- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsप्रदेश ५ मा दुईजनामा कोरोना

प्रदेश ५ मा दुईजनामा कोरोना

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २० बैशाख ।

प्रदेश नम्बर ५ मा पनि कोरोना संक्रमित फेला परेका छन् । प्रदेशका रूपन्देही र बाँकेमा एकैपटक दुईजनामा कोरोना संक्रमणको पुष्टि भएको हो । पिसीआर प्रविधिबाट परीक्षण गर्दा रूपन्देहीका २५ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी भारत हुँदै नेपाल आएका हुन् । अर्का एक नेपालगंज बाँके निवासी ६० वर्षका पुरूष हुन् । उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुईजना थपिएसँगै संक्रमितको संख्या ५९ पुगेको छ ।

कोरोना संक्रमित भेटिएपछि नेपालगंजका चार स्थानलाई सिल अर्थात् बन्द गरिएको छ । नेपालगंज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ ।

ती पुरूष एक महिनाअघि भारतको सीमा क्षेत्र बहराइचबाट नेपाल फर्किएका थिए । उनी क्वारेन्टाइनमा रहेका थिए । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै छ सयजना भागेका थिए । ती भाग्नेमध्ये यी संक्रमित पुरूष पनि रहेको प्रहरी स्रोतले बताएको छ ।

नेपालगंजका डिएसपी रोड, वडा नम्बर ८ को महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

संक्रमित पुरूष डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका प्रशासनले बताएको छ ।

जसका कारण उनी थुप्रै व्यक्तिहरूको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो । नेपालगंज धम्बोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो । ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए ।


यस्तै कोरोना भाइरसको संक्रमण देखिएका रूपन्देहीका युवक बैशाख ५ गते भारतबाट आएको पाइएको छ । कोटहीमाई गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका थिए ।

तर उनका दाजुले भारतीय सीमा क्षेत्रबाट घर नलगी क्वारेन्टाइन स्थलमा पु¥याएका थिए । उनलाई मर्चवार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका १० जनामध्ये उनमा कोभिड–१९ पोजेटिभ देखिएपछि शुक्रबार बुटवलको कोरोना विशेष अस्थायी अस्पताल ल्याइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here