- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरमहिला सामुदायिकको दोस्रो चरणको राहत

महिला सामुदायिकको दोस्रो चरणको राहत

- Advertisement -spot_img

प्रदेश टुडे 

तुलसीपुर, २१ बैशाख ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही दाङले दोस्रो चरणको राहत वितरण सुरू गरेको छ । विश्वब्यापी रूपमा फैलिएको कोभिड–१९ तथा कोरोना भाइरसका कारण भएको लकडाउनबाट समुदायले भोग्नुपरेको समस्या कम गर्ने उद्देश्यका साथ संस्थाले दोस्रो चरणको सहयोग प्रदान गर्न सुरू गरेको छ । संस्था प्रमुख कार्यकारी निर्देशक विमला योगीले प्यूठान र दाङका स्थानीय तहबाट पहिलो चरणको राहत वितरण सुरू गरेको जानकारी दिइन् ।

संस्थाले दोस्रो चरणअन्तर्गत सल्यान र रोल्पामा राहत प्रदान गरिरहेको छ । सल्यानको शारदा र बाघचौर नगरपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका र दाङको घोराही उपमहानगरपलिकालाई सहयोग प्रदान गरेको संस्थाका बरिष्ठ प्रवन्धक लोकमणि रेग्मीले जानकारी दिए ।

घोराहीको विपद् ब्यवस्थापन कोषमा जम्मा हुने गरी वडा नंं. १७ का वडा अध्यक्ष खोपीराम चौधरीलाई संस्थागत रूपमा १६ हजार एक सय रूपैयाँको खाद्यान्न प्रदान गरेको दोस्रो चरणअन्तर्गत संस्थाका बरिष्ठ प्रबन्धक पवन योगीले जानकारी दिए ।

सल्यानको शारदा नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा जम्मा हुने गरी संस्थाका कनिष्ठ अधिकृत शरद गिरीले नगर प्रमुख सुरेश अधिकारीलाई २० हजार नगद प्रदान गरेको जानकारी दिए ।

त्यसैगरी बाघचौर नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा जम्मा हुने गरी संस्थाका कनिष्ठ अधिकृत नमबहादुर केसीले ३० हजार रूपैयाँ प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतलाई प्रदान गरिएको छ । रोल्पाको त्रिवेणी गाउँपालिकाको गाउँपालिकाको विपद् ब्यवस्थापन कोषमा जम्मा हुने गरी गाउँपालिका प्रमुख शान्तकुमार वलीलाई संस्थाका कनिष्ठ अधिकृत केशव शर्माले ३० हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here