो भएको छ । ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको देशमा ३३ प्रतिसत मा झरेको छ । जमिन बाँझो राखेर हामी खाद्यान्नमा समेत परनिर्भतामा गएका छांै ।

आज हामी तरकारी, फलफुल, खाद्यान्नलगायत जीविकोपार्जनका अधिकांश वस्तुको लागि छिमेकी देशमा निर्भर भएका छौ । त्यसैले अहिले कोरोना कहरको रूपमा आए पनि नेपालीको आयश्रोत वृद्धिको लागि अब कृषि क्षेत्रलाई ब्यवसायमा बदल्दै आत्मनिर्भरतातिर जान पर्दछ ।

नेपालमा करिब दुई तिहाई जनसंख्याको जीविकोपार्जनसँग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडी परिराखेको छ । कृषि क्षेत्रको आधुनिकीकरण सरकारको नीति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सीमित छ । विगतको तथ्यांकलाई हेर्ने हो भने कृषि क्षेत्र प्रत्येक वर्ष ओरालो लाग्ने क्रममा छ, ठूलो संख्यामा युवाहरू कामको खोजीमा विदेशिएका छन् । धेरै परिवारहरू बसाईसराई गरेका छन् अधिकांश आकासको भरमा रोपाई हुने जमिनहरू बाँझिने क्रममा छन् ।


 

कोरोनाको कारण समय र परिस्थिति फेरिएको छ । कोरोनाले प्रत्येक देश र नागरिकलाई यथार्थ धरातलमा ल्याईदिएको छ । बिखण्डित परिवारलाई एक ठाउँमा जोडेको छ ।

विदेशमा रहेका र काम गर्नेलाई मातृभूमिको महत्व सम्झाएको छ । स्वास्थ्य र कृषि नै संकट कालमा चाहिने भनेर बुझाएको छ । त्यसैले सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्यको रक्षा गर्नु र रोजगारीको लागि कृषिलाई आधुनिककरण गर्दै उत्पादन बढाउनु हो ।

खाद्यान्नमा मात्रै पनि आत्मनिर्भर बन्न सक्यो भने देशलाई असफल हुनबाट धेरै हदसम्म रोक्न सकिन्छ । विदेशी उत्पादन आयातमा नियन्त्रण गरी स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने र जनतालाई स्वदेशी उत्पादन नै प्रयोग गर्न उत्प्रेरित गर्ने नीतिहरू तर्जुमा गरी लागू गर्नुपर्दछ ।

जस्तै, अहिले जुनसुकै क्षेत्रमा पनि विदेशी सामानहरू मात्र प्रयोग गर्ने होडबाजी चलिरहेको छ । त्यस्ता गतिविधिहरू अर्थात आनीबानीलाई निरूत्साहित गर्ने र नेपालमै बनेको सामान प्रयोग गर्ने बानी बसाल्ने गर्नुपर्दछ ।

नेपालमा करिब दुई तिहाई जनसंख्याको जीविकोपार्जनसँग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडी परिराखेको छ । कृषि क्षेत्रको आधुनिकीकरण सरकारको नीति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सीमित छ ।

विगतको तथ्यांकलाई हेर्ने हो भने कृषि क्षेत्र प्रत्येक वर्ष ओरालो लाग्ने क्रममा छ, ठूलो संख्यामा युवाहरू कामको खोजीमा विदेशिएका छन् । धेरै परिवारहरू बसाईसराई गरेका छन् अधिकांश आकासको भरमा रोपाई हुने जमिनहरू बाँझिने क्रममा छन् ।

अब दशौं लाखलाई रोजगार दिन, बाँझो खेतलाई उत्पादनशील बनाउनुपर्दछ । कृषिमा आत्मनिर्भर हुन र समग्रमा कुल ग्राहस्थ उत्पादनमा वृद्धि ल्याउन आधुनिक कृषि प्रणाली ग्रामीण क्षेत्रमा पु¥याउनु पर्दछ ।

