- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरराजाको घोडा र सुसारे

राजाको घोडा र सुसारे

- Advertisement -spot_img

प्रदेश टुडे

यतिबेला हामी मानवीय संवेदनशीलताभित्र जोडिएका छौं र गाँसिएका पनि छौ । मानव संवेदनशील जहिले पनि चाहिन्छ, तथापि यो बेला अत्यन्त टड्कारो आवश्यकता छ । हामी आत्मविश्वासमा रमाउने मानिस आत्मविश्वास सबैभन्दा ठूलो शक्ति र बल पनि हो ।

तर आत्मविश्वास कायम गर्ने समय र बेलामा सत्यतथ्यको खेतीपाती हुन नितान्त जरूरी छ । सत्यतथ्यमा आधारित आत्मविश्वासले क्षणिक र कारूणिक पनि बनाइदिन्छ । त्यसैले यतिबेला विश्व रोइरहेको बेला अरूको आँखामा आँसु बगेको देखेर अरू कोही पनि नरोवस् भनेर फकाउने र फुलाउने गर्दा निकै सावधानी अपनाइयोस् ।

सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मानवीय सूचना नै हो । यो सूचनाभित्र पर्ने श्रव्य सामग्री, दृश्य सामग्री, सूचना प्रवाह अन्य सामग्री, पठनीय सामग्री, श्रव्य–दृश्य सामग्री र त्यसभित्र अटेर काम गर्ने सम्पादक, पत्रकार, लेखक, सूचनाकर्मी, सूचना यन्त्र, तन्त्र, मन्त्र, जन्त्र र संयन्त्र सारा सत्यतथ्यमा चलोस् भन्ने कामना राखेर यो कथा प्रस्तुत गर्न लागिएको छ ।

स्मरण होस् यो कथा कुनै हाँसो, ठट्टा, मजाक, जोक, रमाइलो, गन्थन, मन्थन तथा समय बिताउने अभिप्रायले नभई सिंगो परिवार, छरछिमेक, समाज र राष्ट्रका लागि एक अमूल्य सन्देश बनोस् भन्ने हेतुले कलम चलाइएको अवस्था हो ।

यो अवस्थासँग मेल खाने ठीक यही प्रसंगको कथा झ्वाट्ट दिमागमा फुरेको कारण आजको प्रसंगको शीर्षक नै राजाको घोडा र सुसारे भन्ने कथा जोड्न प्रयास गरिएको छ । आशा छ, यो कथाले सबैको सद्बुद्धि पलाएर आउने छ र आगामी दिनमा अनावश्यक छलकपट कोही कसैमा पनि जाग्ने छैन । कथा के हो भने– कुनै समयको कुरा हो । त्यतिबेला राजको सवारी साधन भनेको नै घोडा थियो । त्यहीँ घोडाको कारण राजा चाहेको स्थानमा जान्थे र आफ्नो कार्य सम्पादन गर्ने गर्थे ।

राजा जसरी आफूलाई अब्बल ठान्थे त्यो भन्दा दोब्बर अब्बल आफ्नो सवारी घोडालाई ठान्थे । राजाले आफूलाई जति सुन्दर ठान्थे त्यो भन्दा पनि अझ सुन्दर आफ्नो घोडालाई ठान्थे । त्यसैले हरेक दिन आफ्नो घोडा सुसारेलाई भन्ने गर्थे ‘यसलाई कुनै पनि कुराको अभाव हुन नदिनु ।’

यसको लागि जे आवश्यक पर्दछ त्यो कुरा यथासमयमा जानकारी गराउनु म जसरी भएपनि उपलरूब्ध गराउनेछु । यो मेरो घोडा जति हष्ट, पुष्ट, बलियो र तेज रहनेछ, तिम्रो पनि मैले भलो र कल्याण गर्नेछु । यसरी राजाले घोडा सुसारेलाई भन्थे । घोडा सुसारेले पनि राजको यस्तो हुकुम पाइसकेपछि सकेसम्मको ध्यान दृष्टिले हेरचार गरेको थियो ।

