- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsभत्ता बुझ्न भीडभाड

भत्ता बुझ्न भीडभाड

- Advertisement -spot_img

उमा भण्डारी
तुलसीपुर, १९ बैशाख ।

सामाजिक भत्ता बुझ्न यहाँ सास्ती भएको पाइएको छ । बृद्धबृद्धाहरुले आफ्नो बैंक खातामा भत्ता जम्मा हुने भएपनि भत्ता फिर्ता हुने डरले कष्ट मोलेर बैंकमा भिडभाड बढाउने र सास्ती भोग्ने गरेका छन् ।

सामान्य बुझाइको कमीले भत्ता बुझ्न बृद्धबृद्धाहरुले सास्ती खेप्नुपरेको छ । लकडाउनको समयमा अझ बढी सास्ती छ । लकडाउनका कारण यातायातका साधनहरु बन्द हुँदा बृद्धबृद्धहरुलाई सामाजिक सुरक्षा भत्ता बुझ्न निकै समस्या परेको हो ।

लकडाउनको समयमा कुनैपनि यातायातका साधनहरु चल्न नसक्दा तुलसीपुर क्षेत्रका बृद्धबृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु पैदल हिडेर बैंकसम्म धाउन बाध्य छन् ।

साथै बैंकहरुले यस समयमा हप्ताको दुई÷तीन दिन मात्र सेवा प्रदान गर्ने भएकाले रकम बुझ्नेहरुको अत्याधिक भिड हुने गरेको छ ।

जसका कारण घण्टौसम्म लाईनमा बस्नुपर्ने बाध्यता पनि छदैछ । यातायातका साधन र बजार बन्द हुँदा घण्टौ पैदल हिड्नुपर्ने बाध्यता छ ।

सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम कुनैपनि समयमा आफ्नो खातामार्फत झिक्न सकिने भएपनि बृद्धबृद्धाहरुले बुझ्न नसक्दा भत्ता वितरणमा समस्या आएको बैंकका कर्मचारीहरुले बताउने गरेका छन् ।

बैंकको केन्द्रीय कार्यालयको निर्देशन अनुसार हप्ताको दुई/तीन दिन कार्यालय खुल्ने भएकाले पनि भत्ता बुझ्न आउनेहरुको एकदमै भिडभाड हुने भए पनि र वितरणलाई सहज बनाइरहेको कृषि विकास बैंकका लेखापाल अतिष शर्माले बताए ।

‘सरकारले उपलब्ध गराएको सुरक्षा भत्ता बैंक खुलेको खण्डमा कुनैपनि समयमा पाईन्छ’ उनले भने– ‘तर बृद्धबृद्धाहरुमा भत्ता रकम लुकाईदिन्छन्, पछि दिदैनन् भन्ने मानसिकता भएकाले भत्ता आउने दिन भिडभाड गर्ने गरेको बताए ।

खातामा भएको भत्ता रकम जहिले आएर लिन पनि सकिन्छ । उनले एक दिनमा डेढ सयजना बृद्धाबृद्धहरुको चेक बुझेको बताए ।

कोरोनाको संक्रमणविरुद्ध उच्च सर्तकता अपनाउनुपर्ने समयमा भिडभाड र सम्झाउँदा नमान्ने, गाली गर्ने जस्ता व्यवहारले थप समस्या भएको बंैकका कर्मचारीहरुको गुनासो छ ।

ज्योति विकास बैंकका शाखा प्रमुख डिल्ली खत्रीले स्थानीय तहले अनिवार्य रुपमा भत्ता उपलब्ध गराउनु पर्ने निर्देशन दिएपछि अत्याधिक भिडभाड भएको बताए ।

स्थानीय सरकारले बैंक खुलेको समयमा एक दिनमा १५/२० जनालाई पठाईदिनु पर्ने भएपनि एकै पटक दुई सयको संख्यामा बृद्धबृद्धालाई भत्ता लिन पठाउँदा निकै समस्या भएको बताए । एकै पटक सबैलाई पठाउन नहुने हो उनले भने–

