- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsमदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

मदिराको तालमा काबा मेयर र स्वकीय सचिवकोे चर्तिकला, पदीय मर्यादा गुमाउँदा ….

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १९ बैशाख ।

तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख सूर्यबहादुर डाँगी र उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका स्वकीय सचिव धर्म वलीले भट्टी पसलमा चर्तिकला देखाएका छन् । मदिराको तालमा पदीय आचरण विपरीत काम गरेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले उनीहरूलाई कारवाही सुरू गरेको छ ।

वडा नम्बर १२ का वडा अध्यक्ष समेत रहेका डाँगी नगरका प्रवक्ता समेत हुन् । काबा नगरप्रमुख भएकै बेला तुलसीपुर–४ मा रहेको एक घरमा मदिरा सेवन गरी गरिएको चर्तिकता सार्वजनिक भएपछि उनलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारीबाट हटाइएको छ ।

डाँगीलाई हटाएर वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेलाई कार्यबाहाक नगरप्रमुखको जिम्मेवारी तोकिएको छ ।

शुक्रबार लामिछानेलाई नगर प्रमुख नआउँदासम्मका लागि कार्यबाहक भएर काम गर्ने गरी तोकिएको प्रमुख घनश्याम पाण्डेले बताए । उनले पदीय मर्यादा विपरीत गतिविधि गर्नेलाई जिम्मेवारीमुक्त गर्ने काम सुरू भइसकेको बताए ।

काबा नगर प्रमुखको हैसियतले सूर्यबहादुर डाँगी, वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण राना, नगरप्रमुखका स्वकीय सचिव धर्म वलीलगायतको टोली अनुगमनको लागि वडा नम्बर ४ मा पुगेको थियो ।

सोहि क्रममा भट्टी पसलमा मदिरा सेवन गरेर सामाजिक सञ्जालमार्फत लाइभ गतिविधि र बस्दासम्मको चर्तिकला सार्वजनिक गरी नगर प्रमुख,

जनप्रतिनिधिलाई तथानाम गाली गर्र्दै मर्यादा बिर्सेको र मदिराको मातमा चुनौती दिएको सार्वजनिक भएपछि दुबैको पद खोसिएको हो । काबालाई शुक्रबारदेखि नै मुक्त गरिएको छ भने स्वकीय सचिवको हकमा कार्यालय खुलेपछि निर्णय हुने नगरप्रमुखको सचिवालयले जनाएको छ ।

शुक्रबार सार्वजनिक बिदा भएको र अर्काे दिन शनिबार परेको हुँदा सम्भव आइतवार यो निर्णय हुनेछ । नगरप्रमुखका स्वकीय सचिव धर्म वली सामाजिक परिचालकबाट तानिएका नासुस्तरका करार कर्मचारी हुन् ।

शुक्रबारदेखि धर्म वलीको सबै जिम्मेवारी खोसिएको नगरप्रमुखको सचिवालयले बताएको छ । नगरप्रमुख पाण्डेले पद र आचरण विर्सनेलाई कारवाही हुने बताए । नगरप्रमुख अहिले काठमाडांैमा छन् । उनी आए लगत्तै स्वकीय सचिवको बारेमा निर्णय हुने बुझिएको छ ।

नगरप्रमुख पाण्डे जिल्ला बाहिर रहेको समयमा काबा पाएका डाँगी र स्वकीय सचिव वलीलगायतका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको एक घरमा मदिरा सेवन गरेका थिए । नगरप्रमुखका स्वकीय सचिव धर्म वलीले अञ्जानमा गल्ती भएको बताए ।

कार्यबाहक नगरप्रमुखको जिम्मा पाएका वडा अध्यक्ष सूर्यबहादुर डाँगीले अनुगमनको क्रममा रक्षाचौरमा खाजा खाना बसेको त्यो दृष्य र अवस्था सार्वजनिक गरी फसाइएको बताए ।

सार्वजनिक भएको भिडियोमा सबैभन्दा बढी अभिब्यक्ति डाँगीबाटै आएको छ । नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काले पदीय मर्यादा भुलेर मादकपदार्थ सेवन गरी मेयर, जनप्रतिनिधि र नेताहरूलाई खिल्ली उडाउनेहरूलाई कारवाही हुने बताए ।

‘छानबिनबाट यो सत्य देखिएमा उहाँहरूलाई कारवाही गर्नुपर्ने अवस्था आउँछ’ उनले भने ‘जनप्रतिनिधि मर्यादामा बस्नुपर्छ । तुलसीपुरमा भएको यो कार्य बेठिक छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here