किनभने घोडाको जीवनसँग आफ्नो जीवन पनि गाँसिएको थियो । यसरी सदासर्वदा आफ्नो घोडाको बखान गर्ने र त्यसैको हेरचाहमा आदेश दिने राजालाई एकदिन मनमा ठूलै लहड उत्पन्न भएछ । त्यो के थियो भने राजाले सोंच्न थालेछन, यो सबै दाना पानीको शरीर हो । मानव शरीर अन्न पानीको भएजस्तै मेरो घोडाको जीवन पनि दानापानीको हो । यो घोडाप्रति मेरो अगाढ माया, प्रेम, स्नेह र ममता छ । मेरो प्राण बराबर यो घोडालाई ठान्छु ।

यदि कुनै कारणवश कुनै दिन मेरो घोडा म¥यो भने ? ओहो मर्ने कुरा, मर्ने कुरा त जतासुकै जावस् यो म कल्पना नै गर्न हुन्न । त्यसैले अहिल्यै मैले मेरो घोडा सुसारेलाई बोलाइहान्छु भन्ने इच्छा जाग्यो र घोडा सुसारेलाई बोलाए । घोडा सुसारे पनि राजको अघि हाजिर भयो र राजाको आज्ञा सुन्ने अनुमति माग्यो । तब राजाले भने हेर बाबु, यो घोडा मेरो प्राण जत्तिकै प्यारो छ ।

त्यसैले यसलाई अलिकति पनि अप्ठ्यारो र बिरामी भएको अवस्थामा नआवस् । यदि सामान्य कमजोर र गठबडको स्थिति देखापर्ने वित्तिकै आवश्यक पर्ने कुरा सबै मलाई बताइ हाल । यो घोडाको लागि म जे गर्न तयार छु ।

तर एउटा कुरा होश गर यदि कोही कसैले मेरो घोडा मरेको खबर मलाई सुनाउँछ भने त्यसलाई म जेलको खोरमा थुन्ने छु र आजीवन खोरमा हुल्ने छु । त्यसैले तिमी यसका लागि सधैं सचेत होऊ । घोडा सुसारे अक्क न वक्क भयो । तथापि उसले आफ्नो टाउको हल्लाएर आज्ञाको पालना ग¥यो र स्वीकार युक्ति प्रस्तुत ग¥यो ।

घोडा सुसारेसँग घाँसपानी र दानापानी गर्ने बाहेक अन्य के कुराको पो ज्ञान दियो र ? उसले आफूमा भएको बुद्धि विवेकको प्रयोग ग¥यो र साँझ बिहान घोडाको हेरचाहमा खटियो ।

खाना खाएपनि राजा स्वयम् घोडामा सवार भइहाल्थे केबल बिहान र साँझको समयमा मात्र घोडा सुसारेको मातहतमा हुन्थ्यो । यो पनि निको राम्रो हुँदाको अवस्थामा हो घोडाको डाक्टर नै कहाँ थियो र ? उसले कम गरेपनि घाँसपानी र चिसो तातो हो । उसले बढी गरे पनि दानापानी र चिसो तातो मिलाउने हो । त्यो भन्दा भिन्दै ज्ञान ऊसँग केही पनि थिएन ।

यसरी राजाको घोडा पाल्ने काम चलिरहेको थियो र राजा पनि खुशीका साथ आफ्नो प्राणभनदा प्यारो घोडामा सवार गर्न पाइरहेका थिए । यसरी समय व्यतित भइरहेको थियो । एकदिनको कुरा हो राजा सदाभन्दा त्यसदिन घरबाट बिहानै आप्नो घोडामा सवार गर्ने निर्णय गरे ।

उनले उठ्ने बित्तिकै आफ्नो दैनिकी सकेर घोडा सुसारेलाई विभिन्न सारसज्जाका साथ घोडालाई काटी–कैजा कस्न लगाए । सुसारेले पनि अत्यन्त व्यवस्थित ढंगले आफ्नो भूमिका निर्वाह ग¥यो । घोडा फूलजस्तै देखियो । राजा पनि अति प्रशन्न भएर घोडामा चढे र यात्रा गर्ने दिशातर्फ लागे ।

