- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरखानेपानी ग्राहकलाई शुल्कमा छुट

खानेपानी ग्राहकलाई शुल्कमा छुट

- Advertisement -spot_img

प्रदेश टुडे
सिरीचौर (देउखुरी), २१ बैशाख ।

दाङ जिल्लाको राप्ती गाउँपालिका अन्तर्गत वडा नं. ३ स्थित सिरीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानीको शुल्कमा ग्राहकहरूलाई विशेष छुट दिने अध्यक्ष मधुसुदन पौडेलले जानकारी दिएका छन् ।

पछिल्लो बढ्दो विश्वब्यापी समस्या कोरोना संक्रमणको कारण लकडाउन भई कोहि कसैको पनि आयस्रोत हुन नसक्ने अवस्थाको सिर्जना भएकोले आफ्ना खानेपानीका ग्राहकहरूलाई गत चैत र बैशाख महिनाको शुल्कमा ५० प्रतिशतले छुट दिने भएको हो ।

सिरीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बसेको बैठकले आफ्ना ग्राहकहरूलाई यो बढ्दो कोरोना संक्रमणको अवस्थामा घरमै बस्न र रचनात्मक कार्य गर्नसमेत अनुरोध गरेको छ ।

घरमै रहेर कृषि कर्म तथा अन्य सीपमूलक कार्य गरी क्षमता अभिबृद्धि गर्नसमेत अनुरोध गरेको छ ।
सिरीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मधुसुदन पौडेलले बढ्दो गर्मी समयलाई मध्यनजर गर्दै पर्न सक्ने सुख्खाबाट बच्च अनावश्यक पानीको प्रयोग नगर्न साथै काम सकिना साथ धारा बन्द गर्नसमेत सबैमा अनुरोध गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here