Tuesday, April 16, 2024
Homeमुख्य खबरविदेशबाट फर्किएका नागरिकलाई रोजगारीको व्यवस्था

विदेशबाट फर्किएका नागरिकलाई रोजगारीको व्यवस्था

- Advertisement -spot_img

प्रदेश टुडे

दाङ, २० बैशाख ।

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले श्रमले विकास र समृद्धि सुनिश्चित गर्ने भन्दै श्रम गर्ने बानीको विकास गर्न आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीविहरुमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

नगर प्रमुख चौधरीले आगामी आर्थिक वर्षमा कोरोनाको त्रासले देश विदेशबाट नगरमा हालसालै फर्किएका नागरिकहरुलाई रोजगारी र सिर्जनशीलताको प्याकेज ल्याउने सोच बनाएको समेत बताए ।

विषेशगरी कृषि र पशुपालनतर्फ नागरिकहरुलाई जोड्ने गरी कार्यक्रम ल्याउने र आफ्नै गाउँ ठाउँमा रोजगारीको व्यवस्था गर्ने उनले बताए । त्यसका लागि सिप, मेहनत, लगनशीलता र आत्मबल बढाएर अघि बढ्नसमेत उनले अपिल गरे ।

उनले श्रमिकहरुको न्याय र सम्मानमा घोराही उपमहानगरपालिका प्रतिवद्ध रहेको बताउँदै श्रममा लाग्न चाहने जो कोहीलाई आवश्यक लगानीसहितको प्राविधिक सहयोग गर्न तयार रहेको जानकारी दिए । उनले काम गर्ने वातावरणको ग्यारेण्टी गर्ने र भोकै बस्ने अवस्था आउन नदिनेसमेत प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गरेर खाने मजदुर वर्गको श्रम र ज्यालाको उचित व्यवस्थाका लागि उपमहानगरपालिका प्रतिवद्ध रहेको बताएका छन् ।

दिवसको शुभकामना सन्देश जारी गर्दै उपमहानगरपालिकाभित्र रहेका गरिखाने वर्गलाई छनोट गरेर ७ हजार बढीलाई खाद्यान्नलगायतको व्यवस्था गरिसकिएको पनि उनले बताए ।

नेपालको समग्र परिवर्तनमा गरिखाने वर्गले खेलेको भुमिकाको नगरप्रमुख पाण्डेले उच्च सम्मानसमेत प्रकट गरे । मजदुरहरुलाई हेर्ने सामाजिक दृष्टिकोण फराकिलो बनाउन आवश्यक रहेको कुरामा उनले जोड बताए ।

मजदुरहरुलाई गरिखाने व्यवस्था मिलाउनका लागि उपममहानगरपालिकाले श्रम बैंकको अवधारणा अगाडि वढाएको समेत उनले उल्लेख गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here