त्यो दिन निकै लामो यात्रा गरे र केही कदम छिटो गतिमा घोडा कुदाएर आफू सवार गर्ने निर्णय पनि गरे । यसरी घोडामाथि यात्रा गर्दा राजालाई खाने समयको याद भएर । नयाँ ठाउँको यात्रा त्यसैमा पनि घोडाको तीब्र गतिमा राजालाई भोकप्यास नै हरायो ।

यदि मृत्यु निश्चित हो भने भोलि मर्ने चोला हो, भन्न पनि किन अप्रिय मान्ने र ठान्ने ? त्यसैले हामी हाम्रो शक्ति र भक्तिका कारण यो महामारीबाट बचौंला तर पनि सत्यमाथि धावा बोल्न त छाड्नु भएन नि ? आजको सानो गल्तीले भोलिको अविष्मणीय क्षतिलाई कसले जिम्मा लिने ? तसर्थ सूचनाको हकमाथि कुनै पनि कसुर नराखैं । सबैलाई सुनेको, देखेको, भोगेको सत्यतथ्य कुरा लेख्न र छाप्न बेलैमा लागि परौं । यदि आजको सानो भोगाई र देखाईलाई लुकाएर सूचना प्रवाह गरेनौं भने त्यसले भविष्यमा ठूलो क्षति गर्नेछ ।


 

समयले सन्ध्या जगाइसकेको थियो । राजालाई एकाएक घोडाप्रतिको मोह जाग्यो । ओहो ! सदा मैले केही समय मात्र सवार गर्ने गर्थे । आज म किन यसरी विशुर भए । साँझ पर्दासम्म पनि घोडाको भोकप्यासको ख्यालै नगरी किन म यो समय बिताए ।

अब ब तुरून्त दरबार फर्कनु पर्छ र घोडाको अत्यन्त स्याहार र सुसार गर्न लगाउनुपर्छ । त्यसैल राजा हतार–हतार दरबार फर्के र घोडा सुसारेलाई बुझाएर भने आज यो निकै थाकेको छ । यसको विशेष स्याहार सुसार गर ।

यति भनेर राजा आफ्नो दरबार कक्षमा लागे । घोडे सुसारे आफ्नो काममा लाग्यो । उसले घोडालाई दिनुपर्ने आवश्यक दाना पानी सबै थियो र दियो । उसले तबेलामा घोडालाई निकै आरामदायी व्यवस्था मिलाइदियो र आफ्नो काममा फर्कियो ।

सबैले साँझको खाना खाइसकेपछि र रातिको सुत्ने समय भएपछि एकपटक घोडालाई हेरेर विचार गरेर र रातिको लागि घाँसपानी राखी दिएर मात्र सुत्ने नियम त्यो घोडा सुसारेले बनाएको थियो । त्यसदिन पनि त्यसैगरी तबेलामा हेर्न गयो । घोडालाई हेर्दा त्यतिबेला कुनै चलमल नै थिएन । उसले निकैबेर टाउकोदेखि खुट्टासम्म नियाल्यो तर घोडाको चाल थाहा पाएन ।

घोडाको सबै प्रकृति हेर्दा घोडा मरेको उसलाई निश्चय भयो । अब के गर्ने ? यो खबर गर्ने कसरी ? मेरको भन्ने हो जेलमा कोची हाल्छन् । मरेको नभन्ने हो भोलि बिहान राजा सवार हुनेबेलामा घोडा कसरी हाजिर गराउने ? त्यसैले घोडा सुसारे निकै निडर, अभय, साहसी र बुद्धिमता ढंगले प्रस्तुत हुने कठोर विचार ग¥यो र राजासामु तुरून्त हाजिर भयो र भन्यो ‘सरकार !

आजको यतिबेला समयमा हजुरको घोडाले घाँस पनि खादैन, पानी पनि खादैन, शरीर पनि चलाउँदैन । सास पनि फेर्दैन । उसको शरीरमा कही कतै तातो पनि छैन र घोडा मुढो ढलेको अवस्थामा छ । यो भन्ने बित्तिकै राजाले अत्यन्त कडा स्वरमा भने ‘त्यसो भए के मेरो घोडा म¥यो त ?

