Wednesday, March 27, 2024
Homebreaking-newsकोरोनाबाट सतर्क रहदै काम गर्ने निर्णय

कोरोनाबाट सतर्क रहदै काम गर्ने निर्णय

- Advertisement -spot_img

तिर्थराज ज्ञवाली
मसुरीया (देउखुरी), १९ बैशाख ।

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको यस आर्थिक वर्षको १५औं कार्यपालिकाको बैठक कोरोनाबाट सतर्क रहदै विभिन्न काम गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले सात प्रस्तावहरुमा सर्वसम्मत तवरले निर्णय गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

पछिल्लो समय कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राख्दै बसेको बैठकले नदीजन्य पदार्थ व्यवस्थापन, योजना सञ्चालन सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी, संघ र प्रदेशमा योजनाहरु माग गर्ने,

क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टाइन राख्ने मापदण्ड, राहत वितरण समीक्षा, रकम भुक्तानी, जनप्रतिनिधि तथा कर्मचारीद्वारा राहत सहयोगलगायतका विषयमा निर्णय गरिएको छ ।

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाका सदस्यबाट प्रकोप व्यवस्थापन कोषमा १ लाख बढी रकम र राप्ती गाउँपालिकाका कर्मचारीको तर्फबाट समेत तीन दिनदेखी पाँच दिनसम्मको तलव राहतकोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धमा राप्ती क्षेत्रको सिंचाई प्रणालीलाई बर्षात अगावै ब्यवस्थापन गर्नुपर्ने र सोको लागि प्रगन्ना सिंचाई आयोजनाको २ नम्बर र ३ नम्बर इन्टेकमा पानी सञ्चालन गर्नका लागि राप्ती नदीवाट इन्टेकसम्म क्यानलाईज गरी पानी ल्याउने ब्यवस्था मिलाउने र नियमित कृषि कार्य गर्ने निर्णय गरिएको छ ।

राप्ती क्षेत्रका विभिन्न योजना सञ्चालन सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट निदेर्शित निर्देशन तथा मापदण्डका आधारमा सञ्चालनका लागि सहजीकरण तथा समन्वय गरिने भएको छ ।

बैठकले आगामी आर्थिक वर्षका लागि संघीय सरकारमा गाउँपालिकाको प्रशासकीय कार्यालय भवन, राप्ती चक्रपथ निर्माण, मझेनीगढ दोलय खोला पक्की पुल निर्माण, पत्थरगढवा सानो नदीमा पक्की पुल निर्माण, राप्ती गाउँपालिकास्तरीय अस्पताल मसुरियामा निर्माणका लागि माग गरेको छ ।

क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टाइन राख्ने कार्यलाई बढाउँदै विदेश तथा नेपालका विभिन्न ठाउँबाट यस राप्ती गाउँपालिकामा प्रवेश गरेका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्नको लागि प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्ने र त्यसका लागि गाउँपालिकाका विद्यालय प्रयोगमा ल्याउने,

स्वास्थ्यकर्मीको सल्लाहबमोजिम कोरोना संक्रमित ठाउँहरुबाट आउने र शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, वडास्तरमा कोरोना रोकथामको लागि वडा अध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मी १, महिला स्वास्थ्य स्वयम्सेविका १, स्वयम्सेवक र रेडक्रस र गैससका प्रतिनिधि २–३ जना र प्रहरी १ जना रहेको वडास्तरीय कोभिड–१९ कोरोना रोकथाम स्वयम्सेवक समिति गठन गर्नेसमेत निर्णय गरिएको शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।

राहत वितरण गर्दा राप्ती गाउँपालिकाअन्तर्गतका सबै वडाहरुमा मापदण्डमा निर्धारण गरेको आधारमा राहत वितरण गरेकोे र राहत सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिईएको छ ।

शिक्षाका विषयमा बैठकले कक्षा १ देखि ९ सम्मको विद्यालयहरुबाट लिएको वार्षिक परीक्षाको नतिजा प्रकाशन हालसम्म नगरेका विद्यालयहरुले सामाजिक दूरी कायम राखी विभिन्न सञ्चार माध्यमहरुको माध्यमको प्रयोग गरी भिडभाड नगरी विद्यालयबाट नतिजा प्रकाशनको व्यवस्था मिलाउन विद्यालयहरुलाई निर्देशन दिईएको छ ।

साथै राप्ती गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थामा वा सरकारी अस्पतालमा प्रसुति भई सम्बन्धित वडा कार्यालयमा ३५ दिनभित्र जन्मदर्ता गरेमा प्रोत्साहन वापत रु १ हजार पोषण खर्च भुक्तानी दिइदै आएकोमा लकडाउनका कारण जन्मदर्ता गर्न नसकेमा लकडाउन अवधीलाई गणना नगरी लकडाउनपछिको अवस्थालाई गणना गर्ने र साविक बमोजिम भुक्तानी गरी व्यक्तिगत घटना दर्ताको सन्दर्भमा लकडाउन अवधीको विलम्ब शुल्कसमेत नलिने निर्णय गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here