- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरसहकारी सञ्जालको गाउँपालिकालाई सहयोग

सहकारी सञ्जालको गाउँपालिकालाई सहयोग

- Advertisement -spot_img

दुखहरण यादव

गढवा, २१ बैशाख ।

गढवा गाउँपालिकास्तरीय सहकारी सञ्जालले गढवा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणबाट बच्नको लागि सरकारले लागू गरेको लकडाउनको पालना गर्दै आएका दैनिक ज्याला मजदुरी काम गरी जीविकोपार्जन गर्ने गरिब विपन्न तथा अति विपन्न परिवारको उद्दार तथा राहतको लागि गढवा गाउँपालिकाले दोस्रो चरणमा राहत वितरणको लागि स्थापना गरेको कोषमा नगद ५० हजार १ सय ६६ रूपैयाँ सहयोग गरेको गढवा गाउँपालिकास्तरीय सहकारी सञ्जालका अध्यक्ष अशोक कुमार यादवले बताए ।

गढवा गाउँपालिकास्तरीय सहकारी सञ्जालमा आवद्ध ४८ वटा सहकारीमध्ये ३२ वटा सहकारीले स्वेच्छिक रूपमा नगद संकलन गरी गढवा गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा ५० हजार बढी सहयोग गरेको हो । यसभन्दा पहिले सहकारी सञ्जालमा आवद्ध रहेको समानता सहकारी अर्को बचत सहकारी र साना किसान कृषि सहकारी सस्थाले क्रमशः १ हजार ५ सय, ५० हजार ५५ रूपैयाँ र २५ हजार सहयोग गरेको थियो ।

यो राहत सहयोगसँगै सहकारीहरूको सञ्जालबाट कुल ९० हजार ७ सय २१ रूपैयाँ प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेको सहकारी सञ्जाल गढवाका सचिव बेगम गहतराजले बताए । राहत हस्तान्तरणमा गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका सल्लाहकार उमाकन्त पन्त, कमला आचार्य, शकुन्तला डिसी, दामोदर ढुंगाना, दयाराम थापा, रेखा थापा लगायतको सहभागिता रहेको थियो ।

राहत रकम बुझ्दै गढवा गाउँपालिकाको अध्यक्ष सहजराम यादवले संकटको यस घडीमा एकद्वार प्रणालीलाई आत्मसात गर्दै गढवा गाउँपालिकाले कोरोना भाइरससँग लड्न स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा गढवा सहकारी सञ्जालले राहत सहयोग गरेको कार्यको प्रशंसा तथा धन्यवाद ज्ञापन गर्दै यो रकमको पारदर्शी तरिकाले राहत वितरण कार्यमा प्रयोग गर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here