- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsवा ! क्वारेन्टाइन कुनै सुविधा सम्पन्न कुनै अस्तब्यस्त

वा ! क्वारेन्टाइन कुनै सुविधा सम्पन्न कुनै अस्तब्यस्त

- Advertisement -spot_img

गोपाल शर्मा भट्टराई
दाङ, १९ बैशाख ।

बिहानको खानपान भर्खर सकिएको थियो । दिउँसोको नास्ताको तयारी । उमारेका चना, अण्डा, हरियो तरकारी खाजाका लागि तयारी अवस्थामा छ । दिउँसो २ बजे खाजाको समय हो । प्रायः क्यारेन्टाइनमा खाजा यस्तै हुन्छ ।

खाना खाजाको सेडुल तयार छ । बिहान ६ बजे चिया खाजा, १० बजे खाना दिउँसो २ बजे खाजा, बेलुका ७ देखि ८ को बीचमा खानाको सेडुल भित्तामा टाँसिएको छ । क्वारेन्टाइनको यो दैनिकी सेडुल हो । सरकारी मापदण्डभन्दा राम्रो व्यवस्था छ । बस्ने कोठा होटेलका लकजरी रूमभन्दा फरक छैनन् ।

भान्सा र सरसफाईका लागि चारजना कर्मचारी खटिएका छन् । व्यवस्थापनको लागि वडा अध्यक्ष र सचिवको जिम्मा छ । स्वास्थ्य शाखा २४ घण्टे सेवामा छ ।

हेर्दा भन्न सकिन्छ गाउँमा यतिसम्मको व्यवस्था हुनु चानचुने पनि छैन । शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेको क्वारेनटाइन हो यो । जिल्लामा नमुनामध्येको क्वारेन्टाइन शान्तिनगर गाउँपालिको सञ्चालन गरेको छ । क्वारेन्टाइनमा बस्नेहरूले सुविधामा कुनै कमि नभएको बताउँछन् ।

तुलसीपुर उपमहानगरले सञ्चालन गरेको क्वारेन्टाइन पनि सुविधा सम्पन्न नै छ । पालिकास्तरमा सबैभन्दा धेरै बेड संख्यामा सञ्चालन भएको तुलसीपुरको क्वारेन्टाइनमा नि लोभ लाग्दै व्यवस्थापन छ । यसमा पनि शान्तिनगर जस्तै सेडुल निर्माण गरेर सञ्चालन गरिएको छ ।

दुई पालिकाका क्वारेन्टाइनहरूको अवस्था वा भन्नेखाले देखिएको छ । तर कति पालिकाको क्वारेन्टाइन भने झारा टार्ने प्रकृतिका रहेका छन ।

‘क्वारेन्टाइनलाई सेडुल र जिम्मेवारी अनुसार व्यवस्थित गराएका छांै’ शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर पुनले भने, ‘घरभन्दा पनि राम्रो गरी राखेका छौं, कतैबाट शिकायत नआवस् भन्ने ध्येय छ ।’

उनले यो व्यवस्थापनमा पालिका गम्भीर भएको भएको बताए । क्वारेन्टाइनको अनुगमन गर्नेहरूले पनि नमुनायोग्य क्वारेन्टाइन भएको प्रतिक्रिया दिने गरेका छन् ।

अनुगमनमा गएका जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले शान्तिनगरले सञ्चालन गरेको क्वारेन्टाइन नमुनायोग्य नै भएको बताए ।

दाङमा कोरोना रोकथामका लागि सञ्चालन भएका कोरोना क्वारेन्टाइनहरू कतै आधुनिक रूपमा सुविधा सम्पन्न रूपमा त कतै अस्तव्यस्त रूपमा नै रहेका छन् ।

स्थानीय सरकार, समुदाय, प्रदेश सरकारले सञ्चालन गरेका क्वारेन्टाइन र आइसोलेसनमा यस्तो अवस्था देखिएको हो ।

जिल्लाका सबै स्थानीय तहहरूले क्वारेनटाइन सञ्चालन गरेका छन् भने केही समुदायस्तरबाट समेत सामुदायिक क्वारेन्टाइन सञ्चालन गरिएको छ । त्यस्तै प्रदेश सरकारले कोरोना विशेष अस्पताल निर्माण गरेर आइसोलेसन कक्ष व्यवस्थापन गरेको छ ।

स्थानीय सरकारहरूले सञ्चालन गरेका क्वारेनाइनहरू अधिकांश सरकारी मापदण्डअनुसार देखिएका छैनन् । फितलो व्यवस्थापनले अस्तब्यस्त रहेको पाइएका छन् ।

कति स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्नटाइनहरू भने व्यवस्थित आधुनिक र सुविधा सम्पन्न अवस्थाका छन् ।

सरकारी मापदण्ड अनुसारका क्वारेन्टाइन सञ्चालन भएको र क्वारेन्टाइन सञ्चालनको लागि विभिन्न निकायहरूको समेत सहयोग रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका फोकलपर्सन जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।

कतिपय स्थानीय तहका स्वास्थ्य शाखाहरूले देश बाहिरबाट आएकाहरूलाई र होम क्वारेन्टाइनमा बसेकालाई घरमै पुगेर परामर्शसमेत दिने गरेका छन् ।

घर समाज र व्यक्तिलाई सुरक्षित रहन र सकारात्मक सन्देश प्रवाह गर्न घर–घर पुगेर परामर्श दिइराखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

जिल्लामा सामुदायिक क्वारेन्टाइन पनि सञ्चालनमा भएका छन् । ती क्वारेनटाइनहरूमा पनि स्थानीय सरकार र समुदायको सहयोग रहि रहेको छ ।

सामुदायिक क्वारेन्टाइनमा बसेकाहरूले भने घरबाटै सबै व्यवस्थापन भएको भन्दै स्थानीय सरकारले नहेरेको गुनासो गर्ने गरेका छन् । जिल्लामा १६६ आइसोलेसन बेड र २७३ क्वारेन्टाइन बेड रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here