- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsघरमा फर्किनेको खै तथ्यांक ?

घरमा फर्किनेको खै तथ्यांक ?

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १८ बैशाख ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन एक महिनाभन्दा बढी भइसकेको छ । लकडाउन अर्थात् बन्दाबन्दी लम्बिदै जान थालेपछि घर बाहिर रहेका मानिसहरू धमाधम घर फर्किएका छन् ।

लकडाउन लम्बिदै जान थालेपछि दाङमा पनि अध्ययन तथा विभिन्न रोजगारीको सिलसिलामा घर फर्किएका छन् । कतिपय नागरिकलाई सम्बन्धित स्थानीय तहले आफैले यातायातको साधनको व्यवस्था गरी जिल्ला बाहिर रहेका नागरिकलाई ल्याएका छन् । कतिपय नागरिक भने आफै ७÷८ दिन लगाएर घर फर्किएका छन् ।

संक्रमणको उच्च जोखिममा रहेका ठाउँबाट कतिपय मानिसहरू आफुखुशी फर्किदा न स्थानीय तहलाई जानकारी नै छ, आफै नै क्वारेन्टाइनमा बसेका छन् ।

दाङ भित्रिने यात्रुहरूको सम्बन्धित निकायसँग नै तथ्यांक छैन् । जिल्लामा लुकिछिपी आउने नागरिक भएपनि आफूहरूसँग एकीन तथ्यांक नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बताए ।

‘हामीहरूसँग एकीन तथ्यांक छैन्, हामीले त दैनिकरूपमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी टिपाउने गरेका छौँ’ उनले भने–‘लुकिछिपी आउने मानिसहरूको तथ्यांक हुने कुरा त भएन्, सम्बन्धित पालिकाले उद्धार गरेर ल्याएका यात्रुहरूको तथ्यांक लिने गरेपछि सबै विवरण हामीसँग छैन् ।

जिल्ला प्रशासन कार्यालयमा पनि जिल्लामा लकडाउनको समयमा कति यात्रु भित्रिए भन्ने एकीन तथ्यांक छैन् । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले लकडाउनको समयमा जिल्ला बाहिरबाट आउनेहरूको एकीन विवरण नराखेको बताए ।

‘देश बाहिरबाट आउनेहरूको तथ्यांक राखियो तर जिल्ला बाहिरबाट आउनेको संख्या राख्ने गरेका छैनौँ, उनले भने– ‘धेरै नै छ, सबै सम्भव भएन्, त्यसैले हामीले तथ्यांक राखेका छैनौँ ।’

कोरोनाको संक्रमण फैलिन थालेपछि घर बाहिर रहेका अधिकांश नागरिक घर फर्किन थालेका छन् । कोरोनाको महामारी फैलिएसँगै रोकथामका लागि लकडाउन भएपछि सम्पूर्ण गतिविधि ठप्प छन् । कामकाज नभएर समस्यामा परेपछि नागरिकहरू घर फर्कन थालेका हुन् ।


गाउँका नागरिक त्रसित

लकडाउनको समयमा गाउँ फर्किनेको मानिसको भिडभाड बढेपछि नागरिक त्रसित भएका छन् । घरमा लुकिछिपी आउने नागरिकको बढेपनि स्थानीय सरकारले खासै चासो देखाएका छैनन् । हजारौँको संख्यामा नागरिक भित्रिए पनि स्थानीय तहले अहिलेसम्म करिब २ सय नागरिकलाई मात्रै क्वारेन्टाइनमा राखेका छन् ।

दंगीशरण गाउँपालिकाले अहिलेसम्म कुनै पनि नागरिकलाई क्वारेन्टाइनमै राखेको छैन् । गाउँमा आउने नागरिकलाई होम क्वारेन्टाइनमै राखेको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । ‘अहिलेसम्म होम क्वारेन्टाइनमा देखिएकाको स्वास्थ्यमा समस्या देखिएको छैन्’ उनले भने– ‘समस्या देखिएमा क्वारेन्टाइनमा राख्ने हो ।’


जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार गत चैत ८ देखि २७ गतेसम्म १६ हजार ९ सय १ जना घरमा आएका छन् । चैत ८ गतेसम्म १८ हजार ३ सय ८ जना जिल्ला भित्रिएका थिए । त्यसपछिको तथ्यांक राख्ने गरिएको छैन् ।

काठमाडौंलगायत अन्य जिल्लाबाट दाङमा दैनिकजसो नागरिक भित्रिए पनि अभिलेख नराख्दा जोखिम बढेको छ । बाहिर जिल्लाबाट आएका केही नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखेपनि अधिकांश नागरिक घरको क्वारेन्टाइनमा रहेको पाइएको छ ।

हजारौँको संख्यामा दाङमा जिल्ला बाहिरबाट भित्रिएपनि अहिलेसम्म २ सय ९८ जनामात्रै क्वारेन्टाइनमा बसेका छन् ।

जिल्लामा अहिलेसम्म १ सय ७६ जना डिस्चार्ज भएको तथ्यांक छ । पछिल्लो तथ्यांक अनुसार जिल्लाका नौ स्थानीय तहमा १ सय २२ जना हाल क्वारेन्टाइनमा रहेका छन् ।

लकडाउनको समयमा भारतलगायत तेस्रो देशबाट ३ हजार बढी नागरिक घर फिर्ता भएका छन् । केन्द्रको तथ्यांक अनुसार भारतलगायत तेस्रो मुलुकबाट ३ हजार ६ सय ३७ जना दाङमा आएका छन् ।

दश स्थानीय तहमध्ये सबैभन्दा धेरै बंगलाचुली गाउँपालिकामा १ हजार ४ सय १३ जना, घोराही उपमहानगरमा १ हजार २ सय ६८ जना, तुलसीपुरमा २ सय ९५, राप्तीमा १ सय ३१ जना, राजपुरमा १ सय ७ जना,

गढवामा १ सय ५२, लमही नगरपालिकामा ९० जना, शान्तिनगर ६९, बबईमा ८९ र दंगीशरणमा २७ जना भारत लगायत तेस्रो मुलुकबाट आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here