- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsक्वारेन्टाइनमा खानेपानीको सहयोग

क्वारेन्टाइनमा खानेपानीको सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
विजौरी, २१ बैशाख ।

बेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तुलसीपुर–१६ निमावि लक्ष्मीपुरको क्वारेन्टाइनमा बस्नेहरूका लागि खानेपानी सहयोग गरेको छ । बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदिप गौतम, जिल्ला खानेपानी सञ्जालका संयोजक खेमराज वलीसहितको टोलीले शनिबार क्वारेन्टाइनमै पुगेर दुई दर्जन जार र केही कार्टुन खानेपानी प्रदान गरेको हो ।

आफूहरूको सानो सहयोगले पनि क्वारेन्टाइनमा बसेका नागरिकहरूलाई स्वस्थ खानेपानीको आवश्यकता पूरा हुने भन्दै संस्थाले क्वारेन्टाइनमा बसेका बिरामीहरूलाई आवश्यक मास्क र हातधुने साबुनसमेत केही दिनमै उपलव्ध गराउने संस्थाका अध्यक्ष गौतमले बताए ।

यसअघि तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उक्त क्वारेन्टाइनमा निःशुल्करूपमा खानेपानी उपलव्ध गराउँदै आएको छ ।

त्यस अवसरमा वडा अध्यक्ष भूपबहादुर केसीले हरेक संघसंस्थाहरूको सहयोगले क्वारेन्टाइन चल्दै आएको भन्दै सहयोगका लागि खानेपानी संस्थालाई धन्यवाद ज्ञापन गरे ।

क्वारेन्टाइनमा हाल काठमाडांै, भक्तपुर, काभ्रे, पोखरा र नुवाकोटबाट आएका ३१ मजदुरहरू राखिएका छन् । उनीहरूमध्ये २२ जना पुरूष र ९ जना महिलाहरू रहेका छन् ।

जसमा दुईजना सुत्केरी महिलाहरूसमेत रहेका छन् । क्वारेन्टाइनमा हालसम्म केही व्यक्तिले चामल सहयोग, कसैले दाल, कसैले नुन र कसैले तेल सहयोग गर्दै आएका छन् । अझै केही दिनका लागि आवश्यक दैनिक उपभोग्य सामाग्रीहरूको स्टक रहेको वडा कार्यालयले जनाएको छ ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूले पनि क्वारेन्टाइनमा रहदा आफूहरूलाई सहज नै भएको बताएका छन् । आइतबार आज उनीहरू बसेको १४ दिन पुग्दै छ । कोरोना विशेष अस्पताल बेलझुण्डीका चिकित्सकको सल्लाहमा स्वास्थ्य परीक्षण गरिएपछि उनीहरूलाई घर पठाइने तयारी भैरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here