- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचर‘सरकारसँगको समन्वयमा व्यवस्थापन कार्य’

‘सरकारसँगको समन्वयमा व्यवस्थापन कार्य’

- Advertisement -spot_img

कोरोना भाइरसको कारण यतिबेला विश्व आक्रान्त बनिरहेको छ । विश्वभर २ लाख बढी मानिसले ज्यान गुमाई सकेका छन् । संक्रमितको संख्या ३० लाख बढी पुगेको छ । सँगै कोरोना संक्रमित भएर निको हुनेको संख्या ३ लाख नजिक पुगेको छ तर संक्रमितको संख्या घट्नुको साटो बढ्दो क्रममा रहेको देखिन्छ । नेपालमा पनि संक्रमितको संख्या दैनिक बढिरहेको छ । निको भएर फर्कनेको संख्या १६ रहेको छ भने कोरोनाको कारण नेपालमा अहिलेसम्म कसैको मृत्यु भएको अवस्था छैन । नेपाल सरकारले यतिबेला कोरोना फैलन नदिन भन्दै देशमा लकडाउन घोषणा गरेको अवस्था छ । यही बीचमा संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारहरूले कोरोनाबाट बच्न विभिन्न क्रियाकलाप गरिरहेका छन् । जुन नागरिकको सुरक्षाको लागि हो । सँगै तीनै तहका सरकारहरूले नागरिकहरूलाई भोकै हुन नदिन राहत पु¥याउने काम गरिरहेका छन् । यही बीचमा दाङमा पनि जिल्ला प्रशासन कार्यालय, १० वटै स्थानीय सरकार सुरक्षा निकायहरू पनि कोरोनाबाट नागरिकलाई कसरी सुरक्षित बनाउन सकिन्छ ? भन्ने कुरामा लागिरहेको अवस्था छ ।
जिल्लामा रहेका विभिन्न संघ संस्थाहरूले यो बीचमा आफ्नो तरिकाबाट सरकारको कामलाई सहयोग गरिरहेका छन् । जसमध्ये दाङमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले आफ्नो सक्रियतालाई अझ बढाएको देखिन्छ । जिल्लामा कोरोना नियन्त्रणको लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले के–कस्तो काम गरिरहेको छ ? भन्ने विषयमा रहेर नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्यसँग गरिएको कुराकानीको सारसंक्षेप ।


 

सरकारले कोरोना फैलन नदिन लकडाउन घोषणा गरेको अवस्था छ, यो बीचमा तपाईको आफ्नो दैनिकी कसरी बढेको छ ?

कोरोनाबाट जोगिन लकडाउनभन्दा अर्को उत्तम विकल्प हाम्रोजस्तो देशमा अरू नभएकोले सरकारले देशैभर लकडाउन घोषणा गरेकोले म आफूपनि घरमै बसेर आफ्नो नियमित क्रियाकलाप गरिरहेको छु ।

सँगै जिल्लामा कोरोनाबाट बच्न सरकारले गरेका गतिविधिमा सहयोग पु¥याउन आफ्नो सुरक्षा र स्वास्थ्यलाई ख्याल गर्दै अफिस बैठक स्वयंसेवक र कर्मचारीहरूलाई निर्देशन तथा जिल्ला प्रशासन कार्यालयलगायत स्थानीय सरकारका प्रमुखहरूसँग समन्वय सम्पर्क र छलफलमा रहेर आफ्नो दैनिकी बिताईरहेको छु ।

विपदको समयमा रेडक्रस अझ बढी क्रियाशील हुने गरेको पाईन्छ । यो बीचमा रेडक्रस दाङले के कस्ता कामहरू गरिराखेको छ ?

निश्चय पनि आम मानिसहरू रेडक्रसलाई विपद्को समयमा अझ बढी क्रियाशील हुने निकायको रूपमा बुझ्ने गरेको पाईन्छ । तर रेडक्रस पछिल्नो समय विपद्को बेला मात्र नभएर विपद् अघि र पछि दुबै समयमा क्रियाशील हँुदै आएको छ ।

अर्को कुरा यतिबेला जिल्लामा रेडक्रसले के गर्दैछ ? भन्ने यहाँको प्रश्न रहेको छ त्यस विषयमा दाङ रेडक्रसले जिल्लामा रहेका १० वटै स्थानीय सरकारसँग नजिक रहेर स्थानीय सरकारहरूलाई सहयोग पु¥याउने काम गरिरहेको छ ।

क्वारेन्टाइन निर्माणमा आवश्यक पर्ने सामाग्री सहयोगदेखि क्वारेन्टाइनमा निर्माण भएका हेल्थ डेक्सहरूमा आवश्यक सहयोग गर्ने कामसमेत भएको छ ।

दाङ जिल्ला रेडक्रसमा विभिन्न परियोजनाहरू सञ्चालनमा रहेका छन् । यो बीचमा परियोजनाबाट हुने नियमित कामहरूलाई कम गरेर सवै स्वयम्सेवकहरूलाई कोरोना रोकथामको लागि केन्द्रित बनाईएको छ । जिल्लाका ८ वटा स्थानीय तहमा विपद् पूर्वतयारी तथा वाढी पूर्वसूचना प्रणाली परियोजना सञ्चालनमा आएको छ ।

