- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsम श्रमिक हुँ या होइन !

म श्रमिक हुँ या होइन !

- Advertisement -spot_img

बिहानीको नौलो किरणसँगै,
साहुनीको रूखो बचनको खाजा खाएर
उनकै सन्तानको गिज्याइको जलपान गर्दै
एक मुठ्ठी आँसुका धाराले मुखारी गरेर,
आफूभन्दा कयौं गुणा ठुला मजबुरीका पहाड चढेर,
आफूभन्दा दुगुना बढी तौलको दुःखका भारी बोक्छु सधैं ।
तर थाहा छैन्, म श्रमिक हुँ या होइन् !

ब्यूँझिएदेखि ननिदाउन्जेलसम्म
हरबखत कुदिरहेको हुन्छु म,
कहिले चोटको भारी बोकेर हस्पिटल पुग्छु
कहिले पीडाका भारी बोकेर वनपाखा
त कहिले आँसुका भारी बोकेर साहुनीको दैलोमा
सधैं गरिबीको गह्रौ भारी बोकेर चुपचाप कुदिरहने म
थाहा छैन्, म श्रमिक हुँ या होइन !

कलम र मलम कहिल्यै नपाएका
मेरा यी अभागी हातगोडाले
सानै उमेरमा आफ्नो कोमलता
अनि सुन्दरता गुमाए,
साथसाथै थुप्रै रहर अनि खुसी पनि
तर वर्षौंदेखि बिछ्यौनामा परेकी
जन्मदात्रीको जीवनदात्री बन्ने आशामा
आफ्ना हरेक खुसीको बलिदान चढाउँदै,
कालान्तरमा पक्कै खुसी बन्ने
दृढ अभिलाषाको भारी मनभरी बोकेर,
परेलीमा पानीको मुल फुटाउँदै
कुटिल मुस्कान निकाल्न खुब मेहनत गरिरहन्छु,
तर थाहा छैन्, म श्रमिक हुँ या होइन् !

बा मेला नगएको दिन,
साहुनीले आफ्ना सन्तानले फ्याँकेको खाना
छरपष्ट दैलोमा पारेपछि,
एक–एक सितो भोटोमा जम्मा गरेर,
आमा, बहिनी र बा’लाई खुवाएर
अघाएको बहाना गर्न
भोको पेटमै डकार्न खुबै पर्यत्न गर्छु,
तर थाहा छैन्, म श्रमिक हुँ या होइन् !

म जन्मिए श्रमिकको कोखमा
म हुर्किए श्रमिकको काखमा
अनि म आफै पनि,
परिस्थितिका अनेकौ भारी बोकेर
कुदिरहन्छु हरबखत
तर पनि थाहा छैन,
म श्रमिक हुँ या होइन !

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here