- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsज्योतिपूञ्जको मोवाइल एप्सबाट नतिजा

ज्योतिपूञ्जको मोवाइल एप्सबाट नतिजा

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १९ बैशाख ।

दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले विद्यालयको वार्षिक नतिजा मोवाइल एप्सबाट सार्वजनिक गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले विद्यालयको मोवाइल एप्समार्फत वार्षिक नतिजा सार्वजनिक गरेको हो ।

अभिभावकहरूले आफ्ना बालबालिकाहरूले मार्कसिट नै मोबाइल एप्समा सजिलो गरी हेर्न सक्ने गरी वार्षिक नतिजा प्रकाशन गरिएको विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार अभिभावक, विद्यार्थी र विद्यालयबीचको त्रिकोणात्मक सम्बन्धले मात्र शिक्षामा गुणस्तरीयता आउने मान्यताका आधारमा विद्यालयले गत वर्षदेखि मोवाइल एप्स सञ्चालनमा ल्याएको हो ।

विद्यालयले सञ्चालनमा ल्याएको मोबाइल एप्सबाट अब अभिभावकहरूले आफ्ना छोराछोरीहरूको तिर्नुपर्ने र तिरेको शुल्क थाहा पाउन, भुक्तानी गर्न, गृहकार्य तथा कक्षा कार्यको बारेमा थाहा पाउन, विभिन्न आवधिक परीक्षाहरूको समय तालिका र नतिजा थाहा पाउन,

विद्यालयले जारी गरेका विभिन्न सूचनाहरूको बारेमा जानकार रहन, विद्यालयमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरूको फोटो तथा भिडियोहरू हेर्न, विद्यार्थीहरूको दैनिक हाजिरी विवरण थाहा पाउन, विद्यालयको बसको लोकेसनको विषयमा थाहा पाउन,

विद्यार्थीलाई दिइएको व्यक्तिगत पृष्ठपोषण र अभिभावकहरूले आफ्ना छोराछोरीहरूको बारेमा विद्यालय प्रशासनलाई दिने सुझावहरूसमेत आफ्नो मोवाइलबाट थाहा पाउँदै आएका छन् ।

चार वर्ष अघिदेखि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय भरतपुर दाङले पठनपाठनका लागि शुल्क फिर्ता कार्यक्रम, पठनपाठनमा मल्टिमिडियाको प्रयोग, मासिक परीक्षा सञ्चालन, नियमित योग,

संस्कार, मेडिटेसन कार्यक्रम सञ्चालन, मासिक अभिभावक शिक्षा र अन्तरक्रिया सञ्चालन, पिएचआर कार्यक्रमको सञ्चालन, सबै कक्षाहरूको पठनपानठनलाई सिसी क्यामेराबाट निगरानी, विद्यालयको गुणस्तर मापन र वृद्धिका लागि वाह्य परीक्षाहरूको सञ्चालन,

तोकिएको संख्यामा सीमित संख्या मात्र कक्षाकोठामा राखिने, आकर्षक छात्रवृत्तिका कार्यक्रमहरू, विद्यार्थी संख्यामा भन्दा भर्ना भएका विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा केन्द्रित रहेर कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको विद्यालयका प्रवन्ध निर्देशक शर्माले जानकारी दिए ।

अनलाइनबाट पढाइ शुरू

चैत ५ गते विद्यालय तहको परीक्षा सम्पन्न गरेपछि घरमै बसेका विद्यार्थीहरूलाई लक्षित गगरेर ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यलायले अनलाइनबाट पढाइ पनि शुरू गरेको छ ।

लकडाउनका कारण तत्काल पहिलेजस्तै विद्यालय खुलेर वातावरण पूर्णरूपमा सहज हुन केही समय लाग्न सक्ने आँकलनका साथ अनलाइन पढाइ शुरू गरिएको विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए ।

तत्कालका लागि कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीहरूका लागि दैनिक समय तालिका बनाएर अनलाइन पढाइ शुरू गरिएको र अन्य कक्षाका विद्यार्थीहरूलाई समेत पठनपाठनमा ब्यस्त गराउनका लागि कक्षा अध्यापकले अभिभावकमार्फत विद्यार्थीहरूलाई घरमै बसेर पढाइमा लाग्न पे्ररित गर्ने खालका कार्यमा ब्यस्त गराइएको प्रिन्सिपल अधिकारीको भनाइ छ ।

आफूहरू अभिभावकहरूको निरन्तर सम्पर्कमा रहेको र लकडाउन लम्बिदै गए अन्य कक्षाहरूका विद्यार्थीहरूलाई समेत अनलाइन प्रविधिबाट पढाउने गरी विद्यालयले योजना बनाइरहेको विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयको पूर्ण ब्यवस्थापनमा रामपुरमा सञ्चालनमा रहेको विलियम शेक्सपियर अंग्रेजी विद्यालयमा पनि नतिजा सार्वजनिक गरी ज्योतिपुञ्ज विद्यालयकै मोडेलमा नतिजा सार्वजनिक, विद्यार्थी र अभिभावकबीचको सम्पर्कमा काम भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here