सरकार, त्यो कुरा मैले जान्ने र भन्ने होइन, सरकारले नै विचार गरी बक्सियोस् । राजा झसंग भए । उनले केही समय अगाडि आफूले दिएको आदेश र निर्देशन सम्झिए र भने ठीक भनिस् तैले । अब म स्वयम् जेलमा जान्छु । किनभने यो सबैको विशेष जिम्मेवार पात्र म नै हुँ । त धन्य छन् जसले यस्तो बेलामा पनि सत्य खबर प्रवाह गरिस् ।

त्यसैले त्यो घोडा सुसारेले सत्य खबर प्रवाह गरेकै कारण ऊ राज्यको हेरचाह गर्ने भयो र राजा स्वयम् जेल जीवन जाने निर्णय गरे । त्यसकारण हामी जहिले पनि सत्यको पक्षमा उभिनुपर्छ । सत्य कुरा लेख्नुपर्छ, सत्य कुरा देख्नुपर्छ, सत्य कुरा बोल्नुपर्छ ।

सामान्य र सुरकान्य कुरा मात्र लुकाएर लुकिन्छ तर असामान्य र दुःखदजन्य कुरा कहिल्यै पनि लुकाएर लुकाउन सकिन्न । हामी जस्तोसुकै अप्रिय कुरा किन नहोस् यदि सत्य हो, साँचो हो, ठीक हो भने त्यसलाई समयमै सूचित गरौं र त्यो बाट पाठ सिकौं ।

आज हामी सबै जनमन एउटा त्रासदीपूर्ण वातावरणमा रूमलिएको अवस्था छ, यो अवस्थालाई पार लगाउन सबैको जोस, जाँगर, हिम्मत, साहस, तागत, खुबी, सहयोग र आत्मविश्वास त अवश्य पनि चाहिन्छ । तर त्यसका लागि सत्यमाथि टेकेर आत्मविश्वास जगाउने काम गरौं ।

असत्यमाथि टेकेर कोही कसैले पनि गलत भूमिका निर्वाह ग¥यो भने हामी एकपटक गम्भीर खतरामा पुग्ने छौं । आज इटालीमा जे जस्तो भएको छ, त्यो विगतको गम्भीर त्रुटी, भूल, कमजोरी र असत्यको पछि लाग्दा भएको पुष्टि भइसकेको छ । कुनै पनि आफ्नो हिम्मत, साहस, निडर, नियन्त्रण र नियोजन भन्दा पनि बाहिरको कुरा हो ।

यस्तो अभियानमा कोही पनि लाग्नु हुन्न र जाग्नु हुन्न । देखिने कुरा देखिएर छोड्छ । हुने कुरा भएरै छोड्छ । घट्ने घटना घटेर छोड्छ । त्यसकारण हामीले छैन भनेर नहुने र छ भनेर हुने कुरा होइन । न भए पनि हुने कुराको आँकलन गर्दा बढी सतर्कता होला नि ?

हामीलाई मर्न जति डर लागेपनि, जति अप्रिय लागेपनि, जति पिर र पीडा लागे पनि जन्मपछि मृत्यु त निश्चित छ नि ? यदि मृत्यु निश्चित हो भने भोलि मर्ने चोला हो, भन्न पनि किन अप्रिय मान्ने र ठान्ने ? त्यसैले हामी हाम्रो शक्ति र भक्तिका कारण यो महामारीबाट बचौंला तर पनि सत्यमाथि धावा बोल्न त छाड्नु भएन नि ?

आजको सानो गल्तीले भोलिको अविष्मणीय क्षतिलाई कसले जिम्मा लिने ? तसर्थ सूचनाको हकमाथि कुनै पनि कसुर नराखैं । सबैलाई सुनेको, देखेको, भोगेको सत्यतथ्य कुरा लेख्न र छाप्न बेलैमा लागि परौं ।

यदि आजको सानो भोगाई र देखाईलाई लुकाएर सूचना प्रवाह गरेनौं भने त्यसले भविष्यमा ठूलो क्षति गर्नेछ । त्यसैले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका देशभक्त पत्रकार तथा सञ्चारकर्मी लगायत यसमा काम गर्ने सरोकार व्यक्ति गर्ता निकायले सत्यतथ्यको खोज गर्ने र जनतामा र सरकारमा खबर पु¥याउने अभियानमा लागौं र भोलिको क्षतिलाई रोकौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here