- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबर१–९ मा भर्ना गर्ने निर्णय

१–९ मा भर्ना गर्ने निर्णय

- Advertisement -spot_img

प्रदेश टुडे

बुटवल, १८ बैशाख । प्रदेश ५ मा कक्षा नौसम्मको नतिजा प्रकाशनसँगै विद्यार्थी भर्ना गर्ने निर्णय भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अनलाइन, टेलिफोन तथा सुरक्षित रूपमा विद्यार्थी भर्ना गरी पुस्तक वितरण गर्न स्थानीय तहलाई आग्रह गरेको हो ।

कोरोना महामारीका कारण ठप्प रहेको शिक्षा क्षेत्रलाई चलायमान बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको बताएको छ । प्रदेश ५ का करिब ५७ सय विद्यालयमा ११ लाख हाराहारीमा विद्यार्थी छन् ।

सामाजिक विकास मन्त्रालयले नतिजा प्रकाशन गर्नका लागि स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको छ । नतिजा प्रकाशनसँगै शारीरिक दूरी कायम राखेर विद्यार्थी भर्ना गर्ने निर्णय समेत मन्त्रालयले गरेको छ ।

विद्यालय तहसम्मको अधिकार स्थानीय तहमा रहेकाले प्रदेश मन्त्रालयले तहसम्म समन्वय गर्ने निर्णय गरिएको हो । लकडाउनलाई पालना र सुरक्षित हुँदै भर्ना सुरू गर्ने निर्णय मन्त्रालयले गरेको उपसचिव थानेश्वर ज्ञवालीले जानकारी दिए ।

मन्त्रालयले पाठ्यपुस्तक ढुवानीसमेत सुचारू गर्ने निर्णय गरेको छ । खाद्यवस्तु र औषधिको ढुवानी जस्तै पाठ्यपुस्तक ढुवानी गर्ने योजना बनाइएको छ ।

पुस्तक ढुवानी गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आग्रह गरेर प्रशासन कार्यालयबाट पासको व्यवस्था गर्ने निर्णय सामाजिक विकास मन्त्रलायले गरेको छ ।

नयाँ शैक्षिक सत्रको सुरूवातमा खास प्रभाव नपरे पनि जेठभित्रै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । शैक्षिक सत्रको निरन्तरताका लागि पनि पठनपाठन गराउनुपर्ने शिक्षा सरोकारवालाहरू बताउँछन् । माध्यमिक तहसहित विश्वविद्यालय तहका परीक्षाहरू ठप्प छन् ।

कतिपय कलेजले अनलाइनमार्फत पठनपाठन निरन्तरता दिइरहेका छन् । विकट क्षेत्र र प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी भने यो अवसरबाट बञ्चित भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here