- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsवाणिज्य संघमा निजी तथा साझेदारी परियोजना

वाणिज्य संघमा निजी तथा साझेदारी परियोजना

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १८ बैशाख ।

तुलसीपुर उद्योग वाणिज्य संघले कोभिड–१९ प्रतिकार्यका लागि निजी तथा साझेदारी परियोजना कार्यक्रम सञ्चालन गर्न लागेको छ । दुई महिने परियोजना संघले सञ्चालन गरेको छ ।

युएसएआइडीको आर्थिक सहयोगमा परियोजना सञ्चालन भएको हो । परियोजनाले स्यानीटाइजर उत्पादन गर्ने र स्थानीय सरकारको समन्वयमा नगरका १९ वडामा नै निःशुल्क रुपमा वितरण गर्ने उद्देश्य रहेको छ ।

यसैबीच युवाहरूलाई स्यानीटाइजर उत्पादन तालिम सञ्चालन गरिएको छ । कोभिड–१९ को महामारीको न्यूनीकरणका उनीहरूलाई स्यानीटाइजर उत्पादन तालिम दिन लागिएको हो । तुलसीपुर क्षेत्रमा रहेका जेसीज, रोट्रयाक, निजी अस्पताल, महिला उद्यमीहरूले संयुक्तरूपमा स्यानीटाइजर उत्पादनको तालिममा छन् ।

उनीहरूले अहिले उत्पादनको लागि तालिम लिइरहेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा तथा युएसएआइडीको आर्थिक सहयोगमा उनीहरूलाई स्यानीटाइजर उत्पादनका लागि तालिमको समेत ब्यवस्थापन गरिएको छ ।

कोरोना भाइरस जोखिमलाई न्यूनीकरण गर्नका लागि तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गर्न लागेको ‘कोभिड–१९ विरूद्ध द्रूत प्रतिकार्यका लागि साझेदारीहरूबीच स्यानीटाइजर उत्पादन’ कार्यक्रम अन्तर्गत तालिम सुरू गरिएको हो । तालिममा सहभागी ५० जना भोलेन्टियर युवाहरूले कम्तिमा एक हजार २ सय ५० लिटर स्यानीटाइजर उत्पादन गर्नेछन् ।

यो अवस्थामा एउटा सानो कामको सुरूवात गरेका छौं, कार्यक्रममा टिम लिडर तथा संघका सचिव विनिल केसीले भने, उत्पादित स्यानीटाइजर स्थानीय सरकारको समन्वयमा सबै वडाहरूमा निःशुल्क रूपमा वितरण गरिनेछ ।

पहिलो चरणमा पाइटल कार्यक्रमको रूपमा यो सञ्चालन गर्न लागिएको र सफल भएमा विस्तार गरिने केसीले बताए ।

स्यानीटाइजर उत्पादन तालिममा सहभागी युवाहरूलाई कोरोना भाइरस जोखिम न्यूनीकरणमा अपनाउनुपर्ने सावधानी, आपतकालिन अवस्थामा हुनसक्ने जोखिम र सावधानीका विषयमा समेत प्रशिक्षण गराइने प्रशिक्षक तथा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए ।

तुलसीपुर उपमहानगरपालिकाका विपद् ब्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले विपद्मा सरकारी निजी र गैर सरकारी संस्थाको सहकार्य अपरिहार्य रहेको बताए । उनले यो कार्य सह्रानीय भएको र यसले सबै क्षेत्रमा प्रभाव पार्ने बताए ।

संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह, निवर्तमान अध्यक्ष विमल रिजालले संघको सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्य गर्न लागिएको बताए ।

कार्यक्रमको बारेमा टिम लिडर विनिल केसीले जानकारी गराएका थिए भने स्वागत महासचिव रूपबहादुर खत्रीले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका कार्यालय प्रमुख पारेश्वर भट्टराईले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here