जुन परियोजना मार्फत समुदायमा रहेका सामुदायिक विपद् व्यवस्थापन समिति, रेडक्रस स्वयम्सेवक र कर्मचारीहरूमार्फत तेस्रो मुलुक तथा जिल्ला बाहिरबाट आएका व्यक्तिहरूको पहिचान र लगत संकलनमा स्थानीय सरकारलाई सहयोग पु¥याउने काम भएको छ ।

बंगलाचुली गाउँपालिकामा स्वास्थ्य सुरक्षाको सामाग्री हस्तान्तरण गरिएको छ । यो बीचमा पवननगर उपशाखाले वडा कार्यालयहरूसँग समन्वय गरेर आफ्नै पहलमा खाद्यान्नलगायतका सामाग्रीहरू सहयोग गरेको छ ।

गढवा र राजपुर गाउँपािलकामा सञ्चालनमा रहेको ईन्कोर परियोजनामार्फत स्थानीय सरकारलाई आवश्यक सहयोग गर्ने काम भैराखेको छ भने महत्वपूर्ण अर्को काम जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रमा अधिकृतस्तरका दुईजना कर्मचारीहरूले कोरोनाको यो भयावह अवस्थामा जिल्लाभरीको आवश्यक सूचना संकलन गरेर स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारलाई जिल्लाको सूचनाहरू सम्प्रेषण गर्ने काम नियमित भैराखेको छ

भने रेडक्रसले परियोजनाबाहेक आफ्ना नियमित कामअन्तर्गत जिल्लामा कोरोना नियन्त्रणको लागि उपशाखा स्वयम्सेवक र जिल्लाका स्वयम्सेवकहरूलाई आवश्यक सहयोगको लागि लाग्न परिचालन गरेको अवस्था छ ।

सँगै विभिन्न सचेतनामुलुक क्रियाकलापमा जोड दिदै आएको छ । यो बीचमा रेडक्रस दाङले तुलसीपुर र घोराही कारागारमा रहेका कैदीबन्दीहरूको लागि सरसफाईका सामाग्रीहरू समेत प्रदान गर्न कारागार प्रशासनलाई हस्तान्तरण गर्ने कार्य समेत भएको छ ।

देशैभरी लकडाउन घोषणा गरिएको यो बीचमा जिल्लामा रगत अभाव हुन नदिन दाङ रेडक्रसले के–कस्ता कामहरू गरिरहेको छ ?

हामी जिल्लामा रगत अभाव हुन नदिन निकै संवेदनशील भएर लागेका छांै । यो बीचमा रगत अभाव हुन नदिन प्रमुख जिल्ला अधिकारीसँग आवश्यक छलफल समेत गरेर गतिविधि बढाईएको अवस्था छ । विभिन्न स्वयम्सेवी रक्तदाताहरूले आफै रक्तसञ्चार केन्द्रमा गएर रक्तदान गर्नेदेखि लिएर विभिन्न व्यक्तिहरूको सहयोगमा सामाजिक दूरी कायम गर्दै स्थानीय ठाउँमै पुगेर रगत संकलन गर्ने काम पनि भैराखेको छ ।

तर जतिबेला पनि जिल्लामा रगत अभाव हुनसक्ने भएकोले स्वयम्सेवी रक्तदाताहरूलाई रक्तदान गर्नको लागि तयारी हुन हामी अनुरोध भने गर्दछौ ।

सरकारले बैशाख २५ गतेसम्म लकडाउन घोषणा गरेको अवस्था छ । सँगै तत्काल बैशाख २५ पछि अवस्था सामान्य हुन्छ भन्ने पनि छैन त्यसको लागि दाङ रेडक्रसको तयारी र योजना के रहेको छ ?

तपाईले भने जस्तै तत्काल समस्या समाधान हुने अवस्था पनि छैन अझ अवस्था थप भयावह हुनसक्ने सहज आँकलन पनि गर्न सकिन्छ ।

यो बीचमा दाङ रेडक्रसले आगामी दिनमा के गर्न सकिन्छ भनेर निरन्तर छलफल र केन्द्रीय रेडक्रस कार्यालयसँग समन्वयमा रहेको अवस्था छ । तत्काल अवस्था सहज हुने अवस्था नदेखिएकोले केन्द्रीय रेडक्रस कार्यालयको आवश्यक निर्णय र निर्देशन अनुसार हामी अघि बढ्ने योजनामा छांै ।

सँगै जिल्लामा रहेर स्थानीय सरकारलाई कोरोना नियन्त्रण र अवस्था थप जटिल हुन नदिन हामी निरन्तर स्थानीय सरकारको समन्वयमा रहेर आफूसँग भएको क्षमता र स्रोतको प्रयोग गर्दै लाग्ने तयारीमा जुटेका छांै ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here