यसको लागि कृषि मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक मन्त्रालय र सम्वृद्ध निकायबीच समन्वय गरी विनियोजित बजेटलाई केन्द्रिकृत गरी एउटै ठाउँबाट परिचालन गर्दा रोजगारी वृद्धि र कृषिमा परिवर्तन ल्याउन सकिन्छ ।

कृषि पेशामा लागेका कृषकहरूको कृषि पेशामा रूचि देखिदैन । यो पेशालाई बाध्यात्मक पेशा मान्दछन् ।

जमिनमा स्वामित्व हुनेहरू खेती गरेर लगानी नउठ्ने देखेर खेती गर्न छोडेका छन् भने जमिन नहुनेहरू अरूको जमिनमा खेती गरी उत्पादनमा दुई तिहाई जग्गाधनीलाई बुझाउन बाध्य छन् । कृषि औजारको नाममा कृषकसँग हलो, कोदालो र हसिया मात्र छ ।

वर्षमा १० दिन जोत्न ३६५ दिन गोरू पाल्नुपर्ने बाध्यता छ । सिंचाई छैन, लगानी गर्ने पैसा छैन । उन्नत बीउबिजन, मल छैन । कृषकलाई प्रविधि सिकाउने प्राविधिक छैन । बेच्ने बजार छैन तर किन्ने बजार छ । कृषि कार्यालयमा अत्यन्त सीमित किसानको मात्र पहुँच छ ।

कृषिले दिने अनुदान खेती किसान नगर्ने मानिसको हातमा पर्ने गरेको छ । कृषिको अनुदान सबै पहुँचमा वितरण हुने गरेको छ । कस्तोसम्म पनि देखिएको छ भने जसको जमिन छ तर ऊ खेती गर्दैन शहर बजारमा बस्दछ ।

कृषिले किसानलाई अनुदानमा टेक्टर दिने कार्यक्रम भयो भने पहँुचको भरमा उसले टेक्टर पाउँछ र अरूलाई बेच्दछ । कृषिको अहिलेको यो अवस्था सुधार गर्नुपर्दछ ।

विश्वका कृषिमा सफल देशहरू हुनुको पछाडी उनीहरू उत्पादक, अनुसन्धान र कृषि उद्योगलाई जोड्न सक्नु हो । नेपालमा अनुसन्धान सीमित छ भने उन्नत ब्यवसायी कृषि विकास भएको छैन, केवल कृषि मन्त्रालयको कागजमा सीमित छ ।

कृषि प्राविधिक उत्पादन गर्ने कृषि कलेज तथा अनुसन्धान हुने नार्क जस्ता संस्थाहरू राजनीतिको चपेटामा परेका छन् । देशको ग्रामीण क्षेत्रको जीविकोपार्जनको एउटा मात्र विकल्प भनेको कृषि पेशा हो ।

ग्रामीण क्षेत्रको कृषिलाई आधुनिकीकरण र ब्यावसायीकरण गर्दै कृषि उत्पादनमार्फत सहरको पैसा गाउँमा भित्र्याउनेतर्फ कृषि ब्यवसायलाई सरकारले ध्यान दिन नसक्दा अहिलेको अवस्थामा आएको हो । ग्रामीण क्षेत्रमा कृषिको उत्पादन हुन नसक्दा सहरबाट गाउँ भित्र्याउनुपर्ने पैसा कृषि उपज आयातको नाममा बाहिर गएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न लागू भएको लकडाउनले नेपालको कृषि क्षेत्रमा गम्भीर र दूरगामी असर पारेको छ । लकडाउनले गर्दा आउँदो वर्ष झनै परनिर्भर हुनुपर्ने अवस्था देखिएको छ ।

लकडाउनका कारण किसानहरूले मल पाउन सकेका छैनन् । कुखुरापालन, पशुपालन तथा माछापालनको लागि दाना पाएका छैनन् ।

