Friday, April 19, 2024
Homeमुख्य खबरघुमन्ते व्यापारी क्वारेन्टाईनमा

घुमन्ते व्यापारी क्वारेन्टाईनमा

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, २१ बैशाख ।

घुमन्ते व्यापार गर्दै आएका ८ जनासहित १० जना भारतीय मुस्लिम समुदायका व्यक्तिहरूलाई घोराहीको कुईरेपानीस्थित क्वारेन्टाईनमा पु¥याईएको छ । तुलसीपुर क्षेत्रमा काटेका र झरेका कपाल संकलनको व्यापार गर्दै आएका ८ जना र घोराही १४ मा मासु पसल सञ्चालन गर्दै आएका २ जना गरी १० जनालाई क्वारेन्टाईनमा राखिएको हो ।

शुक्रबार राति साईकलबाट आएका ८ जना ति मुस्लिम समुदायका भारतीय नागरिकहरू घोराही बजारमा फेला परेका थिए । उनीहरूसँग चिनजान रहेका घोराही १४ का दुईजनाको पनि भेटघाट भएको पाईएपछि १० जनालाई क्वारेन्टाईनमा राखिएको घोराही उपमहानगरका प्रमुख नरूलाल चौधरीले जानकारी दिए ।

तर उनीहरू ३ महिनादेखि तुलसीपुर बसपार्क क्षेत्रमा बसेर कपाल खरिद गर्दै आएको बताएका छन् । छाक बसेपछि आफूहरू त्यसबाट निस्किएको उनीहरूको भनाई छ । भारतबाट आएका व्यक्तिहरूमा कोरोनाको संक्रमण देखिरहेकाले उनीहरूलाई क्वारेन्टाइनमा राख्नु परेको नगर प्रमुख चौधरीको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here