- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचर५० जनाको आरडिटी रिपोर्ट नेगेटिभ

५० जनाको आरडिटी रिपोर्ट नेगेटिभ

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, १८ बैशाख ।

५० जनाको ¥यापिड डाईग्नोष्टीक (आरडीटी) गर्दा सल्यान कपुरकोटमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बुधबार गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरूण दाहालले जानकारी दिए ।

नेपालका विभिन्न जिल्लाबाट आएका ४५ जना पुरूष र ५ जना महिलामा ¥यापिड टेष्ट गरिएको थियो । भक्तपुर, ललितपुर, काठमाडौँ, लमजुङ, बाग्लुङ, पोखरा, धादिङ लगायतका जिल्लाबाट आएका नागरिकहरूको आरडीटी गरिएको थियो ।

यस अघि ११ जनाको पिसिआर र ३६ जनाको ¥यापिड टेष्ट गरिएको थियो । उनीहरू पनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो । स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर दिक्षान्त मल्ल र ल्याव टेक्निसियन अफिसर भिम रोकाको टोली कपुरकोट आएर कोरोना पत्ता लगाउन बुधबार ¥यापिड डाईग्नोष्टिक टेष्ट गरेको हो ।

विभिन्न स्थानबाट आएका समूहका ब्यक्तिहरूको प्रतिनिधिमूलक तरिकाले ¥यापिड टेष्ट गरिएको गाउँपालिकाले जनाएको छ । परिक्षण पश्चात् गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले सबैको रिपोर्ट नेगेटिभ आएको हुँदा विद्यालय तथा वन भवनमा बस्दै आएकाहरूलाई घर पठाउने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले घरमा पनि छुट्टै होम क्वारेन्टाईनको रूपमा बस्न अनुरोध गरे । सामाजिक दूरी कायम राख्न, सरसफाईमा ध्यान दिन र होम क्वारेन्टाईनमा बस्न उनले आग्रह गरेका हुन् ।

गाउँपालिकामा हालै मात्रै विभिन्न जिल्लाबाट आएका ८ सय ७९ जना घर नगएर विद्यालय र वन भवनमा राखिएको थियो ।

गाउँपालिकाको सर्वपक्षीय बैठकले अब संक्रमित जिल्ला तथा भारत लगायत तेस्रो मुलुकबाट आउने ब्यक्तिहरूलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here