उत्पादित वस्तुहरूको बजारीकरण हुन सकेको छैन । कृषिमा एकीकृत तथ्यांकको अभाव छ । तथ्यांकको लागि राष्ट्रियस्तरको सूचना व्यवस्थापन प्रणालीको ग्रीड छैन ।

कृषि क्षेत्रको उत्पादन बढाउनको लागि, कृषिको आधुनिकीकरण, सामूहिकीकरण, व्यावसायीकरण, यान्त्रिकीकरण, बजारीकरण र अनुसन्धानको क्षेत्रमा राज्यको चासो छैन ।

कोरोना प्रकोपका कारण वैदेशिक रोजगारीबाट नेपाल फर्किएका युवाहरूको लागि स्वदेशमै स्वरोजगारका अवसर सिर्जना गर्न सहुलियत ऋणको व्यवस्था गर्नुपर्दछ । वैदेशिक रोजगारीबाट कति फर्किए र फर्किएकाहरूमध्ये कृषि क्षेत्रमा कति आवद्ध हुन्छन् त्यसको तथ्यांक तयार पार्नुपर्दछ ।

वैदेशिक रोजगारीमा सिकेका सीपहरूलाई व्यवसायीक कृषिमा उपयोग गर्न उद्यमशील तालिमको ब्यवस्था गर्नुपर्दछ । नेपालका तुलनात्मक लाभ भएका कृषिजन्य उत्पादनहरू अधिकांश रूपमा अप्रशोधित तथा अर्धप्रशोधित रूपमा निकासी भएका छन् ।

ती वस्तुहरू स्वदेशमा नै प्रशोधन हुने व्यवस्था गर्नुपर्दछ । अर्कोतर्फ कृषिको व्यावसायीकरणको लागि निजी क्षेत्रको लगानी बढाउन विभिन्न कार्यक्रमहरू तर्जुमा गरिनुपर्दछ ।

अब प्रत्येक स्थानीय तहमा ठूला कृषि फार्महरूको सम्भाव्यता अध्ययन र माटोकोे गुणस्तर परीक्षण गरी नमूना सामूहिक कृषि फार्महरूको विकास गर्नुपर्दछ ।

यस्तो फार्ममा एउटा मात्र बाली वा तरकारी खेती गर्नुपर्छ । यस्तै, जग्गाधनीले खेती नगर्दासम्म बाँझो जग्गामा सँधियारले स्वाभाविक रूपमा नगदे बाली, खेती गर्नसक्ने अधिकारको कानुन ल्याउनुपर्दछ ।

बाँझो जग्गा आधुनिक कृषि गर्न चाहने उद्यमी व्यवसायीलाई निश्चित अवधिका लागि लिजमा दिन सकिने कानुनी व्यवस्था पनि हुनुपर्दछ । अब गर्ने ब्यवसायी कृषिमा अर्गानिक वस्तुको उत्पादन गर्नुपर्दछ ।

अहिले बेलाबखत खडेरी, असिनाजस्ता मौसममा आएको प्रतिकूलता, रोगव्याधी, बाँदर, किरा आदिबाट हुने जोखिम तथा न्यून गुणस्तरको बीउबिजनका कारण खाद्यान्न, फलफूल तथा तरकारीको उत्पादनमा नै नोक्सानी पु¥याइरहेको छ ।

यसबाट कतिपय किसानको लगानी बर्षेनी खेर गएको छ । यसबाट कृषि पेशाप्रति उदासिनता बढ्दै गएको छ । कृषि क्षेत्र अधिकांश निर्वाहमुखी रहेको र लगानीको सुनिश्चिता भएकोेले कृषि क्षेत्रमा व्यवसायीक वातावरण सिर्जना गर्न सम्पूर्ण खेती प्रणाली र पशुधनमा प्रचलित मूल्यमा अनिवार्य बिमाको व्यवस्था गर्नुपर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here