Saturday, April 13, 2024
Homeफिचरकक्षा ८ को नतिजा प्रकाशित

कक्षा ८ को नतिजा प्रकाशित

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १९ बैशाख ।

तुलसीपुर उपमहानगरपालिकाले आधारभूत तह उत्तीर्ण (कक्षा ८) को परीक्षा नतिजा प्रकाशित गरेको छ । उपमहानगरको शिक्षा महाशाखाले लिएको नगरस्तरीय परीक्षाको नजिता बिहीबार प्रकाशित गरेको हो । लकडाउनको समयलाई मध्यनजर गर्दै उपमहानगरले सफ्टवेयरको माध्यमबाट नजिता सार्वजनिक गरेको छ ।

गत फागुन २८ देखि चैत ५ गतेसम्म सञ्चालन भएको परीक्षामा उपमहानगरका ३१ वटा सामुदायिक र ५६ वटा संस्थागत गरी जम्मा ८७ वटा विद्यालयका ४ हजार ४० परीक्षार्थीहरू परीक्षामा सहभागी भएको परीक्षा समिति सदस्य चक्र बहादुर भण्डारीले जानकारी दिए ।


लकडाउनका कारण नजिता प्रकाशन ढिलो भएको भएपनि जिल्लाका १० स्थानीय तहहरूमध्ये सबैभन्दा पहिले नतिजा सार्वजनिक गरेको उनले बताए । उनले परीक्षाको नतिजा हेर्दा सामुदायिकभन्दा संस्थागत विद्यालयको नतिजा बढी आशाजनक भएको बताए ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार आधारभूत तहको परीक्षा स्थानीय तहले लिने गरेको उनले बताए । ‘नगरस्तरीय परीक्षाअन्तर्गत नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयको उत्तरपुस्तिका शिक्षा शाखामार्फत जाँच हुने गरेको छ’ उनले भने–

‘अन्य विषयको उत्तरपुस्तिका भने विद्यालयमै जाँच हुने गरेको छ ।’ उनले लकडाउनका कारण उत्तरपुस्तिका जाँच्ने काम ढिलो भएकाले नतिजा पनि केही दिन ढिला भएको बताए ।

यसैबीच नतिजा सार्वजनिक गर्दै कार्यवाहक नगरप्रमुख सूर्यबहादुर डाँगीले विषम परिस्थितिका बाबजुद पनि नतिजा प्रकाशन गरेको बताए । ‘हामीले हाम्रा सबै कामहरूलाई प्रविधिमैत्री नै बनाउनुपर्दछ’ उनले भने–

‘नतिजा अन्य स्थानीय तहको भन्दा पहिले सार्वजनिक गरेका छौँ, यो पनि एउटा गौरवको कुरा हो ।’ उनले शिक्षाको गुणात्मक विकासका लागि उपमहानगरपालिकाले विशेष योजना बनाएर अगाडि बढ्न लागेको बताए ।

विद्यालयहरूले नतिजा प्रकाशनको वेवसाईट iemis.doe.gov.np मा क्लिक गरेर विद्यालयको युजर नेम र पासवर्ड राखेपछि विद्यालयको नतिजा देख्न सकिने व्यवस्था गरिएको छ । नतिजा उपमहानगरका शिक्षा समितिका संयोजक देवराज विश्वकर्माको अध्यक्षतामा सार्वजनिक गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here