‘प्रशासनले रोक नलगाउँदा बैंकमा आएका जति सबैलाई राति ८ बजेसम्म बसेर भएर पनि रकम उपलब्ध गराएका छौँ’ उनले भने ‘त्यति गर्दा पनि सबैलाई चित्त बुझाउन सकिएन ।’

बैंकमा अत्याधिक भिडभाड हुने भएकाले सुरक्षाका लागि हातमा पञ्जा, सेनिटाईजर र मुखमा माक्स लगाउनसमेत नमान्दा थप सास्ती भएको उनीहरुको भनाई छ ।

यो समयमा बजार बन्द हुँदा बैंकले नै कागजपत्र फोटोकपी, प्रिन्ट र स्क्यान गर्नुपर्ने भएकाले पनि थप समस्या भएको खत्रीले बताए । लकडाउनको समयमा बैंक खुल्ने दिन दुई घण्टामात्र सेवा दिनुपर्ने केन्द्रीय कार्यालयको निर्देशन भएपनि रातको ८ बजेसम्म सेवा प्रदान गर्ने गरेको उले बताए ।

त्यस्तै सरकारले उपलब्ध गराउने सुरक्षा भत्ता लिनका लागि प्रत्येक वडाबाट २० देखि २५ जना मात्रै पठाउने गरेको तुलसीपुर उपमहानगरपालिकाका सामाजिक सुरक्षा भत्ता वितरण प्रमुख कृष्ण बहादुर वलीले बताए ।

उनले अशक्त, बिरामी र आपतकालीन अवस्थामा रहेका व्यक्तिहरुलाई भने वडाको सिफारिसमार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गरिएकोे बताए ।

भत्ता व्यक्तिकै खातामाः नगरप्रमुख पाण्डे

तुलसीपुर उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेले सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम व्यक्तिको खातामा जम्मा भएको बताएका छन् ।

उपमहानगरले जिल्लामै सबैभन्दा पहिले सुरक्षा भत्ता निकासा गरेको बताउँदै व्यक्तिको भत्ता फिर्ता नहुने भएकाले सबैलाई ढुक्क हुन आग्रह गरेको छ ।

उपमहनगरपालिकाभित्र सामाजिक सुरक्षा भत्ता लिनेको संख्या १२ हजार बढी रहेको बताउँदै यो समयमा सुरक्षा भत्ता लागि भिडभाड नगर्न समेत अनुरोध गरेको छ ।

‘सामाजिक सुरक्षा भत्ता सबै सम्बन्धित व्यक्तिको खातामा गएको छ’ उनले भने–‘आवश्यकता हुनेले मात्रै निकाल्दा हुन्छ, तपाईहरुको रकम फिर्ता हुँदैन त्यसैले यो समयमा बैंकहरुमा भिडभाड नगरिदिनुस् ।’

भिडभाड नियन्त्रणका लागि विभिन्न बैंकमा खाता खोलेको बताउँदै लकडाउनको पालना गरेर घरमै बस्न नगर प्रमुख पाण्डेले सबैलाई आग्रह गरेका छन् ।

‘अशक्त र असहायलाई घरमै पैसा भत्ता लगिदिने भएकाले सबैले सम्वन्धित वडामा सम्पर्क गर्न सकिने बताए ।’

परिवारमा जान्ने र बुझ्नेले यसका बारेमा बुझाएर जेष्ठ नागरिकहरुलाई बैंक आउनबाट रोक्नका लागि भूमिका खेल्नसमेत आग्रह गरेका छन् ।

अत्यावश्यक भएको समयमा सामाजिक दूरी कायम राख्न अनुरोध गरे । उनले वडामा रहेका अशक्तहरुलाई, बिरामी बृद्धबृद्धाहरुको विवरण संकलन गरी तत्काल घरमै सुरक्षा भत्ता उपलब्ध गराउन सबै वडाका प्रतिनिधिलाई निर्देशनसमेत दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here