Thursday, March 28, 2024
Homeफिचरसक्सेसमा अनलाईन प्रतियोगिता

सक्सेसमा अनलाईन प्रतियोगिता

- Advertisement -spot_img

तुलसीपुर, २० बैशाख ।
तुलसीपुर–९ बेलुवामा रहेको सप्तरंगी इङ्लिस स्कुल (सक्सेस एकाडेमी) ले लकडाउनको बेला घरमा बसेका विद्यार्थीहरू बीच अनलाईनबाट विभिन्न प्रतियोगिता गराएको छ ।विद्यार्थीहरूलाई क्रियाशील बनाउने उद्देश्यले गरिएको प्रतियोगितामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

लकडाउन गर्दा विद्यालय बन्द भएता पनि उनीहरूलाई फरक ज्ञान दिन र सीपको विकास गर्ने गरि एक हप्तासम्म अनलाईन प्रतियोगिता गरेको विद्यालयका प्रिन्सिपल छवि कुमार वलीले जानकारी दिए । निबन्ध, चित्राकला, कविता विषयमा प्रतियोगिता भएको र प्रतियोगितामा प्राथमिक, आधारभूत र माध्यमिक कक्षामा अध्ययन गर्ने एक सयजना विद्यार्थीहरू सहभागी भएको प्रिन्सिपल वलीले बताए । निबन्ध प्रतियोगितामा कोडिभ–१९ को विषयमा भएको थियो ।

प्रतियोगिताको नतिजा शनिबार प्रकाशन गरिएको छ । माध्यमिक तर्फबाट निबन्ध प्रतियोगितामा प्रथम मनोज लामिछाने, द्वितीय लक्ष्मण केसी र तृतीय निरूता ओली भएका छन् । चित्रकलातर्फ पनि मनोज लामिछाने प्रथम भएको प्रिन्सिपल वलीले बताए ।

त्यसैगरी आधारभूत तर्फबाट कविता प्रतियोगितामा प्रथम सलिना रेग्मी, द्वितीय थमन डाँगी र निबन्ध प्रतियोगितामा प्रथम दिपेश गिरी, द्वितीय अविप्ती राना भएका छन् । त्यसैगरी प्राथमिकतर्फ चित्रकला प्रतियोगितामा प्रमथ मिलन लामिछाने, द्वितीय डिर्सन बागचन र तृतीय मनोज मल्ल भएका छन् । प्रतियोगी विजेताहरूलाई प्रमाणपत्र, मेडल विद्यालय सञ्चालन भएपछि प्रदान गरिने पिन्सिपल वलीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here