दंगीशरणमा निःशुल्क तरकारीको बीउ

दंगीशरण, १८ जेठ । दंगीशरण गाउँपालिकामा रहेका २ सय घरपरिवारलाई निःशुल्क विभिन्न जातको तरकारीको बीउ वितरण गरिएको छ । सहकर्मी समाज सुर्खेतले दंगीशरण गाउँपालिकाका विभिन्न वडामा रहेका कृषि समूहमा आवद्ध दुईसय घर परिवारलाई विभिन्न नौ प्रजातिका तरकारीका बीउहरू वितरण गरेकोे सहकर्मी समाज दंगीशरण गाउँपालिका सामाजिक परिचालक भिष्मा बिसीले जानकारी दिइन । कोरोनाको महामारी नियन्त्रणको लागि […]

Continue Reading

दाङमा थप ९ जनामा कोरोना पोजेटिभ

दाङ, १८ जेठ ।दाङमा आइतबार थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परिक्षणमा दाङका ४ पालिकाका ९ जनाका कोरोना संक्रमण भएको पुष्टी भएको छ । प्राप्त जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका १÷१ जनामा कोरोना पुष्टि भएको हो । […]

Continue Reading

छायाँमा टरिगाउँ विमानस्थल

उमा भण्डारी तुलसीपुर, १८ जेठ । सरकारले आर्थिक बर्ष २०७७/७८ को लागि बजेट घोषणा गरेको छ । बिहीबार प्रस्तुत बजेटले विगतमा जस्तै यस वर्षको बजेटले पनि दाङलाई निरास बनाएको छ । बजेटले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थल विस्तारलाई यस वर्ष पनि समावेश गरेको छैन । सरकारको प्रतिनिधित्व गर्ने सभासद, मन्त्री, नेतालगायतको भूमिका कमजोर हुँदा दाङबासीहरूलाई यस […]

Continue Reading

चौध सयलाई कोरोना संक्रमण

प्रदेश टुडे काठमाडौं, १८ जेठ । कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । ५३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । शनिबारसम्ममा आउँदा कोरोना संक्रमितको संख्या अप्रत्यासित रूपमा बढिरहेको छ । शनिबारमात्रै एकैदिन १ सय ८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास […]

Continue Reading

महामारी अन्त्यपछिको परिवर्तन

विश्व अहिले कोभिड–१९ महामारीको चपेटामा छ, युद्धरत छ, शिथिल छ । नेपाल पनि यो महामारीमा अछुत हुने कुरै भएन । अहिले सबैको एउटै पीर छ । कतै यो महामारीले मरिन्छ कि ? प्रश्न एउटै छ , कहिले हुन्छ यो महामारीको अन्त्य ? कुनै संक्रमण र रोग धेरै देशहरूमा एकसाथ देखिन्छ वा विश्वव्यापी प्रसार हुन्छ भने […]

Continue Reading

बढ्दै कृषिमा यान्त्रिकरण

प्रदेश टुडे सल्यान, १८ जेठ । पछिल्लो समय सल्यानमा कृषिमा यान्त्रिकरण बढ्दै गएको छ । यहाँका स्थानीय तहहरूले समेत कृषिको यान्त्रिकरणमा बढी जोड दिएका छन् । परम्परागत रूपमा कुटो, कोदालो गर्ने र हलोले जोत्ने किसानहरू यतिबेला मेसिनरी सामग्रीको प्रयोग गर्ने भएका छन् । किसानहरूको मागको आधारमा जिल्लाको कपुरकोट गाउँपालिकाले थ्रेसर, मिनीटिलर अनुदानमा वितरण गरेको छ […]

Continue Reading

चार कैदी रिहा

प्रदेश टुडे रूकुम (पश्चिम), १८ जेठ । रूकुम पश्चिम जिल्ला कारागार कार्यालयबाट गणतन्त्र दिवसको अवसरमा चारजना कैदी रिहा भएका छन् । ५० प्रतिशत कैद भुक्तानी गरेका उनीहरूलाई नेपाल सरकारले गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरेर रिहा गरेको कारागार कार्यालयले जनाएको छ । रिहा हुनेहरूमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका बलजीत कामी, रूकुम आठबिसकोट नगरपालिकाकै खड्कबहादुर विक, सिन्धुली हरिहरका […]

Continue Reading

स्वास्थ्य सामग्री सहयोग

प्रदेश टुडे घोराही, १८ जेठ । कोरोनाभाइरसको संक्रमणको समयमा रिपोर्टिङमा रहने पत्रकारहरूका लागि अटोभिल्ला बिजनेश ग्रुप प्रालिले स्वास्थ्य सामग्री सहयोग गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अटोभिल्ला बिजनेश ग्रुप प्रालिले नेपाल प्रेस युनियन दाङलाई मास्क र सेनिटाइजर सहयोग गरेको हो । प्रालिका प्रबन्ध निर्देशक सुशील पोख्रेलले युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी […]

Continue Reading

क्याम्पसद्वारा क्वारेन्टाइनमा खाजा

इन्द्र बुढाथोकी सल्यान, १८ जेठ । सल्यानको बनगाड क्याम्पसले क्वारेन्टाइनमा बसेका नागरिकहरूलाई खाजाको व्यवस्था गरेको छ । क्वारेन्टाइनमा बसेका २ सय १७ जनालाई क्याम्पसले खाजाको व्यवस्था गरेको हो । बन्दाबन्दीको बीचमा सयौंका सख्ंयामा भारतबाट नागरिकहरू जिल्ला भित्रिरहेका छन् । भित्रिएका सबैलाई पालिकाहरूले क्वारेन्टाइनमा राख्दै आइरहेका छन् । क्याम्पसको क्वारेन्टाइनमा रहेका १ सय ५७ रहेका र […]

Continue Reading

मृतकका परिवारलाई सहयोग

प्रचण्ड खत्री रूकुम (पश्चिम), १८ जेठ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीगाउँको घटनामा ज्यान गुमाएका चौरजहारी नगरपालिका–१ निवासी टिकाराम नेपालीका परिवारलाई किरिया खर्चस्वरूप सहयोग रकम प्रदान भएको छ । रूकुम निवासी राष्ट्रियसभा सदस्य ठकेन्द्र प्रकाश पुरी, संघीय सांसद तिर्था गौतम, जाजरकोटका नेपाली काँग्रेसका नेता राजिव विक्रम शाह, नेपाली कांग्रेस रूकुम पश्चिमका सभापति […]

Continue Reading